गोरखाको भिमसेन गाउँपालिकामा काग्रेस विजयी

गोरखा । गोरखाको भिमसेन गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका र्इश्वर पाण्डे निर्वाचित भएका छन् । ३९४३ मत ल्याएर उनी बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार लोकप्रसाद बन्जराले २९८४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा काग्रेसकी विनु वाग्ले बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी लिला श्रेष्ठलाइ ७८१ मत अन्तरले पछि पार्दै […]

७२ स्थानीय तहको नतिजा अायोः हर्नुहोस कुन तहमा कसले जिते ?

काठमाडौँ । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्म हामीले प्राप्त गरेका ७२ स्थानीय तहको नतिजामा  नेकपा एमालले अग्रता लिएको छ । उसल २८ स्थानमा विजयी हासिल गरेको छ। भने काँग्रेसले २७ स्थानमा जित हासिल गर्दा माअोवादी केन्द्रले १७ स्थानमा अाफ्नो उपस्थिति जनाएको छ । हेर्नुहोस् कुन पार्टीले कहाँ […]

कास्कीको रूपमा एमाले विजयी

कास्की । जिल्लाको रूपा गाउँपालिकाको अध्यक्षमा एमालेका नवराज ओझा विजयी भएका छन् । उनले चार हजार २१२ मत ल्याउँदा उनका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा विजयी एमालेकी लाल सुब्वा गुरुङले ३९९५ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जी माया गुरुङले ३४५६ मत प्राप्त ल्याएकी छन् ।

रूकुमको त्रिवेणी र पाफिकोटमा पनि माअोवादी केन्द्र विजयी

रूकुम । जिल्लाको त्रिवेणी गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएको छ । माअोवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनक प्रतिद्वन्दी काँग्रेस एमालेका संयुक्त प्यानलका देवकुमार वलीले २६६३ मत प्रप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि माअोवादी केन्द्र कै निर्मला विष्ट खड्का विजयी भएकी छन् । उनले ३९८० मत प्रप्त गरिन […]

तनहुँको बन्दीपुरमा माअोवादी केन्द्र विजयी

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बन्दिपुरको अध्यक्षमा माओवादी केन्द्रका पूर्णसिंह थापाले २४४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले २१९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै करुणा गुरुङ २४४२ मतका साथ बिजयी भएकी छन् ।

पर्वतको पैयुँ गापको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी

पर्वत । पैयुं गाउँपालिका अध्यक्षमा कांग्रेसका खगेन्द्रप्रसाद तिवारी र उपाध्यक्षमा कांग्रेसकै जसमति गुरुङ विजयी भएका छन्।

गोरखाको चुमनुब्री गापको अध्यक्षमा काँग्रेस उपाध्यक्षमा माअोवादी केन्द्रका उम्मेदवार विजयी

गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ अध्यक्षमा विजयी भएका छन् । गुरुङले एक हजार २५३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामाले एक हजार १८५ मत ल्याए । निर्वाचन अधिकृत हरिहर दाहालका अनुसार यहाँ उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी भएकी छन् । […]

पर्वतको महाशिला गापमा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

पर्वत । जिल्लाको महाशिला गाउँपालिकामा एमालेकामा एमालले पल्ला भारी बनाएको छ । एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् । यहाँको वडा नं. २ बाहेकका सबै वडामा समेत एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई […]

नवलपरासी अपडेटः बुङ्दीकाली गापको अध्यक्षमा काँग्रेका उम्मेदवार विजयी

नवलपरासी । जिल्लाको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेदवार दुर्गाबहादुर राना अध्यक्षमा विजयी भएका छन् । राना ३ हजार १९१ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत ल्याएका छन् । यता उपाध्यक्षमा भने एमालेकी उम्मेदवार डिलकुमारी सारु विजयी भएकी छन् ।

गैँडाकोटमा माओवादी केन्द्रका मेयरका उम्मेदवारको घरमा बम

नवलपरासी । जिल्लाको नवलपुर क्षेत्र अन्तर्गत गैँडाकोट नगरपालिका प्रमुखको उम्मेदवारको घरमा बम फेला परेको छ । बिहीबार दिउँसो गैँडाकोटका माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त ढुंगानाको घर नजिक वम फेला परेको हो । बमलाई नेपाली सेनाको भेडाबारीस्थित बज्रगण दलबाट आएको वम डिष्पोजल टोलीले निक्रिय पारेको छ । दिउँसो १२ बजे बालबालिकाले खेलाउँदै गरको बम स्थानीय युवा विशाल […]