पाँच नं. प्रदेश नटुक्र्याउँ भन्नेलार्इ प्रचण्डको प्रस्तावः दुर्इ नं. प्रदेशमा पनि पहाड मिसाउँ

काठमाडौँ, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच नं. प्रदेश विभाजन गर्दा राष्ट्रघात हुने भए एमाले अध्यक्ष केपी ओलीले संविधान बनाउँदा २ नं. प्रदेश दिएर ठूलो राष्ट्रघात गरेको अारोप लगाएका छन । शनिवार नेपाल टेलिभिजको कार्यक्रम ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ मा बोल्दै उनले यस्तो अारोप लगाएका हुन् । उनले प्रमूख प्रतिपक्ष दल नेकपा एमाले संविधान […]

संशोधन विधेयकले ठप्प बुटवलः जनजीवन प्रभावित

काठमाडौँ । प्रदेश नम्बर ५ टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको विरोधमा जारी आन्दोलनले शनिबार पनि बुटवल ठप्प भएको छ । बुटवलसहित अर्घाखाँची, रोल्पा, प्युठानलगायत जिल्लामा बन्दले जनजीवन प्रभावित भएको छ । बुटवलमा शनिबार पनि यातायातका साधन चलेनन् । बजार, शिक्षण संस्था बन्द भए । यातायात बन्दका कारण यात्रुहरू मर्कामा परेका छन् । बन्दले […]

संशोधन विधेयकमा सरकारको नीतिः हेराैँ मधेस कति जल्छ, लुम्विनी कति फोडिन्छ ?

काठमाडौँ । संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ । स्रोतका अनुसार मोर्चाको गतिविधि र आन्दोलनको परिस्थिति हेरेर केही दिनमा सरकारले विधेयक फिर्ता लिने या नलिने निर्णय गर्नेछ । ‘जसका लागि यो संशोधन विधेयक दर्ता […]

संशोधन प्रस्तावको विरोधमा सत्तारूढ दलका सांसदको उद्घोषः पाँच नं. प्रदेशमा गिद्धे दृष्टि नलगाउन चेतावनी

बुटवल, मंसिर १७ । संविधान संशोधनको विधेयकमा संविधानमा प्रस्तावित पाँच नम्बर प्रदेश विभाजन गरेको विरोधमा शुक्रबार बुटवलमा वृहत प्रदर्शन भएको छ । प्रदर्शन पछि सम्पन्न सभामा पाँच नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदले सम्बोन गरेका छन् । बुटवलका विभिन्न स्थानबाट जुलुससहित सुरू भएको प्रदर्शन बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रमुख […]

संशोधन प्रस्तावको विरोधमा बुटवलका उद्योग व्यवसायीको प्रदर्शन

रूपन्देही, मंसिर १७ । सरकारले संविधानमा प्रस्तावित ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै रूपन्देहीका व्यवसायीहरूले शुक्रबार विहानै देखि बुटवलमा प्रदर्शन गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्कियो । उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु […]

पाँच नं. प्रदेशबाट पाल्पालार्इ अलग गरेको विरोधमा जिल्ला बन्द

पाल्पा, मंसिर १७ । संविधान संशोधन विधेयकमा जिल्लालार्इ प्रदेश नं. ५ देखि अलग गराएको विरोधमा भएको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा […]

सिमांकनको विरोधमा पश्चिम नेपाल बस व्यवसायी संघ पनि

रूपन्देही, मंसिर १७ । सीमांकन हेरफेरविरुद्ध सुरु भएको आन्दोलनमा पश्चिम नेपाल बस ब्यवसायी संघले समर्थन जनाएको छ । संघका अध्यक्ष दधिराम खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै अान्दोलनमा संघ समर्थन रहेको जनाएका हुन् । बिज्ञप्तिमा भनिएको छ- ‘हचुवाका भरमा पहाड र तराईलाई अलग गरी प्रदेश निर्माण प्रयास गरीएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’आम नागरीकको भावना […]

संशोधन प्रस्तावको विरोधमा भएको प्रदर्शनमा झडप तीन प्रहरी एक सर्वसाधारण घाइते

  काठमाडौँ, मंसिर १६ । सरकारले ल्याएको संशोधन विधेयकको विरोधमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपका क्रममा प्रदर्शन कारीले हानेको ढुंगा लागेर तीन जना प्रहरी र एकजना सर्वसाधरण घाइते भएको छन् । उनीहरूको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको बुटवलबाट पत्रकार गोविन्द बस्नेतले जानकारी दिए । लुम्विन अञ्चललार्इ विखण्डन गरिएको भन्दै […]

संविधान संशोधन विधेयकको विरोधमा प्यूठानमा अान्दोलन

प्यूठान, मंसिर १५ । सरकारले बुधबार मात्र संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा प्यूठानमा स्थानीय राजनीतिक दलका कार्यकर्ताहरू अान्दोलनमा उत्रिएका छन् । नेपालको संविधान २०७२ वमोजिम प्रदेश नं. पाँच मा रहेको प्यूठानलार्इ अलग गरी प्रदेश नं. ४ मा समावेश गर्ने निर्णयको विरोधमा आन्दोलित भएका हुन् । प्यूठानको खलंगा, बाग्दुला, विजुवार, भिंगृ, किमिचौर, बड्डाँडा, […]

पाँच नं. प्रदेशबाट अलग गर्ने प्रस्ताव विरूद्ध अर्घाखाँची बन्द

अर्घाखाँची, मंसिर १५ । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्द गरेका छन् । पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरेका हुन । बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, […]