सडक दुर्घटनामा तीनको मृत्यु

मकवानुर । गएराति भएका विभिन्न दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको ज्यान गएको प्रहरीले […]

वातावरण सुधारको काम जनताले अनुभूति गर्नेगरी गर्ने मन्त्री पण्डितको प्रतिवद्धता

काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरण सुधारको कामलार्इ जनताले अनुभूति गर्ने गरी गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज उनले राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्न प्रतिबद्ध भएर लाग्ने बताए । उनले दीर्घकालीन रुपमा वातावरण बिगार्न भूमिका खेल्नेलार्इ […]

अमेरिकी पेस्तोलसहित दुर्इ जना पक्राउ

सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले अमेरिकी पेस्तोलसहित इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेतलार्इ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई शनिबार पक्राउ गरेको हो […]

६ वर्षिया बालिका बलात्कार गरी हत्या गर्नेलार्इ चार पटक मृत्युदण्ड दिने अदालतको फैसला

इस्लामावाद । पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो । गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइन् । सिसिटिभी फुटेजमा जेनब एक अपरिचित व्यक्तिको […]

अपहरणमा वडाध्यक्षका छोरा

कपिलबस्तु । जिल्लाको मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले उनलार्इ अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए । एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र […]

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस […]

मुग्लिन–नारायणगढ सडक खण्डका थप १४ वटा पुलको पुनर्निर्माण गरिने

चितवन । सरकारले मुग्लिन–नारायणगढ सडक खण्डका थप १४ वटा पुलहरुको पनि पुनर्निर्माण गर्ने भएको छ । यो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो । अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ । तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको […]

संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

चितवन । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । संघ टे«ड युनियनमा दर्ता भएपछि प्रथम भेला आयोजना गरिएको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । भेलामा सात वटै प्रदेशका एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो । देशभरका एम्बुलेन्स चालकहरुलाई संगठीत गराउने र उनीहरुको हक हितका लागि काम गर्ने उद्देश्यले संघलाई […]

भैरब–लालमाया स्मृति पुरस्कार आदर्श प्रधानलाई

काठमाडौं । द्वाल्खा गुठीले यो वर्षको ‘भैरब–लालमाया स्मृति पुरस्कार’ आदर्श प्रधानलाई प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा जेष्ठ नागरीक डबल बहादुर श्रेष्ठले आदर्श प्रधानलाई नगद एवं सम्मानपत्र प्रदान गर्नु भयो । दोलखाली नेवारी भाषा तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र बिकासमा उल्लेखनीय योगदान गरे बापत प्रधानलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिगत […]

बाटो निर्माण नहुँदा स्थानीयवासीलाई समस्या

खोलेसिमल, चितवन । कालिका नगरपालिका वडा नं. ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको गुराउचौरदेखि बेलचोकसम्मको ३ सय मिटर बाटो भने कालोपत्रे हुन सकेको छैन । बेलचोकबाट पनि जुटपानी बजार तर्फको बाटो कालोपत्रे भईसकेको र बिचको […]