नेताको हैसियतले अाँफूलार्इ समालौँला परिवारलार्इ समाल्न गाह्रो छः प्रचण्ड

काठमाडौं । अाकास्मिक रूपमा पुत्र प्रकाश दाहालको निधनले विछिप्त बनेका छन् प्रचण्ड । प्रण्डलार्इ भन्दा पनि दाहाल परिवारलार्इ यो घटनाले ठूलो पीडा दिएको छ । तीन वर्ष अगाडि जेठी छोरीको निधन र हिजो एकमात्र पुत्र गुमाएकी सिता दाहाल थप विक्षिप्त बनेकी छन् । अाँफू देशको नेताको हैसियतले समालिँदै गए पनि परिवारलार्इ समाल्न गाह्रो भइरहेको प्रचण्डले […]

चुनाव प्रचारमा प्रयोग भएको गाडीमा अागजनी

काठमाडौँ । संखुवासभा जिल्लाको चैनपुरमा अज्ञात समूहले ल्याण्डरोभर गाडीमा आगजनी गरेका छन् । सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन । सो गाडी बाम […]

चुनाव प्रशासमा प्रयोग भएका तीन वटा मोटरसार्इकलमा अागजनी

रसुवा । जिल्लामा तीनवटा मोटरसाइकलमा आगजनी भएको छ। चुनाव प्रचारमा प्रयोग भएका मोटरसाईकलमा अज्ञात समूहले आगजनी गरेको हो । रसुवाको पार्वतकुण्डा गाउँपालिका–२ ग्रेमा आइतबार साँझ तीन वटा मोटरसाइकलमा आगजनी भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले राती नै केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक […]

एम्वुलेन्सको ठक्करबाट तीनको मृत्यु

सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको […]

उम्मेदवार चढ्ने गाडीमा बम विष्पोट

सिमरा । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन् । निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा १४ च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति […]

नेपालको निर्वाचनका लागि ३ दिन युपीको स्थानीय तह निर्वाचनका लागि दुर्इ दिन सीमा नाका बन्द हुने

रूपन्देही । अगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अघि भारतसँग जोडिएका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका तीन दिनका लागि बन्द हुने भएको छ । निर्वाचनका लागि मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै भारतको उत्तर प्रदेशमा मंसिर १३ गते […]

अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवस नेपालमा पहिलो पटक

अन्तराष्ट्रिय आत्महत्या क्षति प्रभावित दिवस (१८ नवम्बर )को अबसरमा नेपालमा पहिलो पटक आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने मनोविज्ञान सम्प्रदाय नेपाल युथ केयर फाउन्डेसन र साइकडेस्क फाउन्डेसनसँगको सहकार्यमा राजधानीमा शनिबार विभिन्न कार्यक्रम गरेका थिए । यस कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यतिहरु मनोविद्ध, संचारकर्मी, साहित्यकार, समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षक र बिद्यार्थीहरु गरी ४६ जनाको सहभगिता रहेको […]

प्रकाश दाहालको त्यो गुनासोः म पुष्पकमलको छोरो, तर प्रचण्डको एउटा लडाकु र कार्यकर्ता

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि […]

छोरा प्रकाशको शरीरमा यसरी दिए प्रचण्डले दागबत्ती

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको पशुपति अार्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका थिए । त्यसअघि प्रकाशको पार्थिव […]

प्रकाशको मृत्यु अस्पताल ल्याउनु भन्दा तीन घण्टा अगाडि नै: अस्पताल

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु अस्पतालमा ल्याउनु अघि नै भएको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले पत्रकार सम्मेलन गरेर माओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई मृत घोषणा गरेको छ । अस्पतालले केहीबेर अघि पत्रकार सम्मेलन गरेर मृत घोषणा गरेको हो । नर्भिक अस्पतालका डाक्टर जयप्रकाश जैसवालले दाहालको अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि […]