चितवनको कालिकामा सगुन महोत्सव हुने

खोलेसिमल, चितवन । चितवनको कालिका नगरपालिकामा प्रथम सगुन महोत्सव हुने भएको छ । कालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको खेल मैदानमा हुने महोत्सव यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुनेछ । “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका […]

तिर्थ गर्न हिडेका महतो बाटो मै हराए

नवलपुर । देवचुलि नगरपालीका २ दुम्कौलीबाट यहि असोज १७ गते तिर्थका लागि भनेर भारतको गया कासि हिडेका देवचुलि २का विनोद महतो बाटो बाटै बेपत्ता भएको परिवारले जनाएको छ । गाउँमा रहेका करिव ५० जनाको समुह मिली तिर्थ गर्न हिडेका महतो भारतको गया भन्ने स्थानबाट बेपत्ता भएको जनाइएको छ। तिर्थ हिडेका अरु तिर्थालुहरु खाना खान गयामा […]

मोबाइल फेस्टिभल अफरको सातौं दिनमा करिब ७०० जना सहभागीता

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको सातौं दिनमा १० जनाले लक्की ड्र मार्फत सुनको सिक्का जितेका छन् । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल किन्दा […]

रत्ननगर र कालिकामा नवदुर्गा पुजा आरम्भ, कार्यक्रममा वृद्धवृद्धालाई सम्मान

खोलेसिमल, चितवन,। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा बुधवारबाट विजयादशमीको अवसरमा नवदुर्गा पुजा आरम्भ गरिएको छ । श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रम समितिका संयोजक चन्द्र प्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल, कार्यक्रम सह–संयोजक रामकृष्ण पन्त, गोकुल पन्त लगायतले मन्तव्य व्यक्त गरेका […]

यूनिक सहकारीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित

चितवन । रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बजारमा मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर […]

मर्मत सम्भार नहुदा हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प

नवलपुर । मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प भएको छ । २०६८ साल एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना अहिले विद्युत उत्पादन नहुँदा स्थानीयबासीका लागि समस्या भएको छ। हावाबाट […]

विजया दशमीको पूर्वसन्ध्यामा बागेश्वरी आध्यात्मिक परिसर र गहु संरक्षण केन्द्रमा सरसफाई

चितवन । विजया दशमीको पूर्वसन्ध्यामा बागेश्वरी आध्यात्मिक परिसर र गहु संरक्षण केन्द्रको प्राङ्गणमा बुधबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।  बुधवार घटस्थापनाको अवसरमा व्यापक रुपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आंपटारीको सहयोगमा सशस्त्र प्रहरी र समितिका सदस्य मिलेर सरसफाई गरेको हो । यो कार्यक्रम आगामी लक्ष्मी पूजाको दिनलाई मध्यनजर गर्दै बिहिबारबाट प्रारम्भ भएको गहु […]

अमिलो बेच्ने बहानामा बेहोस बनाई लुटपाट गर्ने दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चितवनको विभिन्न स्थानबाट मानिसलाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर माडीमा रातको समयमा बास मागी अँपको जुस खुवाएर घरको परिवारलाई बेहोस बनाइ लुटपाट गर्ने दुई जना लुटेरालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं.२ घर भई […]

जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिद्वारा संयुत्त अनुगमन

चितवन । पुतली बजारका अधिकांश कस्मेटिक पसलले डुब्लिकेट कस्मेटिक सामान बिक्री गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिले गरेको संयुत्त अनुगमनका क्रममा नारायणगढको बजार क्षेत्रमा रहेका अधिकाम्स होलसेलर पसलहरुले अधिकाम्स सामान डुब्लिकेट बिक्री गर्ने गरेको भेटिएको हो । कम्पनीकै आधिकारीक मानिसहरुको सहभागितामा गरिएको अनुगमनमा युनिलिभरको नाममा डुब्लिकेट सामान बिक्री गरेका […]

तेक्वादो खेल सामाग्री हस्तान्तरण

चितवन । चितवन जिल्ला भित्र रहेका ३५ वटा तेक्वान्दो डोजाङलाई मंगलवार खेल सामाग्री हस्तान्तरण गरिएको छ । विजया दशमीको अबसर पारेर नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनले खेल सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर स्तरीय खेलकुद विकास समितिका संयोजक केशव आचार्य र नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष पुष्प जोशीले डोजाङ […]