कर्णाली किन दोहोर्याउन चाँहदैन कर्णाली, हरेक निर्वाचनमा फेरिन्छन्

काठमाडौँ । कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् । २०४८ सालयताका ५ निर्वाचनमा मुगुका हस्तबहादुर मल्लबाहेक कोही दोहोरिएर सांसद भएका छैनन् । दलहरूले पनि यहाँका मतदाताको चाहना बुझेरै चुनावैपिच्छे फरक उम्मेदवार उठाइरहेछन् । कालिकोटमा ०४८ […]

एमाले उम्मेदवारको चुनावी कमाण्ड समाल्दै माअोवादी सेनाका कमाण्डर

सुर्खेत । अासन्न निर्वाचनमा गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् नेकपा एमाले र माअोवादी केन्द्र । जिल्लामा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवारहरू काँग्रेसका उम्मेदवार विरूद्ध चुनावी मैदानमा छन् । उनीहरूलार्इ जिताउनका माअोवादी सेनाका कमाण्डरहरूले चुनावी मोर्चाको कमाण्ड समालेका छन् । गठबन्धनले सुर्खेतमा माअोवादी कमाण्डरलार्इ चुनावी कमाण्डर तोकेको छ । गठबन्धनका उमेदवारहरुलाई विजयी गराउन भन्दै एमाले-माओवादीको […]

प्रदेश ६ का चार एक्काको अग्नी परीक्षा

काठमाडौँ । २०४८ यताका सबै निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर पाएका कांग्रेस नेता पूर्णबहादुर खड्का छैटौंपटक संसद् छिर्ने प्रयासमा छन् । उनको यो यात्रामा वाम गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाही चुनौती बनेका छन् । संसदीय राजनीतिमा सम्भवतः ६ नम्बर प्रदेशकै परिपक्व यी नेताको प्रयास सफल होला त ? आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत […]

बझाङी उम्मेदवारको चुनावी नाराः ताक्लाकोट नाका सञ्चालन

काठमाडौँ । उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्राष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ । बझाङको उरै भन्ज्याङसँग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन । दुवै प्रमुख पार्टी कांग्रेस […]

हुम्लामा बाम गठबन्धन विरूद्धका बागी उम्मेदवारले लिएनन् उम्मेदवारी फिर्ता दोधारमा गठबन्धन

हुम्ला । हुम्लामा बाम गठबन्धनका उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दर्ता गराएका माअोवादी केन्द्रका नेताले उम्मेदवारी फिर्ता लिएनन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका जिल्ला इन्चार्ज छिमिदोर्जे लामा विरुद्ध माओवादीकै पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्रीले छक्क लामाले वागी उम्मेदवारी दिएका छन् । वागी उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री लामाले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन समस्यामा परेको हो । […]

सल्यानमा बाम गठबन्धनका बागी उम्मेदवारलार्इ माअोवादीकै समर्थन

काठमाडौं । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी कायमै राखेका हन् । प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका संस्थापक नेता […]

डोल्पामा एमाले र माअोवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

डोल्पा । देशव्यापि रूपमा चुनावी तालमेल गरेका एमाले र माअोवादी केन्द्रका कार्यकर्ताबीच डोल्पामा झडप भएको छ । केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको हो । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही […]

यी हुन् सुर्खेतका निर्वाचन लड्ने खेलाडी

सुर्खेत । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेपाली काँग्रेसले क्षेत्र नं १ बाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं २ बाट हृदयराम थानीलाई उम्मेदवार बनाएको छ । यस्तै वाम गठबन्धनको तर्फबाट दुर्इ क्षेत्रमा एमालेले उम्मेदवार उठाएको छ । […]

को को अटाए काँग्रेसको समानुपातिक सूचिमा (संघीय संसद र प्रदेश संसदका ३२२ मम्मेदवार नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदका लागि कोषाध्यक्ष सीतादेवी यादवसहित एक दर्जन केन्द्रीय सदस्यलाई समानुपातिक सूचिमा राख्दै निर्वाचन अायोगमा सूची बुझाएको छ । काँग्रेसको सूचीमा उद्योगपति विनोद चौधरी समेत अटाएका छन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु […]

चिहानमाथि खुसीको पर्खार्इः चिलगाडी चढ्ने अाशमा कोटवाडाबासी

काठमाडौँ । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा […]