नवलपरासीमा ११ देखि १५ सम्म स्थानीय तह बन्ने

नवलपरासी, कार्तिक ११ । जिल्लामा स्थानीय तहको पुनः संरचनाको कामले तिब्रता पाएको छ । जनसङ्ख्याअनुसार जिल्लामा  ११ देखि १५ सम्म गाउँ पालिका र नगरपालिका निर्धारण हुने देखिन्छ । आगामी कात्तिक २० गतेभित्र समितिले आयोगलाई  सिफारिस गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव एवम् जिल्ला विकास समिति नवलपरासीका योजना अधिकृत प्रकाश पन्थीले जानकारी दिए […]

सवत्र पाइने एनसेलका सीम नियमन गर्न व्यवसायीको माग

दाङ, कार्तिक ७ । ‘पान पसलवाट पनि सिम कार्ड विक्रि भैरहेको छ, किराना पसल, तरकारी पसल, दुध डेरी जहाँ पनि एनसेलका सिम पाइन्छ । एनसेलका सीम नपाइने ठाँउ नभएको कुन होला ? तर यीनिहरूको नियमनमा भने समस्या देखिएको छ। केही दिन अघि अवैध रुपमा एनसेलको सिम विक्रि गरेको आरोपमा तीन जना यूवा देउखुरी वाट पक्राउ […]

मोटरसाइकल चढ्ने सपना पुरा गर्न वृद्धले खने दुर्इ किमी सडक

दाङ, कार्तिक ४ । यहाँका एक ७२ वर्षीय वृद्धले मोटरसाइकल चढ्ने सपना पूरा गर्न २ किमि सडक निर्माण गरेका छन् । वृद्धले एक्लै रातदिन कुटो कोटालो गरेर राजमार्गदेखि घरसम्मको २ किमि बाटो निर्माण गरेका हुन् ।  दाङ तुलसीपुरका ७२ वर्षीयढ चन्द्रवीर वलीले यस्तो उदाहरणीय कार्य गरेका हुन् । एक वर्ष लगाएर उनले राप्ती राजमार्गको साततलेदेखि […]

भाञ्जीलार्इ छोरी बनाएर नागरिकता !

रूपन्देही, कार्तिक ३ । जिल्लाको विष्णुपुर १ की एक महिलाले आफ्नै बाबु विरूद्ध अर्कैलार्इ किर्ते कागजपत्र पेश गरी नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा उजुरी दिएकी छन् । विष्णुपुरा १ की अकालमती अहिरनीले आफ्नै बाबु विरूद्ध भाञ्जीलार्इ कागजजता किर्ते गरी नागरिकता दिलाइ दिएको भन्दै उजुरी दिएकी हुन् । कपिलवस्तु दोहनी गाविस बस्ने केवला अहिरनीको […]

एमालेको सहमतिबिना संविधान संशोधन हुन्नः मन्त्री भण्डारी

नवलपरासी, कार्तिक २ । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले  सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको जानकारी दिए । सरकार र मधेसी दलबीच […]

दुर्घटनामा परी प्रहरी जवानसहित दुर्इको ज्यान गयो

नवलपरासी, असोज २१ । जिल्लाको नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको ज्यान गएको छ । परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी […]

बुटवलदेखि विद्युतीय रेलमार्ग दक्षिणतिर सार्न सर्वे हुने

बुटवल । व्यापक विरोध भएपछि पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बुटवलको कालिकानगरमा सर्वे भएको मार्ग परिवर्तन गरी बुटवलभन्दा दक्षिणबाट सर्वे गर्ने तयारी रेल विभागले गरेको छ । पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत तम्सरिया–बुटवलखण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी खण्डका लागि यसअघि सर्वे भई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको थियो । डिपिआरमा बुटवलको कालिकानगर भएर रेलवे लैजाने प्रस्ताव गरिएपछि बुटवलवासी […]

रुपन्देहीका दुई युवाको उदाहरणीय काम

रुपन्देही । विदेश जानका लागि गाँउमा ऋण खोजेर ठिक्क थियो । मेनपावरमा पासपोर्ट बुझाइसकेका थिए । विदेश जाने भित्रैदेखि इच्छा भने थिएन । पासपोर्टमा मलेसियाको तीन वर्षे भिसा पनि लागिसकेको थियो । जिल्लाको रुद्रपर–४ का विश्वनाथ ढकाल (२६), १२ कक्षा उत्तीर्ण भई बुटवल टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे आर्क वेल्डिङ् कोर्स सकेर बसेका थिए । भित्रैदेखि […]