हाम्रो नेता हामीले नै चुन्न पाउनुपर्छ

‘म मेरै प्रजातिका सय मुसा भन्दा एउटा स्वस्थ्य सिंहलाई मान्न तयार छु जो म भन्दा पनि बलवान छ’ –भोल्टायर संविधानको पहिलो मस्यौदामाथि जनताले सुझाब दिएका छन् । संविधानको पहिलो मस्यौदामा उल्लेख भएको शासकीय स्वरुपको विषयमा यतिवेला चर्चा परिचर्चा चलिरहेको छ । संविधानको पहिलो मस्यौदाको भाग ६ मा राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा उल्लेख । धारा ६६ […]

चन्द्रमामा पुग्ने लक्ष्य बयलगाडा चढेर पुरा हँदैन

१.    अहिले मुलुक इतिहासकै विशिष्ठ मोडमा आइपुगेको छ । आफ्नो संविधान आफैं लेख्ने दशकौंदेखि थाति रहेको नेपाली जनताको आकांक्षा पूरा हुने संघारमा हामी उभिएका छौं । संविधानसभाले तयार पारेको मस्यौदाउपर जनताले आफ्नो सुझाव राख्ने क्रममा समयको सीमितताका बावजुद अपार उत्साह र अविचल विवेकको प्रदर्शन गरेका छन् । यो प्रक्रियामा अभिव्यक्त नेपाली जनताको लोकतान्त्रिक पद्धति र […]

संविधानको पहिलो मस्यौदा भावबिनाको शब्द भकारी

संविधानको पहिलो मस्यौदाको भाषाशैली झुर भएको आलोचना सबैतिरबाट भएको छ । प्रस्तावनामै भाषा शैलीको निखारता खट्किएको छ । जस्तो, सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै, भनिसकेपछि फेरि विभेदका प्रकार उल्लेख गरिएको छ । सबै भनेपछि प्रकार जोड्न आवश्यक नै रहेन । प्रस्तावनामा उल्लेखित यो भाषा नियाल्नुहोस् ः ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक र सबै […]

मेरी हजुरआमाको पेन्सन र मलाई छुन नसकेको बजेट

नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले २९ गते संसदमा बजेट प्रस्तुत गरे । बजेट भनेको राष्ट्रको आर्थिक मेरुदण्ड हो । यसले आम नेपालीको भावनालाई समेट्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो । तर पनि मलाई लाग्छ यो बजेट भाषणले मलाई भने छुन सकेन । म आम युवा नेपाली हुँ । म यही देशमा केही गर्न पाउनुपर्छ […]

बुढाहरुले बुझ्न नसकेको र युवाहरुले गर्न नसकेको

युवा र वृद्धको बहस नयाँ हैन | तर यो पंक्तिकारले भन्न खोजेको वृद्ध र युवा, वैचारिक दृष्टिकोण हो, उमेरको वर्गीकरण हैन | हुनत भौतिक परिवेशले विचारको निर्धारण गर्छ | आम मान्यताअनुसार, उमेर कम हुनु, शरीर तन्दूरूस्त हुनु हो भने उमेर बढी हुनु शारीरिक अशक्तता बढ्दै जानु पनि हो | जुन कुराले विचारमा अदृश्य असर पारिरहेको […]

के हो हलकारो ?

नेपाली भाषामा सुनिन छाडेको यो शब्द ‘हलकारो’ आँफैमा महत्त्व बोकेको शब्द हो । कुनै जमना यस्ता थिए, एक ठाँउको खबर अर्को ठाँउमा पुग्न महिनौँ र वषौँ लाग्थ्यो । यसरी महिनौँ र वर्षौँ लगाएर एक ठाँउको खबर अर्को ठाँउमा पुराउने काम गर्थे हलकारोहरुले । तिनै हलकारोहरु हुन हामीले हुलाकी भनेर चिन्ने । एक जना हलकारोको महत्त्व […]