टिकापुर घटनाका अरोपी लक्ष्मण थारूद्वारा कारागारबाटै फोरम लोकतान्त्रिक परित्याग

धनगढी, पुस ६ । टिकापुर घटनामा संलग्न भएको अारोपममा जेल सजया भोगिरहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य लक्ष्मण थारूले पार्टी परित्याग गरेका छन् । कैलाली कारागारमा रहेका थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेको घोषणा गरेका हुन् । आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेको प्रति असन्तुष्ट जनाउँदै उनले पार्टीका सैबै जिम्मेवारीबाट अलग भएको घोषणासहित […]

ट्रयाक्टर दुर्घटना एकको ज्यान गयो

सल्यान, पुस ३ । जिल्लामा भएको ट्यांकर दुर्घटनामा एक जनाको ज्यान गएको छ । राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय दीपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार राति दुर्घटना भए पनि आइतबार बिहान मात्र […]

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

अछाम, पुस १ । ट्याक्टरले किच्दा जिल्लामा एक बालिकाको ज्यान गएको छ । बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोलामा पैदल हिँडिरहेकी धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विकलार्इ किच्दा उनको ज्यान गएको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिइन् । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय […]

संशोधन विधेयक फिर्ता लिए सहमति हुने एमाले अध्यक्ष ओलीको भनाइ

नेपालगन्ज, मंसिर २७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान संशोधन विधेयक फिर्ता लिए राजनीतिक सहमति बन्ने बताएका छन् । उनले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको अारोप लगाउ । प्रेस चौतारी, बाँकेले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अाेलीले वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति […]

महिलाको अगुवाइमा हियाँखोला बन्यो छाउपडी मुक्त गाँउ

जुम्ला, मंसिर २६ । जिल्लाको लाम्रा गाविस वडा नं ६ र ७ लार्इ छाउपडी मुक्त गाँउको रूपमा घोषणा गरिएको छ । स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो । हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले […]

सुर्खेत पुगेर प्रधानमन्त्रीको कर्णाली विकास गर्ने १४ बुँदे घोषणा

काठमाडौँ, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेतमा पुगेर कर्णालीको विकास गर्ने वाचा गरेका गरेका छन् । कर्णाली एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि यस क्षेत्रको लगानीका संभावना तथा अवसरहरु पहिचान गरी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्र्याउने उनले बताए । उनले लगानी वर्ष […]

वैद्य जी, विप्लव र बाबुरामसँग एकता हुन्छः प्रधानमन्त्री प्रचण्ड

सुर्खेत, मंसिर १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले कार्यकर्ताहरूलार्इ निर्वाचनमा लाग्न समेत निर्देशन दिए  माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य […]

प्रधानमन्त्रीको स्वागतमा पुगेकी बालिकाको ज्यान गयो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो । वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन्। वीरेन्द्रचौक पुगेपछि बेहोस […]

माअाेवादी केन्द्रको केन्द्रीय समिति ४ हजार सदस्यीय जम्बो (कुन प्रदेशमा कति केन्द्रीय सदस्य?)

काठमाडौँ, मंसिर २१ । नेकपा माओवादी (केन्द्र) ले केन्द्रिय महाधिवेशन आयोज समितीको संख्या एक कम चार हजार पुराउने  निर्णय गरको छ । मंगलबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकले तीन हजार ९९९ सदस्यीय जम्बो केन्द्रिय समितीको प्रस्ताव पारित गरेको हो । योसँगै माओवादी केन्द्रको पोलिटब्युरो, कार्यालय टिम र पार्टी सचिवालयसमेत बढेको छ । पोलिटब्युरो सदस्यको संख्या ३९९ […]

माअाेवादी केन्द्रको पाँच नं. प्रदेशको कमाण्ड रोल्पाका अनन्तले समाल्दै

काठमाडौँ, मंसिर २१ । संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नं. पाँचमा अान्दोलनमा चर्किएको छ । यही अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पाँच नं. प्रदेशको कमाण्डरको रूपमा पूर्व जनसेनाका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तलार्इ जिम्मेवारी दिएको छ । मंगलबार बसेको माअाेवादी केन्द्रको पोलिटव्यूरो बैठकले प्रदेश इञ्चार्ज र प्रदेश संयोजक चयन गरेको छ । जसमा […]