कान्दाका चेपाङका छोराछोरीका लागि पुस्तकालय

चितवन, कार्तिक ६ । चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउँमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपाङहरुको बसोबास रहेको सो क्षेत्रका विद्यार्थीका लागि लक्षित गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो । नेपाल जर्नीको ३  लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राविधिक सहयोगमा स्थापित लाईब्रेरीको […]

धनकुटामा विमानस्थल बनाउन स्थानीयको माग

काठमाडौँ, कार्तिक ५ । धनकुटाका स्थानीय बासिन्दाले धनकुटामा विमानस्थल निर्माण गर्न माग गरेका छन् । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट गरी यस्तो माग गरेको हो । भेटमा उनीहरूको जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । भेटमा प्रधानमन्त्रीले धनकुटामा […]

नुवाकोटको बिकाशमा युवाको साथ आबश्यकः सांसद केसी

नुवाकोट, कार्तिक ५ । नेपाली काँग्रेसका सांसद जगदिश्वर नरसिंह केसीले देश विकाशमा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताएका छन् । नुवाकोटको ग्रामिण भेग मदानपुर गाबिस वडा नं ५ देउरालिमा आयोजित नेपाल जित कुण्डी मार्सल आर्ट संघले आयोजना गरेको डेमोस्टे«सन एवं सास्कृतिक कार्यक्रमलाई सम्बोदन गदै नेता केसीले यस्तो बताएका हुन् । समाज विकाश गरी देशको अर्थतन्त्र मजबुत […]

भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो

चितवन, कार्तिक ५ । जिल्लाको दारेचोक–४ मुग्लिनमा भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नंको भारतीय ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्री ज्यान गएको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षको देखिने पुरुषको सनाखत हुन सकेको छैन् । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

डुंगा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलार्इ जनही १० हजार रूपैयाँ

इलाम, ४ कात्तिक । दानाबारी र महमाईबीचको माईखोलास्थित चण्डालघाटमा भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलार्इ तत्कालका लागि जनही १० हजार रूपैयाँ राहत प्रदान गरिने भएको छ । जिल्ला विकास समिति इलामले उनीहरूलार्इ तत्कालका लागि उक्त राहत रकम उपलब्ध गराउने निर्ण गरेको हो । जिविसमा बसेको सर्वदलीय बैठकले प्रतिमृतक १० हजार रूपैयाँका दरले राहत उपलब्ध गराउने […]

काठमाडौं आउँदै गरेको बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो

सिरहा, कार्तिक ४ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । काँकरभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयामा एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी […]

मोटरसाइकल चढ्ने सपना पुरा गर्न वृद्धले खने दुर्इ किमी सडक

दाङ, कार्तिक ४ । यहाँका एक ७२ वर्षीय वृद्धले मोटरसाइकल चढ्ने सपना पूरा गर्न २ किमि सडक निर्माण गरेका छन् । वृद्धले एक्लै रातदिन कुटो कोटालो गरेर राजमार्गदेखि घरसम्मको २ किमि बाटो निर्माण गरेका हुन् ।  दाङ तुलसीपुरका ७२ वर्षीयढ चन्द्रवीर वलीले यस्तो उदाहरणीय कार्य गरेका हुन् । एक वर्ष लगाएर उनले राप्ती राजमार्गको साततलेदेखि […]

सबै दलको सहकार्यमा संविधान कार्यान्वयनः काँग्रेस नेता श्रेष्ठ

चितवन, कार्तिक ३ । नेपाली कँग्रेसका नेता गोपालमान श्रेष्ठले प्रतिपक्षी दल संग सहकार्य गरेर संविधान कार्यान्वयन गर्नु आवश्यक रहेको वताएका छन् । अवको १६ महिना भित्रमा स्थानिय निकाय, प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने वाध्यात्मक स्थिती रहेकाले पनि प्रतिपक्षी दलहरु संग सम्वाद गरी सहमति खोज्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । नेपाल महिला […]

कृषि विश्वविद्यालयको वेथिती अन्त्य गर्न क्रान्तिकारी

चितवन, कार्तिक ३ । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी)ले कृषि विश्वविद्यालयमा देखीएको वेथिति तत्काल रोक्न माग गरेको छ । बुधबार विश्वविद्यालयका उपकुलपति आइपी ढकाललाई ११ बुँदे माग सहितको ज्ञापनपत्र पेश गर्दै क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल वहादुर तामाङले कृषि तथा बन विज्ञान विश्वविधालय शैक्षिक माफियाको योजनामा अघि वढेको आरोप लगाए । उनले विभिन्न निजि कलेजहरुलाई दिन […]

एक सय ५९ थान चाँदीका सिक्का बरामद

वीरगन्ज, कार्तिक ३ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले बुधबार ठूलो परिमाणमा चाँदीका सिक्का बरामद गरेको छ । भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था प्रहरीले एक सय ५९ थान चाँदीका सिक्का बरामद गरेको हो । बरामद चाँदीका सिक्का मध्ये ९१ थान सिक्कामा लक्ष्मी र गणेशको चिह्न अङ्कित रहेका छन् भने ६८ थान सिक्का […]