सत्यनिरुपण आयोगको दुई वर्ष उजुरी लिँदैमा वित्यो, थपिने एक वर्षमा तयार होला त प्रतिवेदन

काठमाडाैँ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाहरुलाई छानविन गर्न भन्दै गठन भएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद सकिन लाग्दा यी आयोगको म्याद थपको तयारी सुरु भएको छ । आयोग गठन भएको दुई वर्ष २८ माघमा पुरा हुँदै छ । दुई वर्षे अवधि सहित गठन भएको […]

अाजको मन्त्रिपरिषद्को निर्णयः स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन अायोगलार्इ निर्देशन

काठमाडौँ । सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने भएको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । कानुनी व्यवस्थानुसार निर्वाचनको मिति तोक्ने अधिकार सरकारको हो । मिति घोषणाअघि सरकारले आयोगको परामर्श लिन सक्नेछ । नयाँ संविधानानुसार […]

नयाँ चारसहित चितवनमा २४ दल दर्ता

चितवन । निर्वाचन अायोग निर्वाचनको तयारीमा जुटिरहेको छ । जिल्ला जिल्लामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको काम सम्पन्न भएको छ । चितवन जिल्लामा चार नयाँ दलसहित २४ दलले दल दर्ता गराएका छन् । केन्द्र र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुने प्रावधान नयाँ ब प्रावधान अनुसार चितवनमा दल दर्ता भएको […]

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर । स्वतन्त्र मधेस राज्य बनाउने भन्दै संगठन विस्तारमा हिँडेका सिके राउतलार्इ प्रहरीले पक्राउ गरेको छ । जनकपुर प्रहरीले उनलार्इ जनकपुरको पुरानो बसपार्क स्थित डेराबाट पक्राउ गरेको हो । उनलार्इ पक्राउ गर्न सहयोग गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत धनुषा प्रहरीलार्इ अाग्रह गरेपछि धनुषा प्रहरीले उनलार्इ पक्राउ गरेको बताइएको छ । उनलाई सिराहा पठाउने […]

अाजको क्याविनेटले निर्वाचनको तयारी थाल्न अायोगलार्इ निर्देशन दिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको क्याबिनेट बैठकबाट स्थानीय तहको निर्वाचनको लागि तयारी गर्न आयोगलाई निर्देशन दिने बताएका छन् । क्याविनेट बैठक अघि रामेछापको खिम्तीमा बिहिबार २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन्  । ‘आजको क्याबिनेट बैठकबाट स्थानीय तहको निर्वाचनको लागि तयारी गर्न आयोगलाई आवश्यक निर्देशन दिइन्छ । सँगसँगै […]

वार्इसीएलको एकताको राष्ट्रिय सम्मेलन वैशाखमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएल नेपालले आगामी वैशाख ९, १० र ११ मा एकताको राष्ट्रिय सम्मलेन गर्ने भएको छ । गत माघ १८ गते बसेको एकता प्रक्रियामा आएका ७ वटा युवा संगठनको एकता बैठकले यस्तो निर्णय गरेको हो । ‘वडा, गाउँपालिका, नगर, उपमहानगर तथा महानगरपालिकाका बैठक, भेला, तथा सम्मेलनहरु सम्पन्न गर्दै चैत्रको […]

राजदुत नियुक्ति र निर्वाचन सम्बन्धि घोषणाका लागि बालुवाटारमा छलफल

काठमाडौँ । निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकारसँग छलफल गरेका छन् । कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिक्ता रमन श्रेष्ठलाई राजधानीको वालुवाटारस्थित सरकारी निवासमा बोलाएर प्रधानमन्त्री दाहालले निर्वाचनको मिति र संविधान संशोधन विधेयकमा राय माग्न लाग्नु भएको हो । आज अपरान्ह बस्ने मन्त्रीपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा […]

जन्मकैद भएका लार्इ मात्र अयोग्य उम्मेद्वार

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा नैतिक पतन देखिने फौजदारी कसुरमा जन्मकैदको सजाय भएका मात्र उम्मेदवार बन्न अयोग्य हुने भएका छन् । नेपालको कानुनले २० वर्षलाई जन्मकैद मानेको छ । अब १९ वर्ष ११ महिना जेलसजाय पाएका व्यक्तिले पनि निर्वाचनमा उम्मेदवारी दिन पाउने भएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयकलाई परिमार्जन गर्ने क्रममा राज्य व्यवस्था समितिले […]

ज्ञानेन्द्रको १५ महिने शासन किन भएनन् सफल

काठमाडौँ । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन असफल भएको आरोप लगाएर अपदस्थ गरी आफैंले सरकारको नेतृत्व गरेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन १५ महिनाभन्दा टिकाउन सकेनन् । राजनीतिक दल सत्ताकेन्द्रित र अलोकप्रिय भएको मौका छोपेर चालिएको शाही कदम दीर्घकालीन महत्व राख्ने र जनताको दैनिक जीवनमा परिवर्तन ल्याउनसक्ने नीति, योजना र कार्यक्रम ल्याउन […]

स्थानीय तहको निर्वाचन भए के हुन्छ ?

काठमाडौँ । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवका अनुसार वैशाखभित्रै निर्वाचन गर्ने गरी तयारीमा बस्न निर्वाचन आयोगलाई लिखित आग्रह गरिँदै छ । ‘आयोगले निर्वाचनका लागि केही आधारको खोजी गरेको छ । त्यसो हुँदा प्रधानमन्त्रीले आयोगलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी आफ्नो आन्तरिक तयारी थाल्नुहोस् भन्ने ढंगले […]