को को अटाए काँग्रेसको समानुपातिक सूचिमा (संघीय संसद र प्रदेश संसदका ३२२ मम्मेदवार नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदका लागि कोषाध्यक्ष सीतादेवी यादवसहित एक दर्जन केन्द्रीय सदस्यलाई समानुपातिक सूचिमा राख्दै निर्वाचन अायोगमा सूची बुझाएको छ । काँग्रेसको सूचीमा उद्योगपति विनोद चौधरी समेत अटाएका छन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु […]

चिहानमाथि खुसीको पर्खार्इः चिलगाडी चढ्ने अाशमा कोटवाडाबासी

काठमाडौँ । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा […]

किन अटाउन सकेनन् महरा प्रत्यक्ष निर्वाचनमा रोल्पामा

काठमाडौँ । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रा लाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको […]

शक्ति बस्नेतविरूद्ध एमालेको बागी उम्मेदवार

काठमाडौं । जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । शाहले ०५६ सालमा राप्रपाबाट सांसद जितेका थिए । जाजरकोटमा प्रतिनिधिसभा शक्ति […]

प्रदेश ६ को मुख्यमन्त्रीः हेभिवेटको उदासिनता, नयाँ अनुहार को अाउला

काठमाडौँ । कांग्रेस नेता पूर्णबहादुर खड्कालाई धेरैले पार्टीका तर्फबाट ६ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवार हुने अनुमान गरेका थिए । तर, उनी सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस भए । खड्का निकटका अनुसार राष्ट्रिय राजनीतिमा उचाइ बनाइसकेका उनको ‘दूरदृष्टि’ केन्द्रीय सरकार र राष्ट्रिय राजनीतिमै छ । आसन्न प्रदेशसभा निर्वाचनबाट पहिलोपटक […]

सुर्खेतमा पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु

सुर्खेत । शुक्रबार राति देखिको परेको अविरल वर्षापछि गएको पहिरोका कारण एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको गुर्भाकोट नगरपालिका ६ बडाखोली सिन्दुरखोलामा घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र […]

काठमाडौँमा मोवाइल काण्ड सेलाउन नपाउँदै सुर्खेतमा मोटरसाइकल काण्ड

सुर्खेत । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिलार्इ मोवार्इल बाढ्ने चर्चा सेलाउन नपाउँदै सुर्खेतको चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने निर्णय गरेको छ । त्यसका लागि २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले केन्द्रबाट पाएको ३० करोड ९५ लाख बजेट मध्ये मोटरसाइकल खरिदका लागि २२ लाख ५० हजार रूपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो […]

छाउप्रथा हटाउन शिक्षित नै तगारो

काठमाडौँ । छाउपडी प्रथा उन्मूलनमा शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ । गाउँका शिक्षित व्यक्तिले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन् । पढे/लेखेका र जागिरे महिला महिनावारी हुँदा आफैं छाउगोठमा सुत्दै आएका छन्। शिक्षित भनिएका व्यक्ति र ‘नयाँ पुस्ता’ ले नै छाउ बार्ने कुसंस्कारलाई अँगाल्न थालेपछि छाउपडी उन्मूलनमा झन् चुनौती थपिएको […]

रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले […]

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । उनी २० वर्षपछि भएको स्थानीय तह चुनावमा निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी छन् । उनी २ हजार ७७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्तिलाल महतको पक्षमा २ हजार ६६ मत परेको छ । उपमेयरमा भने नेकपा […]