फिल्म शैलीमा चिट चोरीः एमबीबीएस प्रवेश परीक्षामा चिट चोदै गर्दा पक्राउ

काठमाडौं । राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस प्रवेश परीक्षा गज्जबको भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय […]

बालकुमारी विद्यालयलाई कम्प्यूटर

चितवन । लायन्स क्लबले नारायणगढमा रहेको बालकुमारी कन्या माध्यमिक विद्यालयलाई कम्प्युटर साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको हो । त्यसैगरि विद्यालयमा अध्ययन गर्ने १० जना विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत […]

शैक्षिक गुणस्तर वृद्धि गर्दै आदिकवि भानुभक्त मावि

चितवन । शैक्षिक गुणस्तर बृद्धिमा विद्यालय व्यवस्थापन समिति सक्रिय भएपछि आदिकवि भानुभक्त माविको मुहार फेरिएको छ । विद्यालय व्यवस्थापन समितिको नयां कार्यसमितिले आदिकवि भानुभक्त माविको भौतिक एवं शैक्षिक प्रगति गरेको छ । नयां कार्यसमिति आएको ९ महिनामा विद्यालयको स्थिति कायापलट भएको छ । विद्यालयको भौतिक विकासका लागि अभिभावकसंग सय रुपैंया समेत संकलन गर्न नसकेको विद्यालयमा […]

नेपाली विद्यार्थी विदेश पठाउने मात्र होइन विदेशबाट पनि नेपाल ल्याउनुपर्छ

चितवन । नेपालमा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरुले विदेशबाट समेत नेपालमा अध्ययनको लागि विद्यार्थी ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालबाट वैदेशिक अध्ययनको लागि विद्यार्थी पठाउँदा मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा दीर्घकालिन असर पर्ने भएकाले उनीहरुलाई नेपालमा फर्किने वातावरण समेत तयार गर्नुपर्ने प्याब्सन चितवनका सचिव मोहन लामाले बताउनुभयो । नेपालबाट लाखौँ रुपैयाँ खर्च गरेर वैदेशिक अध्ययनमा […]

गैँडाकोट इंलिस स्कुललार्इ अन्तर्राष्ट्रिय स्कुल अवार्ड

नवलपरासी । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुललार्इ अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्रदान गरिएको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्येबाट उत्कृष्ट बन्न सफल भएको हो । परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा […]

चितवनमा अष्ट्रेलियन एजुकेशन फेयर

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले शनिबार अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गरेको छ । वैदेशिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि आयोजना गरिएको सो अष्ट्रेलियन एजुकेशन फेयर’ विद्यार्थीहरुको भीड रहेको थियो । विद्यार्थीहरुले अष्ट्रेलियन युनिर्भसिटि र कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा भेट्न र बुझ्न पाउँदा खुशी भएको बताएका छन । फेयरमा अष्ट्रेलियाको चाल्र्स स्टट […]

एक्सपर्टको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ तयारी पुरा

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा भोली (शनिबार) ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुँदैछ । शनिबार भरतपुरस्थित होटेल रोयल सेन्चुरीमा हुने फेयरको सम्पूर्ण तयारी पुरा भईसकेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवन प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनु भयो । फेयरमा अष्ट्रेलियाको चाल्र्स स्टट युनिर्र्भिसटि, टोरेन्स युनिर्र्भिसटि, युटिएस इनसर्च, टेफ एनएसडब्लु, इसिए, कपलान बिजनेस […]

गैँडाकोट स्कुललाई पुस्तक प्रदान

नवलपरासी । गैडाकोट ईंग्लीस स्कुललाई भारतीय स्वतन्त्रता दिवसका अवसर २ सय थान पुस्तक प्रदान भएको हो । भारतीय स्वतन्त्रता दिवसको अवसरमा नवलपरासीको एक बिद्यालयलाई नेपाल स्थित राजदुतावासले पुस्तक प्रदान गरेको छ । भारतीय राजदूतावास कपुरधारा काठमाडौंमा आयोजीत कार्यक्रममा राजदुत मन्जिव सिंह पुरीले विद्यालयका प्राचार्य हिरालाल अर्याललाई सो पुस्तक हस्तान्तरण गर्नुभएको हो । शिक्षाप्रणालीमा फरक धार […]

ग्लोवल रिचको छात्रवृत्ती १६ जनालाई

चितवन । ग्लोबल रिच प्रालिले चितवनका सामुदायिक विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यहाँका विभिन्न सामुदायिक विद्यालयमा पढ्ने १६ जना छात्रछात्रालाई ग्लोबल रिचले मंगलबार छात्रवृत्ति प्रदान गरेको हो । भरतपुरमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम तथा अष्ट्रेलियन युनिभर्सिटी फेयर कार्यक्रम मार्फत ग्लोबल रिचले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी […]

सरकारले भेटाएन नमुना बनाउने सामुदायिक विद्यालय

काठमाडौं । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४–७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका छन् । सरकारले सात वर्षमा एक हजार नमुना विद्यालय बनाउने […]