दुर्घटनामा दुर्इ जनाको ज्यान गयो

चितवन, असोज २१ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ । राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको ज्यान गएको हो । मोटरसाइकल चालक चितवन […]

अझै दश लाख बालबालिका विद्यालय बाहिर

काठमाडौंँ, असोज २० । अझै पनि १० लाख बालबालिकाहरु विद्यालय बाहिर रहेको एक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ५–१२ वर्ष उमेर समूहका १४.३ प्रतिशत बालबालिका विद्यालय गइरहेका छैनन् । जुन यो उमेर समूहमा कूल जनसंख्याको ७ लाख ७० हजार रहेको भन्दै प्रतिवेदनमा विद्यालय नजाने ३५.२ प्रतिशत बालबालिका मध्य तराईका जिल्लाहरुमा बसोबास गर्ने […]

बालाजु लायन्स क्लबको अभियान ‘सय दिनमा सय सामाजिक काम’

काठमाडौँ, असोज २० । नेपालीहरुको महान चाड बिजया दशमी(बडा दशैं), दिपावली (तिहार),  नेवारहरूको नववर्ष नेपाल सम्वत ११३७, छटलागयतका विभिन्न राष्ट्रीय पर्वहरुको उपलक्ष्यमा लायन्स क्लब अफ बालाजुले काठमाडौँको पर्यटनको केन्द्र ठमेलमा अवस्थित त्रिदेवीमन्दिर प्रांगणमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर लायन बालक्रिष्ण बुर्लाकोटीको प्रमुख […]

उत्कृष्ठ १८ प्रहरी कर्मचारी सम्मानित

चितवन, असोज २० । जिल्ला प्रहरी कार्यालय चितवनले ६१ औं प्रहरी दिवसको अवसरमा १८ प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । कार्यालयमा विहिबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत हुनुहुनेहरुमा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, प्रहरी निरीक्षकद्वय रवीनबाबु रेग्मी र नीरञ्जन भट्टराई, नायब निरीक्षक देवराज शर्मा, एकबहादुर […]

झापामा मेडिकल कलेज बनाउन माग गर्दै अनशनमा बस्ने मैनालीको अवस्थ गम्भिर

झापा, असोज २० । झापाको विर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको अनुमति दिनु पर्ने मागसहित ८ दिनदेखि आमरण अनसनमा रहेका चैतन्यप्रकाश मैनालीको स्वास्थ्य गम्भीर बनेको छ । उनलार्इ बिहीबार विहान आइसीयूमा सारिएको छ । बिहीबार विहान १० बजे उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसीयूमा सारिएको हो । बुधबार साँझदेखि मैनाली बोल्नसमेत नसक्ने भएको उनको उपचारमा […]

एक वर्षामा धनुषाका २२ हजार युवा वैदेशिक रोजगारिमा गए

धनुषा, असोज २० । आर्थिक वर्ष २०७२/७३ मा धनुषाबाट मात्र २२ हजार भन्दा बढी युवाहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको संस्था सामी हेल्भेटास र जनचेतना अभियान नेपालले गरेको एक अध्ययन अनुसार आर्थिक वर्ष २०७२/७३ मा २२ हजार २ सय ५९ जना श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा […]

जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने

जनकपुरधाम, असोज २० । आगामी कार्तिक २ गते जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने भएको छ । तराई मधेसका युवा खेलाडीहरुलाई खेलको माध्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गराउने उदेश्यले लागि मधेस प्रिमियर लिग हुन लागेको हो । क्रिकेट एशोसिएसन नेपाल (क्यान) ले तराई मधेसका दिग्गज खेलाडीहरुलाई समेत कुनै बहानामा विभेद गरी ठाउंसम्म पुग्न […]

कालिगण्डकी करिडोरको निर्माणले लियो तिब्रता

पर्वत, असोज २० । बहुप्रतिक्षित कालिगण्डकी करिडोर निर्माणले तिब्रता लिएको छ । एक दशक देखि चर्चामा मात्र सिमित रहेको कालिगण्डगी करिडोरको निर्माण तथा ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । चीन र भारतलार्इ जोड्ने योजनासहित सुरू भएको राष्ट्रिय महत्वको योजना अन्तर्गत पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । यो सडक खण्ड […]

झापालार्इ चीन जोड्ने सडक छिट्टै बनाउन पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असोज २० । पूर्व झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गर्ने बताएका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले […]

संविधान त्रुटीपूर्ण छः शान्त्रिमन्त्री यादव

जनकपुरधाम, असोज २० । शान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवले घोषित संविधान त्रुटीपूर्ण रहेको भङन्दै त्यसलार्इ संशोधन गर्नु पर्ने बताएकी छन् । जनकपुरधाममा सम्पन्न एक कार्यक्रममा बोल्दै मन्त्री यादवले भनिन– ‘घोषित संविधान त्रुटीपुर्ण छ, संविधानप्रति असन्तुष्टि जनाउंदै आन्दोलनरत्त मधेशी, आदिवासी, जनजाति, मुस्लिम, महिला लगायतको अधिकार सहमतिकै आधारमा सम्वोधन गरिनुपर्छ ।’ उनले सरकार मोर्चासंगको सहमति […]