जनप्रतिनिधिको ठगी धन्दाः विदेश पठाइदिन्छु भन्दै सोझा युवासँग पैसा असुली

सप्तरी । स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहमा अाएका जनप्रतिनिधिले जनताको समस्या समाधान गर्लान भन्ने अपेक्षा सबैको थियो । तर यहाँका जनप्रतिनिधिले भने उल्दै सर्वसाधारण ठगी गर्दै अाएका छन् । जिल्लाको शम्भुनाथ नगरपालिकाका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौँ युवालार्इ ठगी गर्दै विचल्ली बनाएका छन् । दर्जनौं युवालाई उनले वैदेशिक रोजगारीमा पठाइदिने […]

प्रदेश २ः प्रदेशसभाको पहिलो अधिवेशनका लागि तयारी तिब्र, कार्यसूची तय गरिँदै

धनुषा । प्रदेश २ को प्रदेशसभाको पहिलो अधिवेशनका लागि अाज कार्सूचीतय गर्न सर्वदलीय बैठक बस्दै छ । प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा प्रदेशसभा बैठकको तयारी तिब्र पारिएको छ । प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अाज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै छन् । उनले माघ २१ गते हुने प्रदेश सभाको […]

गोली र लागु अौषधसहित जिल्ला प्रशासनका कर्मचारी पक्राउ

सिराहा । प्रहरीले कटुवा पेस्तोलमा लाग्ने गोली र लागु अौषधसहित जिल्लाबाट दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटर सरोज कुमार पासवान र जिल्लाको कर्ल्याणपूरका शितल झा रहेका छन् । प्रहरीले दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको […]

काठमाडौँबाट झापा जाँदै गरेको जीप दुर्घटना ६ को मृत्यु

धनुषा । काठमाडौंबाट झापा जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना दुर्घटना हुँदा अन्य ४ जना ङाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार दुर्घटनामा परी संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी […]

बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

सिरहा । बालिका बलात्कारको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय १८ वर्षिय लाले पासवानलार्इ जिल्लाको गोलबजार नगरपालिका–९ बाट पक्राउ गरेको हो । पासवानलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए । […]

दशगजा क्षेत्रमा नेविसंघको प्रदर्शन

पर्सा । भारतले सीमा पिल्लर गाड्दा नेपाली भूमि मिचिएको विरोधमा वीरगन्जको छपकैयामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले सीमामा प्रदर्शन गरेको छ । नेपाली भूमि मिचिएको जनाउँदै नेपाल विद्यार्थी संघले आज दशगजा क्षेत्रमा प्रदर्शन गरेको हो । काठमाडौँबाट वीरगन्ज आइपुगेको नेविसंघका केन्द्रीय सभापति नैनसिंह महर नेतृत्वको टोलीले छपकैयाको भकुवास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित सीमा […]

काँग्रेस र मधेसी दलबीच तालमेलको सहमति यस्तो छ सिट बाँडफाँड

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए । बालुवाटार बैठकमा मधेस केन्द्रीत दलहरू संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल गरेर जाने सहमति भएको छ । तीन दलबीच प्रदेश २ […]

प्रदेश सांसदको सपथको यस्तो छ तयारी

काठमाडौँ । अाज प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिँदै छन् । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथग्रहण हुँन लागेको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने व्यवस्था छ । सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख […]

प्रदेश राजधानीले सल्काएको अागो पूर्व देखि पश्चिम सम्म

काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी तोके पछि देशका विभिन्न स्थानमा असन्तुष्टि बढ्दै गएको छ । स्थानीयबासीको असन्तुष्टि यतिवेला सडक र सार्वजनिक सम्पतीमाथि पोखिन थालेको छ । सरकारी निर्णय फिर्ता गर्न माग गर्दै विभिन्न जिल्लाका विभिन्न स्थनमा आज बिहानैबाट बन्द हड्ताल, प्रदर्शन र तोडफोड भएका छन् । धनुकटा, दाङ, डोटी, कपिलबस्तु, वीरगञ्ज लगायतका स्थानमा बन्दहड्ताल, […]

प्रदेशसभा समानुपातिक तर्फको संसदको नाम बुझाउन अाज अन्तिम दिन, नाम टुंग्याउन गृहकार्यमा दलहरू

काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार बिहीबार नेमकिपा, साझा विवेकशील र […]