पिकअप भ्यान दुर्घटना १७ घाइते

चितवन, कार्तिक २ । चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पुथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो पिकअप गएराति साढे ९ बजे दारेचोक-२ चयबुनमा २० मिटर तल खोल्सोमा खसेको थियो । दुर्घटनामा घाइते भएका गोरखा तापलुङ्ग ३ बस्ने ७३ का भक्तबहादुर थापाको […]

कृषि कार्यालय चितवनमा श्रेष्ठ

चितवन, कार्तिक १ । जिल्ला कृषि कार्यालय चितवनमा बरिष्ठ कृषि विकास अधिकृतमा सुधिर श्रेष्ठ आउनुभएको छ । हालका बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे दुई बर्षे कार्यकाल पुरा भई सरुवा भएपछि श्रेष्ठ कार्यालयका प्रमुखका रुपमा चितवन आउनुभएको हो । श्रेष्ठ कफि विकास कार्यालय कृत्र्तिपुरबाट सुरुवा भई चितवन आउनुभएको हो भने घिमिरे काठमाडौं सुरुवा हुनुभएको हो […]

दियालो बंगलामा पव्लिक विश्वविद्यालय बनाउन माग

चितवन, कार्तिक १ । नेपाल पब्लिक क्याम्पस संघले चितवनको दियालो बंगलालाई विश्वविद्यालयको रुपमा स्थापना गर्नुपर्ने माग गरेको छ । संघले सोमबार भरतपुरमा आयोजना गरेको पब्लिक विश्वविद्यालय स्थापना अभियान विषयक अन्तक्रिया कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेल समक्ष यस्तो माग गरेको हो । चितवन जिल्ला शैक्षिक क्षेत्रमा उर्वर भूमी भएको भन्दै शिक्षा मन्त्री पौडेल समक्ष विश्वविद्यालय स्थापना […]

एमाले चितवनमा चुनावी सरगर्मी

चितवन, कार्तिक १ । एमाले चितवनको नवौं जिल्ला अधिवेशनका लागी सोमबार जिल्लाभर प्रतिनिधि छनोट भएकोे छ । कात्तिक ६ र ७ गते एमाले चितवनको जिल्ला अधिवेशन हुदैं छ । संशोधित विधान अनुसार ८४ सदस्यीय कार्यसमितिको निर्वाचनको लागि सोमबार देखी नगर र वडा तहबाट प्रतिनिधि छनौटको काम भैरहेको जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले जानाकारी दिनुभयो । अधिवेशनमा […]

रामपुर क्याम्पसको सबै स्वामित्व कृषि विश्वविद्यालयलार्इः शिक्षामन्त्री पौडेल

चितवन, कार्तिक १ । शिक्षा मन्त्री धनिराम पौडेल त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयबीचको विवादको टुंगो एक महिनाभित्र लागिसक्ने बताएका छन् । सोमबार प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विवाद समाधानका लागि गठित कार्यदलले दिएको सुझाव पछि विवाद समाधान हुने बताए । मन्त्री पौडेलले शिक्षा विज्ञहरुले रामपुर क्याम्पसको सबै […]

नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई स्वागत

चितवन, असोज २१ । प्रेस सेन्टर नेपाल चितवनले हालै निर्वाचित केन्द्रिय, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सम्मान गरेको छ । चाडवाडको अबसरमा स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस सेन्टर नेपाल चितवनले कदरपत्र सहितगैंडाकोटमासम्मान गरेको हो । प्रेस सेन्टर नेपाल केन्द्रिय सम्मेलनबाट हालै केन्द्रिय कोषाध्यक्षमा निर्वा्चित सुरेशचन्द्र अधिकारी, केन्द्रिय सदस्य […]

नवनियुक्त अध्यक्ष पौडेललाई स्वागत

देवघाट, असोज २० । चितवन देवघाट पक्कि पुल निर्माण उपभोक्ता समिती ठिमुराले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त अध्यक्ष टंक नाथ पौडेललाई शुक्रबार स्वागत गरेको छ । सो कार्यक्रममा ठिमुरा चितवन देवघाट पक्कि पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष चक्रपाणी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै पुल निर्माण अझै हुन नसक्नु दुखद रहेको उल्लेख गर्नुभयो । उहाँले पुल […]

त्रिशुलीमा ट्रक खस्दा एकको ज्यान गयो

चितवन,  असोज २१ । मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलोबाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय […]

दुर्घटनामा दुर्इ जनाको ज्यान गयो

चितवन, असोज २१ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ । राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको ज्यान गएको हो । मोटरसाइकल चालक चितवन […]

बालाजु लायन्स क्लबको अभियान ‘सय दिनमा सय सामाजिक काम’

काठमाडौँ, असोज २० । नेपालीहरुको महान चाड बिजया दशमी(बडा दशैं), दिपावली (तिहार),  नेवारहरूको नववर्ष नेपाल सम्वत ११३७, छटलागयतका विभिन्न राष्ट्रीय पर्वहरुको उपलक्ष्यमा लायन्स क्लब अफ बालाजुले काठमाडौँको पर्यटनको केन्द्र ठमेलमा अवस्थित त्रिदेवीमन्दिर प्रांगणमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर लायन बालक्रिष्ण बुर्लाकोटीको प्रमुख […]