लागुऔषध सहित२ जना पक्राउ

मकवानपुर, कार्तिक १९ । मकवानपुर प्रहरीले ठूलो परिमाणमा डाईजेपामसहित दुर्इ जनालार्इ बिहीवार पक्राउ गरेको छ । बिहीवार राती साढे १० बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जि.मकवानपुर हेटौडा उ.म.न.पा.१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडा तर्फ आउदै गरेको  ना ६ ख १५३६ नं.को बस चेक/जाँच गर्ने क्रममा पर्सा बि.उ.म.न.पा. २ बस्ने  वर्ष […]

थालेसिमियाका विरामीको उपचारका लागि ९० हजार सहयोग

चितवन, कार्तिक १९ । थालेसेमियाका बिरामीहरूलाई शुक्रबार ९० हजार रूपैयाँ सहयोग स्वरूप प्रदान गरिएको छ । भरतपुर अस्पतालमा उपचाररत ५३ जना थालेसेमियाका बिरामीहरूको उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले एक औपचारिक कार्यक्रमकाबिच चितवन सहायता केन्द्र (क्याट) बेल्जियमले सो सहयोग रकम भरतपुर अस्पताललाई हस्तान्तरण गरेको हो । चितवन सहायता समाज भरतपुरको संयोजनमा आयोजना गरिएको कार्यक्रममा क्याट […]

चित्रवन नगरपालिकालाई भरपुरमा गाभ्ने स्थानीय तह निर्धारण प्राविधिक समितिको निर्णयको विरोध

चितवन, कार्तिक १९ । स्थानिय निकाय पुर्नसंरचनाको लागि चितवनबाट तयार पारिएको पुर्नसंरचना खाका प्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीय तहको पुनःसंरचना गर्दा चित्रवन नगरपालिकालाई भरतपुर उपमहानगरपालिकासँग समावेश गरी महानगरपालिका बनाउने प्रस्ताव प्रति चित्रवन नगरपालिकावासी र सरोकारवाला निकायले विरोध जनाएका हुन् । उनीहरुले सो निर्णयको विरोध स्वरुप शुक्रबार स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेल समक्ष […]

भूकम्पले भत्काएको विद्यालयको पुनःनिमार्ण

चितवन, कार्तिक १९ । चितवनको विकट पाहाडी गाउँ लटौलीको विद्यालयको पुन निर्माण सकिएको छ । गत वर्ष गएको विनासकारी भूकम्पका कारण क्षती पुगेको भवनको करिब चार लाख रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको हो । सामाजिक सेवामा विगत एक दशक देखि सक्रिय सपना भिलेज सोसल इम्फ्याक्टको सहयोगमा उक्त विद्यालयको पुनःनिर्माण गरिएको राष्ट्रिय प्रथामिक विद्यालय शक्तिखोर लटौलीका […]

महिलालाई सिलाई कटाई तालिम विद्यार्थीलाई छात्रवृत्ति

चितवन, कार्तिक ११ । पूर्वी चितवनको सिद्धि गा.वि.स. र शक्तिखोरमा ६ महिने निशुल्क सिलाई कटाई तालिम शुरु गरिएको छ । जेन्टल हर्ट फाउण्डेसनको सहयोगमा सिद्धिका ३२ जना महिलाहरुको लागि र सेवा अहिले नेपाल नामक संस्थाको सहयोगमा शक्तिखोरका ३० जना महिलाको लागि सो तालिम दिन शुरु गरिएको छ । जेन्टल हर्ट फाउण्डेसनका अध्यक्ष अर्जुन ढकालले सिद्धिमा […]

योग शिविर सम्पन्न

चितवन, कार्तिक ११ । चितवनका विभिन्न चार ठाँउमा एकैपटक सञ्चालन भएको सिद्ध महायोग ध्यान साधना शिविर बिहिबार सम्पन्न भएको छ । जगदगुरु श्री रामानन्दर्चाय सेवा पिठ सिद्धमहायोग ध्यान साधना केन्द्धको आयोजनामा ५ दिने ध्यान शिविर भएको हो । महायोगले नै मानवयोनीबाट देवयोनी को ढोका खोल्न सकिने ध्यान साधना केन्द्र नेपालका उपाध्यक्ष एवं श्री १००८ डा. […]

चितवन प्रदर्शनी केन्द्रलाई पूर्णता दिन माग

चितवन, कार्तिक ११ । चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘चितवन प्रदर्शनी केन्द्र’ चितवनबासीको प्रतिष्ठासँग जोडिएकाले यसको निर्माणलाई पूर्णता दिनुपर्नेमा चितवनबासीले माग गरेका छन् । चितवन उद्योग संघले विहीबार भरतपुरमा शुभ दिपावली, नेपाल सम्बत, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं.४ का साँसद […]

सुक्दै छन् निकुञ्जका तालतलैया

चितवन, कार्तिक १० । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेका प्राकृतिक ताल तलैयाहरु दिन प्रतिदिन सुक्दै लोप हुने अवस्थामा पुगेका छन् । विश्व सम्पदा सुचिमा सुचिकृत जैविक विविधताको खानिको रुपमा परिचित निकुञ्जका तालहरु सुक्दै जाँदा अहिलेसम्म पनि संरक्षणकर्मी एवम् सरोकारवाला हरुले चासो दिएका छैनन् । जसका कारण ती तालहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । […]

बिहीबार भरतपुर र गैँडाकोटमा विद्युत आपूर्ती बन्द हुने

चितवन, कार्तिक १० । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत सेवा अवरुद्ध हुने सवै उपभोत्ताहरुलाई जानकारीका गराएको छ । भरतपुर सबस्टेशनमा मर्मत कार्य गर्नु पर्ने भएको हुनाले सो सबस्टेशन बाट सप्लाई हुने नारायणगढ फिडर, भरतपुर फिडर, गैडाकोट फिडर , भृकुटी फिडर, औद्योगीक पहिलो तथा दोश्रो फिडर, हस्पिटल फिडरक्षेत्रमा कार्तिक ११ गते बिहान ८ः०० बजे […]

भरतपुर अस्पतालको आफ्नै फार्मेसी सञ्चालन

चितवन, कार्तिक ९ । भरतपुर अस्पतालले अस्पताल हाता भित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले फार्मेसीको उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पताल भित्र राज मेडिकलका नाममा सञ्चालित मेडिकल हटेपछि अस्पतालले हाललाई ४ सय प्रकारका औषधीहरु राख्ने गरी […]