म्याग्दीमा काँग्रेस र एमालेबीच चुनाबी तालमेलः दुर्इ-दुर्इ स्थानीय तहको भागबण्डा

म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई/दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिने भएका हुन् । त्यसका लागि जिल्ला स्तरमा सात बुँदे सहमति समेत बनेको छ । सहमति अनुसार काँग्रेसले बेनी नगरपालिका […]

कोदालोले हानेर घरवेटीले अाफ्नै घरमा डेरा गरी बस्ने शिक्षक मारे

नवलपरासी । नवलपरासीको गैंडाकोटमा एक शिक्षकको हत्या भएको छ । सरस्वती निकेतन बोर्डीङ स्कुलका प्लस २ कोअर्डिनेटर शेषकान्त रिमालको हत्या भएको हो । उहाँले अंग्रेजी विषय अध्यापन गराउने गर्नुहुन्थ्यो । गैंडाकोट २ गोपिधाममा डेरा गरी बस्ने विनयी गाँउपालिका साविक दुम्कीबास १ का ३६ वर्षका शेषकान्त रिमालको हत्या भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी […]

घर बनाइसकेका २४ घरधनीलार्इ तेस्रो किस्ता

गोरखा । घर बनाइसकेका जिल्लाका २४ भूकम्प पीडितलार्इ तेस्रो किस्ता वापतको अनुदान रकम प्रदान गरिएको छ । भूकम्पले क्षति पुगेका ७० हजारवटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको जिल्ला विकास कार्यालय गोरखाले जनाएको छ । भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी […]

स्थानीय तह निर्वाचनमा सुकुम्वासी आवाज बासको ग्यारेन्टी गर्र्ने लाई मात्र भोट

नवलपरासी । गैँडाकोट नगरपालिका भित्रका भुमिहिन सुकुम्बासिहरुले आफ्नो बासको ग्यारेन्टी गर्न माग गरेका छन् । अवको स्थानिय तहको निर्वाचनमा भुमिहिन सुकुम्बासीहरुको माग र अधिकार बारे लिखित प्रतिवद्धता गर्ने दल आएमात्र आफुहरु भोट हाल्ने उनिहरुले बताएका हुन् । सोमबार गैँडाकोट ८ मा स्थानिय तहको चुनावमा कस्ता व्यक्ति छनोट गर्ने भन्ने विषयमा भएको छलफल कार्यक्रममा सुकुम्बासिहरुले यस्तो […]

स्याङ्जामा स्थानीयत तहको चुनावी रौनक

स्याङजा । ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीमा उम्मेदवारका आकांक्षीको लर्को लागेको छ । झन्डै २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिहीन हुँदा राजनीतिक जिम्मेवारी वहन गर्नबाट वञ्चित भएकाहरूले मेयर र उपमेयरमा आफ्नो दाबी पेस गर्दा ठूला पार्टीमा आकांक्षीको लर्को देखिएको हो । स्थानीय […]

१५ दिन भित्र स्थानीय तहमा कार्यकारी अधिकृत पुग्ने

काठमाडौँ । स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो । नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन् । स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी […]

पर्वत कुर्घाको यो परिवार जसका चार सदस्यको मिर्गौला फेल छ

काठमाडौँ । पर्वत कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारका चार सदस्यको मिर्गौला फेल भएको छ । प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका कारण यो परिवारका सबै सदस्यसँग एउटा मात्रै मिर्गौला छ । मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । […]

राष्ट्रपति अघिअघि पूर्वराजा पछिपछि

नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको दुम्कौदप्मा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन गरेकी छन् । मंगलबार चौधरी ग्रुपको सिजी इन्ड्रस्टि्रयल पार्कमा निर्मित शाश्वत धामको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऋषिमुनीहरुलाई हाम्रा सांस्कृतिक धरोहरको रुपमा व्याख्या गर्दै यस धामले विश्व शान्ति, राष्ट्रिय एकता र भातृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाल […]

पोखरामा फेरी देखियो बर्डफ्लु

कास्की । पोखरामा फेरि अर्को ठाउँमा बर्ड फ्लु देखिएको छ । एक हप्ता अगाडि पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेका कुखुरामा बर्ड फ्लु देखिएको थियो । सोही क्षेत्र नजिकै  दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्ड फ्लु देखिएको हो । केसीको कुखुरा फारम यसअघि पनि बर्ड फ्लु देखिएको परियारको कुखुरा फारम भन्दा करीब डेढ सय मिटरको दुरीमा […]

पोखराको खानेपानी अापूर्ती सुधारका लागि जापनले साढे ४ अर्ब दिने

काठमाडौँ । जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि झण्डै ४ अर्ब ५२ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि उपलब्ध गराउने करिव ४ अर्व ५२ करोड रुपैयाँ अनुदान सहायता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा अर्थ मन्त्रालयका […]