देउवाको गाँउमा काँग्रेसलार्इ भारी मतान्तर

डेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे । यस्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी […]

बझाङमा एमाले र माअोवादी केन्द्रका कार्यकर्ताबीच झडप

काठमाडौँ । सात नं. प्रदेशको बझाङमा माअोवादी केन्द्र र एमालेका कार्यकर्ताबीचमा झडप भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको हो । झडपमा ५ जना घाइते भएका छन् । मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी […]

बझाङको जयपृथ्वी नगरपालिकाका दुर्इ मतदान केन्द्रशमा भोली मतदान हुने

काठमाडौं । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु […]

बाजुराको बडिमालिका १ मा काँग्रेस वडाध्यक्ष विजयी

बाजुराको बडिमालिका नगरपालिका– १ को वडाध्यक्ष कांग्रेसले जितेको छ । यहाँ कांग्रेसका रामवहादुर कार्की विजयी भएका हुन् । बडिमालिकाको मेयरमा कांग्रेसकै पदमबहादुर बडुवाल ५३७ मतका साथ अघि–अघि छन् । उनलाई एमालेका गगन रावलले २९३ मतका साथ पछ्याइरहेका छन् ।

सभामुख घर्तीसहित माअोवादी केन्द्रका नेताहरूले रोल्पा पुगेर गरे मतदान

रोल्पा । दोस्रो चरणको निर्वाचन अन्तर्गत अहिले मतदान भइरहेको छ । यसैक्रममा सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका वडा नं. ७ को बालउदय मावि मतदान केन्द्र पुगेर मतदान गरेकी छन् । त्यस्तै सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि मतदान गरेका छन् । माओवादी केन्द्रका नेता एवं उपप्रधान […]

दोस्रो चरणको निर्वाचनमा मतदान सुरू

काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तगर्त तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरू भएको छ । मतदानको दिन केही स्थानमा पानी परेको छ । असारे झरी भए पनि मतदाताहरू उत्साहपूर्वक मतदानमा उभिएका छन् । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ । प्रदेश […]

अाफैले बोकेको बम विष्पोट हुँदा विप्लव नेतृवका नेकपाका जिल्ला सदस्यको मृत्यु

कैलाली । आफैले बोकेको बम विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानीटोलमा हिजो (सोमबार) राति ९ : ४५ को समयमा उक्त घटना भएको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंहले बोकेको सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ । मृतक […]

एउटै मतदान केन्द्रमा १९ शेरबहादुर, ९ शेरबहादुर देउवा, जसमध्ये एक प्रधानमन्त्री

एउटा मतदान केन्द्रमा कति जनाको नाम जुध्ला ? दुर्इ वटा तीनवटा वा चार वटा । तर डढेलधुराको एउटा गाउँपालिका गन्यापधुरा १ मा एउटै नामका ९ जनाको नाम एउटै छ । जसमध्ये एक जना प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनीबाहेक गन्यापधुरा गाउँपालिकाको असिग्राम मावी रूवाखोला मतदान स्थलमा मतदान गर्ने अन्य ८ जना शेरबहादुर देउवा छन् । […]

यस्तो बस्ती साहुले नै मत हालिदिन्छन्, भन्छन्- हामी राउँदैनौँ, बिग्रिएला, रौतेला उठीबक्सेको छ

काठमाडौँ । बाजुर जिल्लाको स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गरेका छैनन् । यसपटक पनि उनका रिथी (साहु) लाई नै मतदान गर्न दिने योजनामा छन् । भन्छन्, ‘हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्या रौतेलाकन बिन्ती गरुँला (हामी थाहा पाउँदैनौं, बिग्रिएला, बाबुसाब उठेका छन्, साहुलाई मत हाल्न अनुरोध गर्छु) ।’ सुदूरपश्चिमका पहाडी जिल्ला […]

डडेल्धुरामा काँग्रेसलार्इ अाफ्नैबाट चुनौती

काठमाडौँ । पार्टीको आन्तरिक कलहका कारण नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचनमा आफ्नै क्षेत्रमा अप्ठेरोमा परेका छन्। मतदानको दिन आउनै लाग्दा गृहजिल्ला डडेलधुराका साथै कैलाली र कञ्चनपुरमा समेत टिकट वितरणमा देखिएको असन्तुष्टि साम्य हुन सकेको छैन। आन्तरिक विवाद समाधान हुन नसक्दा देउवालाई निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न चुनौतीपूर्ण बन्दै गएको छ। […]