एकै दिन ४९ सवारी कारवाहीमा साढे ७३ हजार राजश्व संकलन

चितवन, कार्तिक २ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नयां भाडादरको कार्यान्वयन भए नभए बारे मंगलबार अनुगमन गरेको छ । गाडीहरुमा आरक्षण सिट, भाडादर, सिट क्षमता र रुट परमिटको अवस्था बारे चेकजाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानयि निकाय र सरोकारवाला निकाय संग समन्वय गरि अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

एमाले चितवनको अधिवेशनका लागि गाविस र नगरबाट प्रतिनिधि छनोट

चितवन, कार्तिक २ । एमाले चितवनको नवौ जिल्ला अधिवेशनका लागी अधिकांस नगर र गाविसमा प्रतिनिधि छनोट सम्पन्न भएको छ। कतिपय क्षेत्रमा सर्वसम्मत भएको छ भने कतिपयमा निर्वाचन मार्फत प्रतिनिधि छनोट भएका छन् । मंगलबार पनि सहमती हुन नसकेका क्षेत्रमा निर्वाचन मार्फत प्रतिनिधि छनोटको काम भएको एमाले चितवनका अध्यक्ष जेएन थपलियाले जानकारी दिनुभयो । पार्टीका हरेक […]

एपीएफलाई हराउँदै साहाराको विजयी सुरुवात

चितवन, कार्तिक २ । चितवनमा १७ वर्षपछि सोमबारदेखि सुरु भएको टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा साहार क्लब पोखरा विजयी भएको छ । विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लव काठमाडौँलाई ४ गोलको अन्तरले पराजित गर्दै साहारले विजयी सुरुवात गरेको हो । १२ औं संस्करण अन्तरगत सुरु भएको प्रतियोगिता १४ […]

चितवनमा एक वालिकाको स्क्रब टाइफसका कारण ज्यान गयो

चितवन, कार्तिक २ । यस वर्ष चितवनलगायतका जिल्लामा संक्रमणको रूपमा फैलिएको स्क्रब टाइफसका कारण चितवनमा थप एक जनाको ज्यान गएको छ । जिल्लाको कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना […]

पिकअप भ्यान दुर्घटना १७ घाइते

चितवन, कार्तिक २ । चितवनको दारेचोक गाबिसमा पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पुथ्वीराजमार्ग अन्र्तगतको दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो पिकअप गएराति साढे ९ बजे दारेचोक-२ चयबुनमा २० मिटर तल खोल्सोमा खसेको थियो । दुर्घटनामा घाइते भएका गोरखा तापलुङ्ग ३ बस्ने ७३ का भक्तबहादुर थापाको […]

कृषि कार्यालय चितवनमा श्रेष्ठ

चितवन, कार्तिक १ । जिल्ला कृषि कार्यालय चितवनमा बरिष्ठ कृषि विकास अधिकृतमा सुधिर श्रेष्ठ आउनुभएको छ । हालका बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे दुई बर्षे कार्यकाल पुरा भई सरुवा भएपछि श्रेष्ठ कार्यालयका प्रमुखका रुपमा चितवन आउनुभएको हो । श्रेष्ठ कफि विकास कार्यालय कृत्र्तिपुरबाट सुरुवा भई चितवन आउनुभएको हो भने घिमिरे काठमाडौं सुरुवा हुनुभएको हो […]

दियालो बंगलामा पव्लिक विश्वविद्यालय बनाउन माग

चितवन, कार्तिक १ । नेपाल पब्लिक क्याम्पस संघले चितवनको दियालो बंगलालाई विश्वविद्यालयको रुपमा स्थापना गर्नुपर्ने माग गरेको छ । संघले सोमबार भरतपुरमा आयोजना गरेको पब्लिक विश्वविद्यालय स्थापना अभियान विषयक अन्तक्रिया कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेल समक्ष यस्तो माग गरेको हो । चितवन जिल्ला शैक्षिक क्षेत्रमा उर्वर भूमी भएको भन्दै शिक्षा मन्त्री पौडेल समक्ष विश्वविद्यालय स्थापना […]

एमाले चितवनमा चुनावी सरगर्मी

चितवन, कार्तिक १ । एमाले चितवनको नवौं जिल्ला अधिवेशनका लागी सोमबार जिल्लाभर प्रतिनिधि छनोट भएकोे छ । कात्तिक ६ र ७ गते एमाले चितवनको जिल्ला अधिवेशन हुदैं छ । संशोधित विधान अनुसार ८४ सदस्यीय कार्यसमितिको निर्वाचनको लागि सोमबार देखी नगर र वडा तहबाट प्रतिनिधि छनौटको काम भैरहेको जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले जानाकारी दिनुभयो । अधिवेशनमा […]

रामपुर क्याम्पसको सबै स्वामित्व कृषि विश्वविद्यालयलार्इः शिक्षामन्त्री पौडेल

चितवन, कार्तिक १ । शिक्षा मन्त्री धनिराम पौडेल त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयबीचको विवादको टुंगो एक महिनाभित्र लागिसक्ने बताएका छन् । सोमबार प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विवाद समाधानका लागि गठित कार्यदलले दिएको सुझाव पछि विवाद समाधान हुने बताए । मन्त्री पौडेलले शिक्षा विज्ञहरुले रामपुर क्याम्पसको सबै […]

नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई स्वागत

चितवन, असोज २१ । प्रेस सेन्टर नेपाल चितवनले हालै निर्वाचित केन्द्रिय, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सम्मान गरेको छ । चाडवाडको अबसरमा स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस सेन्टर नेपाल चितवनले कदरपत्र सहितगैंडाकोटमासम्मान गरेको हो । प्रेस सेन्टर नेपाल केन्द्रिय सम्मेलनबाट हालै केन्द्रिय कोषाध्यक्षमा निर्वा्चित सुरेशचन्द्र अधिकारी, केन्द्रिय सदस्य […]