दी फेमस महेन्द्र दल गण फाइनलमा

भरतपुर । दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा महतो कटेज साझापुर मेघौलीलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै नेपाली सेनाको यो टोली फाइनलमा पुगेको हो । पहिलो सेट २३–२५ मा गुमाएको दी […]

जहाज उडाउने चेपाङ युवाको सपना

भरतपुर । राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी यतिवेला जहाज निर्माणलार्इ अगाडि बढाइरहेका छन् । पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणामस्वरुप अहिले उनी आफूसहित दुई जना चढ्न मिल्ने […]

भरतपुर अस्पतालको यस्तो लापारवाही पिउने पानीमा मानव दिसा

चितवन । भरतपुर अस्पतालको पिउने पानीमा अत्यधिक मात्रामा ‘कोलिफर्म’ नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा अस्पतालकै पानीमा त्यसको मात्र अधिक फेला परेको हो । भरतपुर अस्पतालको ‘बी’ ब्लकमा वितरण हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएको छ । प्रयोगशाला रिर्पोटले भनेको छ, ‘पानी पिउन योग्य छैन ।’ टोटल […]

मेयर कप महिला भलिवलको उपाधि एपीएफलाई

चितवन । चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । पहिलो सेटमा प्रतिस्पर्धात्मक २९–२७ को जित हात पारेको एपीएफले दोस्रो सेट […]

भक्तपुरमा बाघको अाक्रमणमा परी बालकको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमण गर्दा एक वालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङलार्इ बाघले अाक्रमण गरेको हो । भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरहेका उनलार्इ बाघले अाक्रमण गरेको हो । मुलबाटोबाट […]

इन्डो नेपाल मुवाँथाईमा नेपाल चार स्वर्ण सहित पहिलो

चितवन । भरतपुरमा सम्पन्न भएको तेस्रो ईन्डोनेपाल मुवाँथाई प्रतियोगितामा चार स्वर्ण पदक सहित नेपाल पहिलो भएको छ । सोमबार भएको फाइलन खेलमा ईन्डोनेपाल मुवाँथाइ अन्तर्गत पाँच वटा प्रतिस्पर्धा भएकोमा भारतले एउटा स्वर्ण पदकमा चित्त बुझाएको छ । नेपालको तर्फबाट ८१ किलो तौल समूहमा सन्देश मानन्धर, ७० किलो तौल समूहमा सचिन्द्र मानन्धर ५६ किलो तौलमा राहुल […]

भरतपुर महानगर उत्कृष्ट घोषणा

चितवन । नगर विकास कोषले भरतपुर महानगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । कोषले प्रवाह गरेको ऋण, पुर्वधार विकास तथा असल ऋणीकोे आधारमा भरतपुर महानगर सहित ४ नगरपालिकालाई उकृष्ट घोषणा गरेको कोषका कार्यकारी निर्देशक मनिराम सिहं महतले जानकारी दिनुभयो । कोष यहि फागुन २ गते मनाउन लागेको ३० औ बार्षिक उत्सबमा महानगरलाई सम्मान गर्ने जानएको छ […]

अवैध रुपमा खोलाजन्य बस्तुको उत्खनन्

चितवन । पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा मेसिनकोे प्रयोग गरी गिट्ठी, बालुवा र ग्राबेल उत्खनन् भइरहेको छ । जिल्ला समन्वय समितीले टेण्डर प्रक्रिया मार्फत ठेक्कामा लगाएको उक्त खोलामा हातेऔजारको मात्रै प्रयोग गरेर ग्राबेल उत्खनन गर्न गर्नुपर्ने उल्लेख रहेको छ । तर पनि यहाँ भने वातावरणीय मुल्यकंन विपरित ग्राबेल उत्खनन् भइरहेको हो । जिल्ला समन्वय […]

सोनाम ल्होछार मनाउन तयारी

भरतपुर । भरतपुर नगर तामाङ समाजले सोनाम ल्होछार मनाउन बृहत कार्यक्रम गर्ने भएको छ । भरतपुर–११ मा रहेको छेच्यु थर्पलिङ गुम्बामा फागुन ४ गते सोनाम ल्होछार मनाउने भएको हो । गुम्बा परिसरलाई सजाउने काम सुरु भएको छ । गुम्बा परिसर सरसफाई, रंगरोगन लगायतका काम सुरु भएका छन् । तामाङ समाजले नवौं श्रृङखलाका रुपमा वृहत कार्यक्रम […]

चनौली प्रहरी चौकीको नयाँ भवन शिलन्यास

चितवन । ईलाका प्रहरी कार्यालय चनौलीको नयाँ भवनको शिलन्यास गरिएको छ । पश्चिम चितवनको चनौलीमा रहेको ईलाका कार्यालयको लागी नयाँ भवन बनाउन लागिएको हो । ३ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक केशरीराज घिमिरेले शिल्यान्स गर्नुभएको हो । विशेष कार्याक्रमको आयोजना गरी घिमिरेले शिल्यान्यास गर्दै प्रहरी जनताको सुरक्षाको साथी भएको बताउनुभयो । उहाँले जनताको […]