इन सर्च अफ देवकीः देवी खोज्दै गर्दा भेटिएको कालो यथार्थ

काठमाडौँ, मंसिर २७ । हुन सक्छ सुदुर पश्चिमबाट टाढा राजधानीमा बसेर हामीलाई देउकी प्रथा उन्मुलन भएको तथ्य पढाइयो । तर यथार्थमा सुदुर पश्चिमका विकट बस्तिमा अझै पनि स–सना नानीहरु देउकी बनेर मन्दिरमा चढाइएका छन् । यो कालो यथार्थ पत्रकार देवकी विष्टले देवी खोज्दै गर्दा फेला पारेकी छिन् । समाजलाई उन्मुलन भयो भनेर भनिएको देउकी प्रथा […]

देशकै छैठौँ उत्कृष्ट सेवा दिने अस्पतालः जहाँ पञ्जा धोएर सुत्केरी बनाइन्छ, सिटामोल पनि छैन्

बाजुरा । बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन् । तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ । पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो । जिल्लाको कोटिला स्वास्थ्य चौकीमा […]

कार्यकर्ता रिहा गर्न माग गर्दै कैलाली बन्द

कैलाली, मंसिर २३ । आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा एमालेले कैलाली बन्द गराएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम महोत्सवको उद्घाटनाका लागि सुदुर जाँदै गर्दै विरोध प्रदर्शन गर्न उत्रिएका एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा उसले जिल्ला बन्द गराएको हो । एमालले बुधबार पनि प्रधानमन्त्री प्रचण्डको विरोधमा धनगडी बन्द गराएको थियो बन्दका कारण […]

माअाेवादी केन्द्रको केन्द्रीय समिति ४ हजार सदस्यीय जम्बो (कुन प्रदेशमा कति केन्द्रीय सदस्य?)

काठमाडौँ, मंसिर २१ । नेकपा माओवादी (केन्द्र) ले केन्द्रिय महाधिवेशन आयोज समितीको संख्या एक कम चार हजार पुराउने  निर्णय गरको छ । मंगलबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकले तीन हजार ९९९ सदस्यीय जम्बो केन्द्रिय समितीको प्रस्ताव पारित गरेको हो । योसँगै माओवादी केन्द्रको पोलिटब्युरो, कार्यालय टिम र पार्टी सचिवालयसमेत बढेको छ । पोलिटब्युरो सदस्यको संख्या ३९९ […]

माअाेवादी केन्द्रको पाँच नं. प्रदेशको कमाण्ड रोल्पाका अनन्तले समाल्दै

काठमाडौँ, मंसिर २१ । संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नं. पाँचमा अान्दोलनमा चर्किएको छ । यही अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पाँच नं. प्रदेशको कमाण्डरको रूपमा पूर्व जनसेनाका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तलार्इ जिम्मेवारी दिएको छ । मंगलबार बसेको माअाेवादी केन्द्रको पोलिटव्यूरो बैठकले प्रदेश इञ्चार्ज र प्रदेश संयोजक चयन गरेको छ । जसमा […]

गए राति सुदुर पश्चिममा भूकम्पको धक्का

काठमाडौँ, मंसिर १७ । गएराति  दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको  छ । राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । दार्चुला प्रहरी प्रमुख केदार खनालले अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । […]

रोजगारिका लागि भारत गएका सुपका नेपाली किन हुन्छन् वेपत्ता ?

कञ्चनपुर, मंसिर १६ । भारतमा मजदुरी गर्न यहाँका मानिसहरू वर्षेनी वेपत्ता हुने गरेका छन् । पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिमका तीन जिल्लाबाट रोजगारिका लागि भारत गएका १४१ जना बेपत्ता भएका छन् । रोजगारिका लागि भारत पुगेका डोटी अछाम र कञ्चनपुरका १४१ जना वेपत्ता भएको तथ्यांकमा उल्लेख छ । निड्स नेपाल, कञ्चनपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार अछामका […]

संविधान संशोधनका लागि सहमति भइसकेको छः सभापति देउवा

कञ्चनपुर, मंसिर ५ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा दलहरू सहमति नजिक पुगेको बताएका छन् । प्रेस युनियनले भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती देउवाले धेरै विषयमा दलहरूबीच सहमति भइसकेको भन्दै छिट्टै संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् । सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचनमा जोड दिइने बताए […]

छाउगोठमै गयो ज्यान पाँच दिने सुत्केरी १९ वर्षिया महिलाको

अछाम । तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्य उठाउन पुग्दा छाउगोठभित्रै घोप्टो परेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । उनी घरबाट ४० […]

काम एउटै, ज्याला फरक

‘पुरुषले गर्ने काम भनिएका घर ढलान गर्ने, सिमेन्ट लगाउने, घरमा रङ लगाउने, बेल्चा लगाउनेलगायतका काम महिलाले पनि उत्तिकै मात्रामा गर्छन् । तर, अछाममा महिलाको कामलाई हेर्ने दृष्टिकोणमा चर्को विभेद छ ।’ अछाम । मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लास्टर गर्ने कामबाट दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म कमाउँछिन् । उनीसँगै काम गर्ने उनका श्रीमान्ले चाहिँ दैनिक […]