नेपाली भूमि प्रयोग गरी चीन विरोधी गतिविधि हुन दिन्नौँः गृहमन्त्रि निधि

काठमाडौँ, मंसिर ७ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाली भूमि प्रयोग गरेर चीन विरोधि गतिविध हुन नदिने प्रतिवद्धतासमेत जनाएका छन् । गृहमन्त्रीसमेत रहेका निधिले गृह मन्त्रालयमा  नेपालका लागि चिनियाँ राजदूत यु होङसँगको भेटवार्तामा नेपाली भूमिमा चीन विरोधि गतिविधि गर्नेलार्इ नियन्त्रणमा लिने बताए । गृहमन्त्री निधिले नेपालको […]

सञ्चालन अनुमति नै नपाएको अस्पतालको मन्त्रले गरे उद्घाटन

काठमाडौँ । सञ्चालन अनुमति नै नलिएको नुवाकोट तारुका १ चौतारा गाउँमा निर्माण भएको गौरापार्वती सामुदायिक अस्पतालको भवन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आइतबार उद्घाटन गरेका छन् । स्विट्जरल्यान्डका नागरिक बनहार्ट बुलरले जुटाएको सहयोगबाट ६५ रुपैयाँमा निमार्ण भएको अस्पतालले आइतबारसम्म जिल्ला जनस्वास्थ कार्यालयबाट सञ्चालको अनुमति पाएको छैन् । तीन बेडको भनिएको अस्पतालले कार्यालयबाट अनुमति नलिएको स्वास्थ्य निरीक्षक […]

नयाँ शक्तिको चुनाव केन्द्रीत कार्ययोजनाः घरघरमा नयाँ शक्ति

काठमाडौँ, मंसिर ६ । नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारी समितिको बैठक सोमबार देखि सुरू भएको छ । बैठकमा ६ वटा कार्ययोजना प्रस्तुत भएका छन् । यसअघि गत कार्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकले ६ वटा कार्यदल गठन गरी कार्योजना तयार गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुसार सोमबार देखि सुरू बैठकमा विभिन्न […]

तीन दलको बैठकः हात लाग्यो सून्य

काठमाडौँ, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठकले कुनै पनि निष्कर्ष दिन सकेन् । बैठकमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) सँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि […]

संकटमा दक्षिण कोरियाली राष्ट्रपति पार्कः प्रमुख प्रतिपक्षी दुर्इ दल महाअभियोग लगाउने पक्षमा

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुएन हाइमाथि महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी पार्टीले अभियान चलाएको छ । प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारेमा पार्टीमा छलफल चलाउन थालेको छ । दक्षिण कोरियाको  पिपल्स पार्टीले यसअघि देखि नै राष्ट्रपति पार्कलार्इ अपदस्त गर्न माग गर्दै सडक संघर्ष चलार्इ रहेको छ । उसले राष्ट्रपति विरूद्ध महाअभियोग लगाउन हस्ताक्षर […]

गरिब परिचयपत्र वितरण गर्दै सरकार

काठमाडौँ, मंसिर ६ । सरकारले मङ्सिरको अन्तिम सातादेखि गरिब परिचयपत्र बाँढ्ने भएको छ । सरकारले २५ जिल्लाका गरिवीको रेखामुनि रहेका जनसंख्यालाई पहिचान गरी ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको हो । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी दिए । […]

कोमल वली राप्रपामा

काठमाडौँ । गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमवार भएको राप्रपा र राप्रपा नेपालको एकीकरण घोषणासभामा वली राप्रपामा प्रवेश गरेकी हुन् । उनलार्इ पार्टी अध्यक्ष कमल थापाले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । थापाले संबोधनको अन्त्यमा सरप्राइज ढंगले लोक गायिका तथा सञ्चारकर्मी वलीलाई पार्टीमा प्रवेश गराएका थिए। थापाले स्वागत गर्दै फूलमाला […]

हिन्दु राष्ट्र निर्माणको घोषणासँगै जोडिए राप्रपा र राप्रपा नेपाल

काठमाडौँ, मंसिर ६ । हिन्दु राष्ट्र निर्माणको घोषणा गर्दै दुर्इ पञ्चायती पृष्ठभूमिका पार्टी एक भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सोमबार हिन्दु राष्ट्र कायम गर्ने अभियानसहित एकता भएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे […]

नयाँ शक्तिको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौँ, मंसिर ६ । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसिमितिमा मातृभुमिका लागि युवा अभियानका संयोजक सुनिल खडका र पुर्व डि आई जी अशोक श्रेष्ठ थपिएका छन् । पार्टीको सोमबार देखि सुरू बैठकले उनीहरूलार्इ केन्द्रीय कार्यसमितिमा थप गर्ने निर्णय गरेको हो । सोमबाट शुरु भएको वैठकमा विशेष राजनीतिक समितिको निर्णय अनुसार अर्का केन्द्रिय कार्यकारी सदस्य सोनाम […]

सचिवहरूलार्इ प्रधानमन्त्रीको प्रश्नः जनताले यो जाडोमा पनि न्यानो बास किन पाउन सकेनन् ?

काठमाडौँ, मंसिर ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका सचिवहरूसँग असन्तुष्ट भएका छन् । उनले विभिन्न मन्त्रालयका सचिवहरूलार्इ कार्यकक्षमा बोलाएर सरकार तथा संसदका विभिन्न समितिले दिएको निर्देशन कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे । जाडो लाग्दै गर्दा भूकम्पपीडितहरू यसपटक पनि पाल र छाप्रोमा विताउनुपर्ने अवस्था कायम रहेको भन्दै शिवहरूलार्इ प्रश्न गरे, ‘भूकम्प गएको साढे […]