रामपुर क्याम्पसको सबै स्वामित्व कृषि विश्वविद्यालयलार्इः शिक्षामन्त्री पौडेल

चितवन, कार्तिक १ । शिक्षा मन्त्री धनिराम पौडेल त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयबीचको विवादको टुंगो एक महिनाभित्र लागिसक्ने बताएका छन् । सोमबार प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विवाद समाधानका लागि गठित कार्यदलले दिएको सुझाव पछि विवाद समाधान हुने बताए । मन्त्री पौडेलले शिक्षा विज्ञहरुले रामपुर क्याम्पसको सबै […]

सरकार कूटनीतिक रूपमा असफलः एमाले

काठमाडौँ, असोज ३० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा सरकार कुटनीतिक रूपमा असफल भएको आरोप लगाएको छ ।   व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेकपा ९एमाले० का डा राजन भट्टराईले अघिल्लो सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाउन नसकेको जनाई नयाँ सरकार गठन गरिए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको उनले […]

छठसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए सरकारलार्इ दिएको समर्थन फिर्ताः अध्यक्ष महतो

धनुषा, असोज ३० । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वभित्र व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । आइतबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म प्रतीक्षा गर्ने बताएका हुन  । अध्यक्ष महतोले सरकारले छठअघि संशोधन प्रस्ताव दर्ता नगरे पुनः आन्दोलनका लागि तयार […]

भारत र रसियाबीच उर्जा प्रतिरक्षा प्रणाली सम्झौता

भारत, असोज ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको  […]

नेपाल भारत र चीनका सरकार प्रमुखबीच त्रिपक्षीय वार्ता

भारत, असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट वार्ता गरेका छन् । चीनका राष्ट्रपति सीलार्इ नेपाल भ्रमणमा ल्याउने प्रयास स्वरूप यो भेट फलदायी भएको प्रधानमन्त्रीका सल्लाहकारले जानकारी दिएका छन् । भेटमा राष्ट्रपति सीले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने बचन दिएका छन् । ब्रिक्स बिमिस्टेक संयुक्त सम्मेलनमा भाग लिन […]

यमनमा युद्धबिरामका लागि राष्ट्रसङ्घमा सङ्कल्प प्रस्ताव प्रस्तुत गरिने

अमेरिका, असोज २९ । यमनमा जारी द्वन्द्वको स्थायी समाधानका लागि बेलायतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने भएको छ । यमनस्थित बेलायती राजदूतावासले शुक्रबार यस्तो जानकारी गराएको हो । यमनमा एक अन्त्येष्टी समारोहमा सहभागी यमनी नागरिकमाथि घातक हवाई आक्रमण हुँदा भएको दुःखद् घटनापछि बेलायतले यस्तो प्रस्ताव पेश गर्न लागेको हो । बेलायतले यमनमा […]

भारतीय राष्ट्रपतिको भ्रमणको तयारी तिब्र

काठमाडौँ, २८ असोज । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउन सरकारले तयारी तिब्र पारेको छ । सरकारले भ्रमणलार्इ व्यवस्थित तथा सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिने भएको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि […]

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी भारत जान गएका हुन् । शनिबार देखि सुरु हुने दुईदिने उक्त सम्मेलनमा सहभागी हुनुका साथै प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा उच्च स्तरिय राजनीतिक […]

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छः नेता श्रेष्ठ

महोत्तरी, असोज २८ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले दसैँ, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।   उनले असन्तुष्ट पक्षको मागलाई […]

सीमाक्षेत्रमा उच्च सतर्कता भारत प्रवेश गर्ने माथि कडा निगरानी

वीरगन्ज, २८ असोज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका […]