ढलान भएको चार दिनमै भत्कियो पुल

डडेल्धुरा । जिल्लाको भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकीदेखिको अविरल वर्षाले भत्केको हो । डिभिजन सडक कार्यालय कुलपाते, दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लिसँग ठेक्का सम्झौता भएको थियो । […]

पहिरोले पुरिएर एकै परिवारका तीन सहित चार जनाको मृत्यु

बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना –६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको […]

दलितलाई पानी खुवाउँदा गाउँ निकाला

बाजुरा । दलितलाई पानी खुवाउँदा ६ वर्षदेखि जिल्लाको एक परिवार गाउँबाहिर बस्नु परेको टबाजुराको घटनालाई पहिलो समाचारको रुपमा छापेको छ । बाजुराको हिमाली गाउँपालिका-२ नातिखोलाको एक परिवार गाउँनिकालाको उत्पीडन सहन बाध्य छ । साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । […]

भारत हुँदै दुबर्इ लैजान लागिएका युवतीको उद्धार

भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा […]

भारतले धौलीगंगामा बाँध खोल्यो, बाढीको त्रासमा दार्चुला

बैतडी । निरन्तर वर्षाका कारण भारतले धौलीगङ्गाको छिरकला बाँधको पानी शक्रबार साँझ ६ः१५ मा खोलेको छ । जारी गरिएको सूचना अनसार राति १२ बजेसम्म पूरै बाँध खाली गरिने छ । जलविद्युत्को मेसिनमा अचानक आएको खराबीले बाँध खोलिएको जानकारी गराइएको छ । भारतीय सीमा सुरक्षा बलले बाँध खोलेको सूचना दिएपछि महाकालीमा पानीको बहाव बढेसँगै दार्चुलामा उच्च […]

प्रदेश ७ मा नयाँ वर्षमा ‘मेरो वर्ष २०७५ अभियान’

धनगढी । प्रदेश नं ७ को धनगढीबाट नयाँ वर्षसँगै आज ‘मेरो वर्ष २०७५ अभियान’ सुरू गरिएको छ। अभियानको मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभारम्भ गरे । सामाजिक विकास मन्त्रालयको परिसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताए । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य वर्ष अभियानलाई […]

रेशम चौधरीले जेलभित्रै सपथ लिने, तयारीमा सरकार

काठमाडौँ । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । […]

भोलेबाबाको ताकमा युवतीहरू

काठमाडौँ ।‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट। तिम्रो बिहेमा मैले पेन्टी उपहार दिएकी थिएँ, तिमीलाई थाहा छ कि छैन ? हेर त तिम्रो पेन्टी फोहोर भएको छ-स्मारिकाले झारफुक गरेझैं […]

घोडाघोडी नगरपालिकाका प्रमुखमाथि गोली प्रहार

धनगढी । कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहको आक्रमण गरेको छ । नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले आज साँझ उनीमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज […]

कैलाली घटनाः अाफ्नी पार्वती बनाउन नपाएपछि राधा राधामाथी यातना

देवकलिया (कैलाली) । साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् । आफू बडीकेदार (डोटीमा रहेको तीर्थस्थल) बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि […]