जाडो बढेसँगै विद्यालय बन्द

कपिलवस्तु । लगातारको शीतलहर र चिसोसँगै बढेको जाडोका कारण जिल्लाका सामुदायिक विद्यालयहरू १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आइतबारदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने […]

संशोधन भन्दा कार्यान्वयन अहिलेको अावश्यकता

दाङ । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको दाबी गरे । अाइतबार जिल्लामा भएको पत्रकार समेलनमा नेता रायमाझीले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएका भन्दै संविधान कार्यान्वयनमा […]

पाल्पामा स्वतन्त्र पत्रकारको प्रथम जिल्ला अधिवेशन

पाल्पा । स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको प्रथम जिल्ला अधिवेशन शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले आस्थाको आधारमा पत्रकारितामा भागवण्डा गरिनु गलत विधि भएको बताए । उनले दलीय आवद्धताले पत्रकार असुरक्षित हुने गरेको दावी गरे । ‘हालसम्म जति पत्रकार मारिएका छन्, जति भौतिक आक्रमणमा परेका छन्, ती सबै […]

१९ वर्षमुनिका किशोरीहरूको राष्ट्रपतिलार्इ अपिलः हाम्रा समस्याको समाधान खोजिदिनुस

काठमाडौँ । १९ बर्ष मुनीका किशोरिहरुको एक समुहले ग्रामीण क्षेत्रको बर्तमान शिक्षा तथा सामाजिक समस्याहरु समाधानको लागि राष्ट्रपती बिद्यादेवी भण्डारीलाई अपिल गरेको छ । हिजो राष्ट्रपती भवन शितलनिवासमा आयोजित एक अन्तरक्रिया  कार्यक्रमका बिचमा ग्रामीण क्षेत्रको शिक्षा तथा सामाजिक समस्याहरुको बारेमा तयार पारीएको ९ मिनेटको डकुमेन्ट्री पर्दशन गर्दै  राष्ट्रपतीलाई  अपिल गरेको हो। १९ बर्ष भन्दा मुनीका […]

६ महिना पछि धकेलियो भैरहवा विमानस्थल

रूपन्देही । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिना अतिरिक्त समय दिएको छ । गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएको आधारमा ठेकेदारले अतिरिक्त समय मागेको र यसको मूल्यांकनपछि नागरिक उड्डयन प्राधिकरणले यो समय दिएको हो । नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ […]

साफ महिला च्याम्पियनमा नेपालको विजयी सुरूवात

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले भारतमा सुरू साफ च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ । नेपाली टोलीले उद्घाटन खेलमा भुटानी महिला फुटबल टोलीलाई ८-०ले पराजित गरेको हो । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई भारी गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सावित्रा भण्डारी पाँच गोल गरिन् । उनी एकै खेलमा […]

गैँडाको आक्रमणबाट मृत्यु

नवलपरासी । जङ्गली गैँडाको आक्रमणबाट आइतबार नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ । त्यस्तै एक महिला घाइते भएको प्रहरीले जनाएको छ । कावासोती– १५ शेरवानकी बुद्धिकुमारी महतोका घरमा खेल्दै गरेकी तीन वर्षीया श्वेताको जङ्गली गैँडाको आक्रमणबाट मृत्यु भएको हो । घरको आँगनमा आगो तापिरहेको बेला जङ्गली गैँडा आई नातिनी र हजुरआमा दुवैलाई आक्रमण गरेको थियो […]

दुर्घटनामा परी तीनको मुत्यु

नवलपरासी । जिल्लामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ । त्यसैगरी राकाचुली–९ स्थित चन्दातारा पहाडी सडकखण्डमा लु२त ५४०३ नंको ट्र्याक्टरमा सवार ५५ […]

गुरिल्ला ट्रेल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री गुरिल्लाको सुरक्षा घेरामा

रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेलको उद्घाटन गरेका छन् । जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको समेत प्रधानमन्त्रीले उद्घाटन गरे । जनयुद्धकालमा माअाेवादीका सर्वोच्च कमाण्डर रहेका प्रधानमन्त्री प्रचण्डलार्इ त्यहाँ जनयुद्धको झल्को दिने गरि माअोवादी गुरिल्लाले पहरा दिए । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर […]

चोरी मुद्दाका फरार अपराधी १७ वर्षपछि पक्राउ

दाङ । दाङ प्रहरीले चोरी मुद्दाका एक अपराधिलार्इ १७ वर्षपछि पक्राउ गरेको छ । अदालतबा नौ वर्ष कैद र एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ […]