एक मतले हारेपछि अदालत उजुरी

काठमाडौँ । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेकी छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाइ नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन् । दवाडीलाई एक मतले पराजित गर्दै कांग्रेसकी […]

गैँडाकोट नगरपालिकामा नगरसभाका सदस्यको सपथग्रहण

नवलपरासी । गैडाकोट नगरपालिकामा नगरसभाका मेयर, उपमेयर लगायत सदस्यले आज एक समारोहका बिच सपथग्रहण गरेका छन् । नगरपालिकाको परिसरमा आयोजित सभामा नव निर्बाचित मेयर छत्रराज पौडेल, उपमेयर विष्णु कुमारी कंडेल लगायत विजयी उम्मेदवारले ईश्वर देश र जनताको नाममा सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत एंब निर्बाचन अधिकृत शिब प्रसाद रिजालले नव निर्बाचित […]

गोरखामा मतगणना सकियो, एमाले र नयाँ शक्ति शून्य नौमा काँग्रेस, दुईमा माओवादी केन्द्र

गोरखा । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा गोरखामा नेकपा एमाले र नयाँ शक्ती क्लिन स्वीप भएका छन् । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । गोरखा नगरपालिकामा काँग्रेस गोरखा नगरपालिकामा ६ […]

कावासोती नगरपालिकाको प्रमुखमा एमालेकी चन्द्रा पुन निर्वाचित

नवलपरासी। जिल्लाको नवलपुर क्षेत्र अन्तगर्तको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन निर्वाचित भएकी छन् । त्यस्तै उपप्रमुखमा नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया निर्वाचित भएको निर्वाचन अधिकृत्को कार्यालयले जनाएको छ । प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत ल्याएका छन् […]

वालिङ नगरमा काँग्रेसको विजयी

स्याङ्जा । वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । १०६०० मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुण्यप्रसाद अर्यालले ८७४९ मत ल्याए । त्यस्तै उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी ९८९५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले ९३५७ मत प्राप्त […]

गोरखामा बाबुराम निलः काँग्रेले जित्यो पालुङटार

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इको गृह जिल्ला तथा उनको क्षेत्रमा नयाँशक्ति पराजित भएको छ । यहाँ नयाँ शक्ति काँग्रेस र माअोवादी केन्द्र भन्दा पछाडि पर्यो । जिल्लाको पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस दीपक कँडेल निर्वातित भएका छन् ।  बिहीबार सम्पन्न मतगणनामा कँडेलले माओवादी केन्द्रका गुणराज देवकोटा र नयाँ शक्तिका अशोक देवकोटालाई […]

गोरखाको भिमसेन गाउँपालिकामा काग्रेस विजयी

गोरखा । गोरखाको भिमसेन गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका र्इश्वर पाण्डे निर्वाचित भएका छन् । ३९४३ मत ल्याएर उनी बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार लोकप्रसाद बन्जराले २९८४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा काग्रेसकी विनु वाग्ले बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी लिला श्रेष्ठलाइ ७८१ मत अन्तरले पछि पार्दै […]

७२ स्थानीय तहको नतिजा अायोः हर्नुहोस कुन तहमा कसले जिते ?

काठमाडौँ । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्म हामीले प्राप्त गरेका ७२ स्थानीय तहको नतिजामा  नेकपा एमालले अग्रता लिएको छ । उसल २८ स्थानमा विजयी हासिल गरेको छ। भने काँग्रेसले २७ स्थानमा जित हासिल गर्दा माअोवादी केन्द्रले १७ स्थानमा अाफ्नो उपस्थिति जनाएको छ । हेर्नुहोस् कुन पार्टीले कहाँ […]

कास्कीको रूपमा एमाले विजयी

कास्की । जिल्लाको रूपा गाउँपालिकाको अध्यक्षमा एमालेका नवराज ओझा विजयी भएका छन् । उनले चार हजार २१२ मत ल्याउँदा उनका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा विजयी एमालेकी लाल सुब्वा गुरुङले ३९९५ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जी माया गुरुङले ३४५६ मत प्राप्त ल्याएकी छन् ।

रूकुमको त्रिवेणी र पाफिकोटमा पनि माअोवादी केन्द्र विजयी

रूकुम । जिल्लाको त्रिवेणी गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएको छ । माअोवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनक प्रतिद्वन्दी काँग्रेस एमालेका संयुक्त प्यानलका देवकुमार वलीले २६६३ मत प्रप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि माअोवादी केन्द्र कै निर्मला विष्ट खड्का विजयी भएकी छन् । उनले ३९८० मत प्रप्त गरिन […]