पाँच नं प्रदेशबाट पहाड र तरार्इलार्इ अलग गर्नुहुँदैन् डा कोइराला

चितवन, मंसिर २१ । सरकारले नेपालको संविधान २०७२ ले कल्पना गरेको पाँच नं. प्रदेशलार्इ विभाजन गर्ने गरी संविधान संशोधन विधेयक व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएको छ । उक्त विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दलसँगै सत्तारूढ दलका सांसदहरूले समेत विरोध जनाएका छन् । यसै क्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मंगलबार चितवनका पत्रकारहरूसँगको कुराकानीमा ५ नं […]

जनजाति महासंघको केन्द्रीय महाधिवेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन, मंंसिर २० । पुस २ गते देखि चितवनमा हुने आदिवासी जनजाति महासंघको महाधिवेशन प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । आउँदो पुस २ देखि ४ गतेसम्म चितवनमा नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन हुँदै छन् । सोमबार आदिवासी जनजाति महासंघका घटक जातिय संगठनका प्रमुखहरुको छलफलमा महासंघका अध्यक्ष […]

नेपालको निजि क्षेत्र विश्वकै शक्तिशाली

चितवन, मंसिर २० । नेपालको निजी क्षेत्र विश्वको कुनै पनि क्षेत्र भन्दा शक्तिशाली रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५० औँ साधारण सभाको आज उद्घाट्न गर्दै अध्यक्ष मुरारकाले व्यवसायीहरुलाई कर मैत्री बनाउन वातावरण सिर्जना गर्नुपर्ने बताए । कुनै पनि सामग्रीमा लगाइने कर तथा त्यसको भन्सार मुल्यांकन प्रणालीलाई […]

विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

चितवन, मंसिर २० । राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था नेपाल, चितवन शाखाले रजत महोत्सवको कार्यक्रम अन्र्तगत सोमबार खेलकुद तथा स्टेशनरी सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढ स्थित राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई खेलकुद सामाग्री तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो । सो कार्यक्रममा राष्ट्रिय प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो […]

गृहमन्त्री निधि भोली चितवन आउंदै , दलित अधिकारबारे प्रशिक्षण

चितवन, मंसिर २० । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भोली चितवन आउंदै हुनुहुन्छ । पुर्वी चितवनमा आयोजित धान्यान्चल कार्यक्रम र नेपाल दलित संघ चितवनको आयोजनामा संविधानमा दलित अधिकार र स्थानीय निकायमा दलितको पहुच विषयमा हुन लागेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन मन्त्री निधि चितवन आउन लाग्नुभएको हो । गृहमन्त्री आउने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको संघकी […]

ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो

चितवन, मंसिर २० । जिल्लाको जयमङ्गलामा ट्रकको ठक्करबाट आज बिहान एकजनाको ज्यान गएको छ । रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमा नै ज्यान गएको थियो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा […]

मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा

काठमाडौँ, मंसिर १९ । अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर परेर मानसिक एवं मनोसामाजिक सु स्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ । नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण […]

चितवनमा जल्यो प्रधानमन्त्री प्रचण्डको पुत्ला

चितवन, मंसिर १९ । संविधान संशोधनको विरोधमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताले आईतबार चितवनमा प्रधानामन्त्रीको पुत्ला जनाएका छन् । एमालेको युवा र विद्यार्थी संगठनहरुले नारायणगढमा प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला जनाएका हुन् । विरेन्द्र क्याम्पस चोकवाट सुरुभएको प्रर्दशन पुल्चोक पुगेर कोणसभामा परिणत भएको थियो ।प्रर्दशनमा सहभागी युवा विद्यार्थी प्रधानमन्त्रि प्रचण्ड विरुद्ध चर्को नारावाजी समेत गरेका थिए […]

बजार क्षेत्रको अव्यवस्थित मासु पसलहरु नियन्त्रण गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण

चितवन, मंसिर १९ । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले बजार क्षेत्रमा रहेका अब्यवस्थीत मासुपसलहरुको ब्यवस्थापन गर्न माग गर्दै भरतपुर नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको छ  । नारायणगढको लायन्सचोक र प्रगतीपथमा अब्यवस्थीत रुपमा भौँसी र बंगुरको अस्वस्थ्ककर मासु बिक्री गरिएको भन्दै त्यसलाई तत्काल ब्यवस्थापन गर्न आग्रह सहित  भरतपुर उपमहानगर पालिकाका प्रमुख  महेस बराललाई ध्यानाक्रषण पत्र बुझाएको हो । […]

भरतपुरमा गुड्यो सुविधासम्पन्न मेट्रो सिटी बस

चितवन, मंसिर १९ । ग्लोबल मेट्रो सिटी बस प्रा.लि.ले आइतबार देखि चितवनमा सुविधा सम्पन्न सिटी बस संचालनमा ल्याएको छ । आईतबार एक औपचारिक समारोहकाबीच भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निमित्त प्रमुख जिल्ला अधिकारी रामराजा सुवेदीले बस सेवाको उद्घाटन गरे । भरतपुर, नारायणगढ, गैंडाकोटमा रहेका उद्योगी व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईबाट सो बस सेवा सुरु भएको हो […]