अल्पकालीन बजेट ल्याउने तयारीमा प्रदेश ७

धनगढी । प्रदेश ७ को सरकारले अल्पकालिन बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको हो । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । सरकार गठन भएपछि सञ्चित कोषको अभावले मन्त्रालयका काम कारबाही […]

प्रदेश ७ का मुख्यमन्त्री भट्टलार्इ विश्वासको मत

धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विस्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा, १६८ को उपधारा, ४ बमोजिम मंगलबार प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३८ प्रदेशसभा सदस्यले मत जाहेर गर्नुभएको छ । प्रस्तावको विपक्षमा १० मत परेको […]

विरामीको मृत्यु भएपछि महाकाली अस्पतालमा तनाब

कञ्चनपुर । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि शनिबार महाकाली अञ्चल अस्पताल तनावग्रस्त भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरे । अस्पताल परिसरमा भेला भएका आफन्तले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । पेट दुखेपछि भीमदत्त नगरपालिका ११ भुजेलाकी ४० वर्षीया कलावती सार्कीलाई उनका आफन्तले शुक्रबार राति ११ […]

प्रहरीलार्इ छल्दै रेशम चौधरी अदालतको र्इजलासमा पुगे

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद् रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन्। चौधरीले जिल्ला अदालतल कैलालीमा सोमबार बिहान आत्मसमर्पण गरेको एसपी बिनोद घिमिरेले जानकारी दिए । टीकापुर घटनाका मुख्य आरोपित उनी प्रहरीको फरार अपराधीको सूचीमा थिए । प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए । टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले […]

१३ वर्षमै विवाह १८ वर्षमै दुर्इ सन्तान पछि स्थायी बन्ध्याकरण

डोटी । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वषमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । आजको नयाँ पत्रिकामा यो खबर छ । बोगटान गाउँपालिका- १ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ […]

प्रदेश ७ः मन्त्रिपरिषदको पहिलो बैठकका निर्णय के-के ?

कैलाली । प्रदेश ७ को पहिलो मन्त्रिपरिषदको बैठक अाज बसेको छ । पहिलो बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकार कार्यसम्पादन नियमावली र केही सामाजिक निकट प्रमाणीकरण सम्बन्धित नियमावली २०७४ लाई स्विकृत गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता […]

प्रदेश ७ मा सात सदस्यीय मन्त्रिमण्डल गठन

कैलाली । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका हुन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह […]

सातै प्रदेशले पाए मुख्यमन्त्रीः चार प्रदेशमा सरकार बन्यो, तीनमा बाँकी

काठमाडौं । बिहीबार सम्म देशका सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । बिहीबार प्रदेश ६ र ७ मा मुख्यमन्त्रीहरु नियुक्त भएका छन् । बिहीबार नै प्रदेश १, २ र ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ । विहीबार प्रदेश ६ बिहीबार नै माअोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही […]

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट

धनगढी । माअोवादी नेता त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग […]

विभन्न स्थानका एनसेलका टावरहरूमा अागजनी

काठमाडौँ । देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले अागजनी गरेको छ । डढेलधुराको आलिताल गाउँपालिका–२ काफलीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले सोमबार राति करिव ९ बजे आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । टावरमा कार्मचारी नभएको […]