एउटा खोप लगाउन एक दिन हिँडेर सदरमुकाम पुग्नुपर्छ गाँखेतका स्थानीयालार्इ

डडेल्धुरा, कार्तिक ३० । प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाँउ गाँउमा चिकित्सक पठाउने घोषणा गरेका थिए । उनी प्रधानमन्त्री बनेको १०० दिन पूरा भइसकेको छ । तर उनको यो घोषणाले छुन सकेको छैन् । डडेल्धुराको गाँखेत गाविसको स्वास्थ्यचौकीमा आवश्यक दरबन्दी छैन् । यहाँ दरबन्दी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ […]

घर झगडा हुँदा श्रीमतीले गरिन श्रीमानको हत्या

कैलाली, कार्तिक ९ । घर झगडा हुँदा यहाँकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँ दै गर्दा बन्चरोको […]

चैतमा स्थानीय तहको निर्वाचन नभए देश संकटमाः गच्छदार

कञ्चनपुर, कार्तिक ८ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । जिल्लाको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा  पार्टीले आयोजना गरेको आमसभालाई बोल्दै उनले यस्तो बताएका हुन् । उनले जसरी भए पनि चैतमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । सोह्रबुँदे सहमति गराएर आफूले नेपाली […]

‘स्क्रब टाइफस‘ले कैलालीमा दुर्इ जनाको ज्यान लियो

धनगढी, कार्तिक २ । यस वर्ष संक्रमणको रूपमा फैलिएको ‘स्क्रब टाइफस’ले कैलालीमा दुर्इ जनाको ज्यान लिएको छ । पछिल्लो डेढ महिनामा जिल्लामा दुर्इ जनाको ज्यान गएको हो । स्क्रब टाइपसका कारण पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाटको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बोगटीको गत भदौ […]

तेह्र किलो चरेससहित एक पक्राउ

कञ्चनपुर, असोज २१ । जिल्लाको कृष्णपुर नगरपालिका–८ मौरीफाँटाबाट प्रहरीले १३ किलो चरेससहित एकजनालार्इ पक्राउ गरेको छ ।  प्रहरीले चरेससहित सोही स्थानका ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । उनका अनुसार भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका […]

महाकाली अंचल अस्पतालमा ‘एन्टी स्नेक भेनम’ औषधीको अभाब

काठमाडौँ । महाकाली अञ्चल अस्पतालमा ‘एन्टी स्नेक भेनम’ औषधी अभावका कारण एक हप्तामा चार जनाको ज्यान गएको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको अस्पतालमा सर्पदंशका विरामी बढेसँगै अस्पतालमा सर्पदंशका विरामीलाई दिइने औषधी ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो । तराइका जिल्लाहरुमा गर्मी र वर्षासँगै सर्पदंशका विरामीहरु बढ्ने गरेका छन् । जिल्लाको महेन्द्रनगर नगरपालिका–८ तिलाचौर र […]