प्रकाशको निधनमा एक घण्टा चुनावी कार्यक्रम स्थगित

काठमाडौँ । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिवालय सदस्य विष्णु रिमालले आज विज्ञप्ति जारी गरी दाहालको निधनप्रति दुःख व्यक्त गदै देशभरि नै आज एक घण्टा चुनावी कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो । दाहालप्रति […]

लोकतन्त्र सिध्याउन कम्युनिष्ट गठबन्धन ः प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्ने उद्देश्यले कम्युनिष्ट गठबन्धन भएको बताउनुभएको छ । सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको लटिनाथमा शुक्रबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको गठबन्धन लोकतन्त्रमाथिको खतरा भएको बताउनुभयो । नेपाली […]

काँग्रेस नेता रामचन्द्र पौडेललार्इ लक्षित गरी कुकर बम प्रहार

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए बम प्रहारबाट गाडीको सिसा […]

मन्त्री पाण्डेले प्रचण्डलाई चुनौती : ‘जनतासँग घुलमिल भएर देखाउनुस’

भरतपुर । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले विकासको नमूना क्षेत्रका रुपमा विश्वले हेर्न लायक क्षेत्रका रुपमा आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । भरतपुर–२७ तेलौली बजारमा आयोजित कोणसभामा बोल्दै पाण्डेले निर्वाचन क्षेत्रलाई उच्च प्राथामिकतामा पारेर विकासका योजना कार्यान्वयनमा ल्याइने बताए । “विपक्षि उम्मेद्वारले मलाई ठेकेदार हुन्, एक दुई पैसा कमाएका छन्, विचरा […]

खेतमा काम छोडेर किसान, कोण सभामा सहभागी

भरतपुर । आगामी प्रतिनिधि र प्रदेश सभाको चुनाब आउन जम्मा १९ दिन मात्र बाकि छ । यसबीचमा चितवनमा चुनाबको माहोल जारि छ । उता मङ्सिरको बेला पनि हो । असारमा मानो रोपेका किसान मङ्सिरमा मुरी भित्र्याउन खेलमा ब्यस्त छन् । यस बीचमा आज भरतपुर २७ मेघौली , अन्द्रौली , पर्सा ढाप लगाएतमा प्रतिनिधि सभा चितवन […]

माओवादीले निकायको पैचो तिर्छ मैले जित्छुः काँग्रेस उम्मेदवार अधिकारी

चितवन । नेपाली काग्रेस क्षेत्र नं २ ख का उम्मेदवार प्रकाश अधिकारीकले यसपालिको निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नूृृभएको छ । यो निर्वाचनमा माओवादीले स्थानिय निकायको निर्वाचनमा लगाएको पैचो समेत तिर्ने भएकाले आफ्नो जित रहेको उहाँको दाबी छ । अधिकारीले निर्वाचनको मिति नजिकिए सँगै आफु उत्साहित भएको बताउनु भयो । केहि दिनको घरदैलो कार्यक्रममा […]

सरकार अाफ्ना लागिमात्र संवेदनशील भयोः अोली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ । आजको गोरखापत्रमा खबर छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत वरिष्ठ पत्रकारहरूसँग शुक्रबार साँझ राजधानीमा अन्तरक्रियात्मक छलफल गर्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कार्यक्रम र हाम्रा नेताहरूलाई […]

रोल्पामा माअोवादी नेतालार्इ लक्षित गरी बम प्रहार

रोल्पा । जिल्लामा एकै दिन माअोवादी केन्द्रका तीन नेतालार्इ लक्षित गरी बम प्रहार भएको छ । रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज बम प्रहार भएको थियो । दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा […]

सरकारले दूरगामी महत्वको निर्णय गर्ने अधिकार राख्दैनः ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको बताएका छन् । शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको एक अन्तक्र्रियामा उनले अहिलेको सरकार निर्वाचन गराउनका लागि मात्र रहेको भन्दै केयर टेकर सरकारले दुरगामी असर पर्ने काम गर्ने अधिकार […]

देश विकासका लागि निर्यातमुखी अर्थतन्त्रः पूर्वअर्थमन्त्री पाण्डे

चितवन । पूर्व अर्थमन्त्री एवंम् चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेद्वार सुरेन्द्र पाण्डेले देशको विकास गर्न अब निर्यातमुखी नीति लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आयात प्रतिस्थापन नभई निर्यातमुखी निती लिएर गएमात्रै देश विकास हुने उहाँको दाबी थियो । पूर्वी चितवनमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालमा धेरै कच्चापदार्थ रहेकोले त्यसको […]