शनिबार चितवनका विभिन्न स्थानमा दिनभर विद्युत आपूर्ती बन्द हुने

चितवन, पुस ७ । शनिबार चितवनका विभिन्न स्थानसहित गैँडाकोटमासमेत विद्युत आपूर्ती अवरोध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत आपुर्ती बन्द हुने सम्वन्धी सुचना बिहीबार जारी गरेको छ । भरतपुर वितरण केन्द्र अन्तरगत विद्युत सप्लाई हुने १३२ र ११ के.भि. २२.५ एम.भि.ए. टान्फरमर मर्मत गर्नुपर्ने भएकाले हस्पिटल, नारायणगढ, भरतपुर, भृकुटीचोक, गैँडाकोट, […]

भूकम्प गएको २० महिनापछि लगत संकलन

पर्वत, पुस ७ । भूकम्प गएको २० महिना पछि बल्ल पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो जिल्ला विकास समिति पर्वतले जनाएको छ । भूकम्पको लगत्तै प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक […]

दुर्घटनामा तीनको ज्यान गयो

दाङ, पुस ७ । जिल्लामा भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नंको बस आज दुर्घटना हुँदा थप १७ जना घाइते भएका छन् । दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक […]

स्थानीय खोलमा पुल बन्दै

चितवन, पुस ७ । चितवनका बिभिन्न स्थानिय खोलाहरुमा पुल बनाउने कार्य भईरहेको छ । स्थानिय स्तरका सडक पुल तथा सामुदायीक पहुच सुधार कार्यक्रम अन्र्तगत जिल्ला बिकास समिती चितवनले चितवनका बिभिन्न ठाउमा पुल निर्माण कार्य गरिरहेको छ । जिल्ला बिकास समिती अन्र्तगत कालिका नगरपालिकाको शक्तिखोरको खोलामा निर्माणधीन रहेको शक्तिखोरको शक्तिखोला पुल यो बर्षको अन्त्य सम्ममा निर्माण […]

अाज देखि नारायणगढ-मुग्लिन सडक खण्ड चार घण्टा बन्द हुने

चितवन, पुस ७ । तरार्इलार्इ राजधानीसँग जोड्ने मुख्य सडक मुग्लिन नारायणगढ सडक खण्ड अाज देखि दैनिक चार घण्टा बन्द हुने भएको छ । चाैविसै घण्टा व्यस्त हुने यो सडकखण्ड निर्माणका लागि दैनिक चार घण्टा बन्द गर्न लागिएको अायोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । सडक निर्माणका लागि असहज हुने भएकाले दैनिक ११ बजेदेखि ३ बजेसम्म […]

बसको ठक्करबाट दुर्लभ पाटेबाघको मृत्यु

बर्दिया, पुस ७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा यात्रु बसको ठक्करबाट दुर्लभ पाटेबाघको मृत्यु भएको छ । कर्णाली-अम्रेनी सडकखण्डमा ना ४ ख २८८७ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा बयस्क भाले पाटे बाघको मृत्यु बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाले जानकारी दिए । निकुञ्जले बस र चालकलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । […]

रुद्रपुर गाविसलाई बन्द मुक्त गाविस घोषणा

रुपन्देही, पुस ७ । जिल्लाको रुद्रपुर गाविसलाई बन्द मुक्त गाविस घोषणा गरिएको छ । स्थानीय युवाहरुको सक्रियतामा गाविसलाई बन्द मुक्त घोषणा गरिएको छ । यहाँ क्रियाशील विभिन्न क्लब तथा सामाजिक संघसंस्था तथा व्यवसायमा आवद्ध युवाहरुले गाविसलाई बन्द मुक्त घोषणा गरेका हुन् । युवाहरुले युवा एकता रुद्रपुर नामको संस्था खोजी गाविसलाई बन्द मुक्त घोषणा गरेका हुन् […]

गहुँबालीको सुपर जोनको उद्घाटन

कैलाली, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७ नं प्रदेश, कैलाली जिल्लामा कार्यान्वयन हुन लागेको गहुँ बालीको ‘सुपर जोन‘(मुख्य क्षेत्र)कार्यक्रमको उद्घाटन गरेका छन् । परियोजनाअन्तर्गत छनोटमा परेका जिल्लाको मध्यक्षेत्रका पहलमानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रको एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । कृषक […]

शहीद घोषणा गर्ने अाश्वासन पछि तिवारीको शव उठ्यो

रूपन्देही, पुस ६ । अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको  साझ शव यात्रा निकालीएको छ । मृतकलार्इ शहीद घोषणा गर्न सिफारिस भएसँगै उनको शव परिवारले उठाएको हो । हत्यामा संलग्न पक्राउ नपरुञ्जेल शब नबुझ्ने अडानमा रहेका आफन्त र युवा संघका कार्यकर्ताहरुले तिवारीलाई सहिद घोषणाको सिफारिस गर्ने स्थानीय प्रशाशनको आश्वासन […]

मानव अधिकार आयोगको टोली मटेहिया घटनाको स्थलगत अनुगमनमा

बाँके, पुस ६ । मोहम्मद डे को र्याली प्रदर्शन गरी रहेको समयमा बाँकेको मटेहियामा गत मंसिर २७ गते मानवीय क्षतिहुने गरी भएको झडपको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको निमित्त प्रमुख रमेश थापाको नेतृत्वमा मानव अधिकारकर्मीहरुको टोलीले बुधबार स्थलगत अनुगजमन गरेको छ ।   तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स)का पश्चिम उप क्षेत्रीय प्रमुख आलम खानका […]