बकुल्ला चरा मार्ने आठ जना पक्राउ

चितवन । चितवन प्रहरीले बकुल्ला चरा मारेको अभियोगमा आठ जनालार्इ पक्राउ गरेको छ। भरतपुर ६ केशरबागबाट बकुल्ला चरा मार्ने ८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय भरतपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए। स्थानीयको सूचनका आधारमा उनीहरूलार्इ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको […]

भरतपुरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज, गैँडाकोटमा ट्रकमा आगजनी

चितवन । भरतपुरको रिजाल चोकमा राखेको शंकास्पद बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। दुई वटा थर्मशमा राखिएको विष्पोटक पदार्थसहितको शंकास्पद बस्तु बम भने नभएको सेनाले जनाएको छ। यसैबीच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितनवको जनजीवन प्रभावित भएको छ। चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यता चितवन प्रहरीले विप्लव नेतृत्वको नेकपाका १२ जना […]

भरतपुरमा शंकास्पद बस्तु फेला, निष्कृय पार्दै सेना

चितवन । जिल्लाको भरतपुरस्थित रिजाल चोकमा बीच सडकमा संकास्पद बस्तु फेला परेको छ। विप्लव नेतृत्वको बन्दको प्रभाव परिरहेका बेला भरतपुरको मुख्य सडकमा संकाशपद बस्तु फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सो स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्। दुर्इ वटा थर्मस जस्ता देखिने अाकृति बीच सडकमा फेला परेपछि बमको […]

स्थानीयको सक्रियतामा जेब्रा क्रस

चितवन । चितवनको भरतपुर महानगरपालिका ११ स्थित विशाल चोक निकै भिडभाड हुने क्षेत्र मध्येको एक हो । यहा दुर्घटनाहरु पनि धेरै हुने गरेका छन् । जेब्रा क्रसिङ नहुदा पैदलयात्रुहरुलाई बाटो वारपार गर्न समेत समस्या हुने गरेको छ । जेब्रा क्रसिङ बनाउन सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय आमा समूह नै सक्रिय बनेका छन् । शान्ति आमा […]

ठेकेदारको लोभले भरतपुर अस्पतालको ट्रमा ब्लक निर्माण रोकियो

चितवन । ठेकेदारको लोभका कारण चितवनस्थित भरतपुर अस्पतालको ट्रमा एण्ड डाइग्नोष्टिक ब्लक निर्माण कार्य रोकिएको छ । २०७४ जेठ २८ गते ३० महिनाभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौता भएको थियोे । आशिष श्याम सुन्दर प्रतिष्ठानले २४ करोड २४ लाख ४२ हजार ३२० रुपियामा भवन निर्माणको ठेक्का पाएको थियो । सम्झौता भएको १४ महिनामा भवनको डिपिसी […]

मंगलबार सोल्टी र मितिनी काठमाडौँ पठाइने

चितवन । छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा मंगलबार काठमाडौं पठाईने भएको छ । सौराहामा राखिएको जोडी गैंडा सोल्टी र मितिनीलाई भोलि सँझ पाच बजे चितवनबाट काठमाडौं पठाउने गरी तयारी पूरा भैसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । जोडी गैंडा सोल्टी र मितिनीलाई यही साउन […]

जय सम्भोको टोली चितवनमा

चितवन । नेपाली कथानक चलचित्र जय शम्भो यही भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा निर्माण टोली यति बेला प्रमोशनको सिलशिलामा देशदौडाहा अभियानमा व्यस्त रहेका छन् । आईतबार चितवन आईपुगेको चलचित्र युनिटले पत्रकार सम्मेलन गरी चलचित्रको कथावस्तु बारे जानकारी गराएको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका […]

धानमा तीनथरी रोग

नवलपुर । किसानले लगाएको धानमा अहिले तिन थरिका रोगहरु देखा परेको कृषि विशेषज्ञहरुले बताएका छन । जिल्लाको नवलपुर क्षेत्रमा लगाइएको अधिकाशंधानमा तिन प्रकारका रोगहरु लागेको र यसको प्रकोप पनि बढेको हुदा किसानहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको विज्ञहरुको भनाइ छ । अहिले किसानले लगाएको धानमा खयरा, किरा र पातवेरुवा लगायतका रोगहरु देखा पर्ने गरेको […]

कर वृद्धिको विरोधमा रिलेअनसन

चितवन । चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा आइतबारबाट रिले अनशन सुरु भएको छ । नेपाली कांग्रेस लगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्तरुपमा विरोधस्वरुप रिले अनसन बसेका हुन् । नगरपालिकाले गरेको कर वृद्धिलगायतको ११ विषयमा संयुक्त संघर्ष समिति आन्दोलित हुदै आएको थियो । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका […]

फोनिज स्थापना दिवसमा पत्रकार सम्मानित

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवन शाखाले आईतबार १९ औं स्थापना दिवस मनाएको छ । भरतपुर गार्डेन रिसोर्टमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम गरी फोनिजको स्थापना दिवस मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले १९ वर्ष पुरा गरेको फोनिजलाई बधाई ज्ञापन […]