प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी भारत जान गएका हुन् । शनिबार देखि सुरु हुने दुईदिने उक्त सम्मेलनमा सहभागी हुनुका साथै प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा उच्च स्तरिय राजनीतिक […]

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छः नेता श्रेष्ठ

महोत्तरी, असोज २८ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले दसैँ, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।   उनले असन्तुष्ट पक्षको मागलाई […]

सीमाक्षेत्रमा उच्च सतर्कता भारत प्रवेश गर्ने माथि कडा निगरानी

वीरगन्ज, २८ असोज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका […]

रक्षामन्त्री खाँणद्वारा चिनियाँ समकक्षीसँग छलफल

काठमाडौँ, असोज २७ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी साताँै सियाङसान सम्मेलनमा भाग लिन पुगेका रक्षामन्त्री बालकृष्ण खाँडले चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् । रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गरेका हुन् । झन्डै एक घन्टा लामो छलफलमा नेपालको संविधान, चिनिया राष्ट्रपतिको […]

सिल्क रोडको निर्माणमा युक्रेनको चासो

किभ, २५ असोज । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्ने इच्छा देखाएको छ । युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई जोड्ने गरी चीनले तयार गरेको महत्वकांक्षी योजना सिल्करोड विस्तारका लागि युक्रेनले पनि सहयोग र सम्लग्नताबारेमा चासो देखाएको छ । चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न […]

बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

गाईघाट, असोज २७ । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएराति स्थानीय बासिन्दाहरू बीच झडप हुँदा तनावग्रस्त बनेको छ । उक्त झडप पछि भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको हत्या भएको प्रकरणमा माइती पक्ष र घर पक्षका मानिसहरूबीच झडप भएको हो । […]

चीनका राष्ट्रपति कम्बोडियामा

न्होमपेन्ह, असोज २७ । चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन् । परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उहाँले कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको बताइएको छ । दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो । उनले यसअघि उपराष्ट्रपतिको […]

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति निस्किए

बेइजिङ्ग, २७ असोज । भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान हिँडेका छन् । शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गर्ने छन् । शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रप्रमुखहरुः कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ […]

लाप्राकको नमुना बस्तीको प्रधानमन्त्रीद्वारा शिलान्यास

गोरखा, असोज २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास गरेका हुन् । नमुना बस्तीको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि […]

दसैंपछि संविधान संशोधन प्रस्तावः मन्त्री केसी

काठमाडौं, असोज २१ । सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले दसैंपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन प्रक्रिया अघि बढाउन दलहरुबीच छलफल भइरहेको भन्दै दसैँ पछि संशोधन प्रस्ताव दर्ता हुने बताए । उनले सबै दलहरू संशोधन प्रस्ताव दर्ता गराउन सकारात्मक रहेको उनले दाबी गरे । […]