तीज गीतमा झुम्दै सिड्नीबासी

सिड्नी , साउन २६ । अष्ट्रेलियाको सिड्नीमा शुक्रबार तीज रमझम साँझ २०१७ को आयोजना हुँदैछ । ग्लोबल कन्सल्ट, डिलाइटेड टुर्स एण्ड ट्राभल, रेष्ट ग्रुप र एन के रेमिटको संयुक्त आयोजनामा सिड्नी स्थित रेष्ट बरुकमा हुने साँगितिक कार्यक्रममा चर्चित गायक खुमन अधिकारी, गायिकाहरु रमिला न्यौपाने , देवी घर्तीमगर र नायिका बर्षा राउत लगायत स्थानिय नेपाली कलाकारहरुले […]

न्यूजिल्याण्डको अकल्याण्डमा गुञ्जियो नेपथ्य

न्यूजिल्याण्ड । नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा नेपाली लोक रक कन्सर्ट सम्पन्न गरेको छ । प्रशान्तमहासागरको सामुद्रिक टापुमा बसोबास गर्दै आएका नेपालीहरु शुक्रबार नेपथ्यसँगै नेपाली संगीतमा झुमे । न्यूजिल्याण्डको अकल्याण्डस्थित ‘स्काइ सिटी थिएटर’मा नेपथ्यले अाँफूलार्इ प्रस्तुत गरिरहँदा उपस्थित नेपाली दर्शक उत्साही भएका थिए । अकल्याण्डको यो प्रस्तुतिसँगै नेपथ्यले यस वर्ष सुरु गरेको पृथ्वीकै दक्षिणी गोलाद्र्धको सांगीतिक […]

कामदारको मृत्यु प्रकरणमा छानविन गर्न चिकित्सकको टोली मलेसिया जाँदै

काठमाडौँ । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको हो । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको […]

गुटगत प्रतिस्पर्धाले डायस्पोरा विभाजन हुने डा. केशव पौडेलको उद्घोष

न्यूजर्सी । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका लागि २०१७–२०१९ सम्मको कार्यकालका लागि प्रष्टरुपमा नेपालकै राजनीतिक दलजस्तो टिम बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा डायस्पोरा विभाजन हुने प्रतिक्रिया दिन्छन् वर्तमान अध्यक्ष डा. केशव पौडेल । नेपालमा प्रलयकारी भूकम्प गएकै दिन अध्यक्ष निर्वाचित भएका डा. पौडेल भूकम्पपछि लगभग पूर्णकालीनरुपमा नेपालमा उद्धार र राहत वितरणमा खटिए । भूकम्पकै कारण लामो […]

कतार संकटः नेपाली मजदुरमाथि कुनै असर नपर्ने कतारको स्पष्टोक्ति

काठमाडौँ । कतारमा काम गरिरहेका नेपाली कामदारहरु कुनै पनि समस्यामा नरहेको कतारले जनाएको छ । पछिल्लो समय कतारमा कुटनीतिक संकट उत्पन्न हुँदा त्यहाँ कार्यरत साढे चार लाख नेपाली मजदुरको बारेमा चिन्ता बढ्दै जाँदा कतारले यस्तो बताएको हो । नेपालका लागि कतारका राजदुत युसुफ विन मोहम्मद अल हेलले मंगलबार श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरसँगको शिष्टाचार भेटमा […]

कतारमा कार्यरत नेपालीलार्इ समस्या छैन्

काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको उनले बताए । ‘त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन’, […]

कोरियामा एक सातामा दुर्इ नेपालीको मृत्यु, दुर्इले गरे अात्महत्या

काठमाडौँ । कोरियामा पछिल्लो हप्ता औधोगिक दुर्घटनामा परी घाइते हुने र ज्यान गुमाउनेको संख्या बढ्न लागेको छ । झन्डै एक साताको अवधिमा दुई जनाको दुर्घटनामा र दुई जनाले झुन्डिएर आत्महत्या गरेका छन् । बिहीबार बिहान दुई बजे उल्सानको देउ कम्पनिमा कार्यरत लाल बहादुर थापाको उपचारका क्रममा निधन भएको छ । केही दिन मात्र पर्वतका राजकुमार […]

अाइएलअोको अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा उठ्यो इपीएस खारेजीको माग

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्र संघको मुख्यालयमा जारी आर्इएलओको १०६औं अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा कोरियाली मजदुरहरूले ईपीएस खारेजको माग जोडदार रुपमा प्रस्तुत गरेका छन् । कोरियामा क्रियाशिल प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले र्इपीएस खारेजीको माग प्रस्तुत गरेका हुन् । यसै जुन ४ देखि सुरू भएको सम्मेलन जुन १६ सम्म चल्ने छ। आर्इएलओको बैठकमा अध्यक्ष […]

अमेरिकामा तुलसी दिवसको सम्मान तथा कवि शिखर दुलालको पुस्तक लोकार्पण

नर्थ क्यारोलाइना, अमेरिका । नर्थक्यारोलाइना साहित्य समाजको आयोजना र स्थानीय संस्थाहरू नर्थक्यारोलाइना नेपाली समाज र नेपारिदम सास्कृतिक परिवारको सहआयोजनामा एक बिशेष साहित्यिक कार्यक्रमको आयोजना गरी हाल अमेरिका भ्रमणमा रहनुभएका नेपालका अन्तरराष्ट्रिय ख्यातिप्राप्त कवि तथा संस्कृतिविद प्राध्यापक तुलसी दिवसको सम्मान तथा स्थानीय कवि शिखर दुलाल “लेखु” को तेस्रो कविता कृति “यात्रा अविरल” को लोकार्पण गरियो । […]

दुबर्इमा नेपाली महिलाः व्यूटीपार्लर हिडेका पुगे सौचालयमा

काठमाडौँ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ। घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि स–साना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।रोजगारको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको […]