पाल्पामा स्वतन्त्र पत्रकारको प्रथम जिल्ला अधिवेशन

पाल्पा । स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको प्रथम जिल्ला अधिवेशन शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले आस्थाको आधारमा पत्रकारितामा भागवण्डा गरिनु गलत विधि भएको बताए । उनले दलीय आवद्धताले पत्रकार असुरक्षित हुने गरेको दावी गरे । ‘हालसम्म जति पत्रकार मारिएका छन्, जति भौतिक आक्रमणमा परेका छन्, ती सबै […]

उज्यालो नेपाल विरुद्ध अध्यारा मान्छेहरु

कास्की । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा निरन्तर अवरोध आइरको बताएका छन् । उनले अवरोधका बावाजुध पनि उज्यालो नेपाल बनाउने अभियानलाई निरन्तरता दिने बताए । आफु मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको भन्दै मन्त्री शर्माले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको बताए । कतिपयले उर्जा कहाँ […]

आइतबार देखि स्वयम्भुमा यातायात कार्यालय

काठमाडौँ । यातायात ब्यवस्था विभागले आइतबार देखि काठमाडौँको स्वयम्भुमा पनि यातायात कार्यालय सञ्चालन गर्ने भएको छ । लाइसेन्स वितरणको लागि सेवागा्रहीको चाप बढ्न थालेपछि विभागले कार्यालय थप्न लागेको हो । यातायात व्यस्था विभागले सवारी चालक अनुमति पत्रको फारम अनलाइन प्रणाली मार्फत गरेसँगै अब स्वम्भूबाट पनि लाइसेन्ससहितका यातायातका काम हुन लागेको हो । अहिले सम्म उपत्यकाको […]

भारतबाट ४० मेगावात विद्युत लिएर आँउदै छ नयाँ वर्ष

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आइतबार देखि भारतबाट थप ४० मेगावाट विद्युत नेपाल भित्राउँदै छ । यसपटकको नयाँ वर्षमा भारतले नेपालीलाई लोडसेडिङबाट मुक्त हुनका लागि थप ४० मेगावाट विद्युत दिन लागेको छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय नेतृत्वको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहितको टोलीले हालै भारत भ्रमण गरी थप ८० मेगावाट […]

सुस्तमनस्थिती भएका विद्यार्थीहरुको खेलकुद

चितवन । वौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलाई उनिहरुको मनोवल वढाउने उद्देश्यले भरतपुरमा शनिवार जिल्लास्तरिय बिशेष खेलकुद प्रतियोगीता आयोजना गरिएको छ । सो जिल्लास्तरिय बिशेष खेलकुद प्रतियोगीतामा चितवन जिल्लाभरिका सात विद्यालयका ६५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । दौड, सफ्ट बल थ्रो, लङजम्पका खेलहरु बिभिन्न समुहमा बिभाजन गरी खेलाईएको थियो । दौडमा ५० , १०० तथा २०० […]

१९ वर्षमुनिका किशोरीहरूको राष्ट्रपतिलार्इ अपिलः हाम्रा समस्याको समाधान खोजिदिनुस

काठमाडौँ । १९ बर्ष मुनीका किशोरिहरुको एक समुहले ग्रामीण क्षेत्रको बर्तमान शिक्षा तथा सामाजिक समस्याहरु समाधानको लागि राष्ट्रपती बिद्यादेवी भण्डारीलाई अपिल गरेको छ । हिजो राष्ट्रपती भवन शितलनिवासमा आयोजित एक अन्तरक्रिया  कार्यक्रमका बिचमा ग्रामीण क्षेत्रको शिक्षा तथा सामाजिक समस्याहरुको बारेमा तयार पारीएको ९ मिनेटको डकुमेन्ट्री पर्दशन गर्दै  राष्ट्रपतीलाई  अपिल गरेको हो। १९ बर्ष भन्दा मुनीका […]

“खान्न म त लामपाते सुर्ती”

सूर्ति तथा सूर्तिजन्य पदार्थहरुको विज्ञपान प्रवद्र्धन र प्रयोजन वन्द गरौं भन्ने नाराका साथ “विश्व सूर्ति सेवनरहित दिवस” यसपाली पनी विभिन्न कार्यक्रमका साथ मनाइदैछ । धुम्रपान तथा सूर्तिजन्य पदार्थहरुको सेवनका कारण जनस्वास्थ्यले वेहोर्नु परेको अपुरणिय क्षतिलाई न्यूनिकरण गर्दै यि पदार्थहरुका कारणले हुने मृत्यु प्रति विश्व मानवताको ध्यानाकर्षण गराउने हेतुले २४ घण्टा सम्म सवै किसिमका सूर्तिजन्य पदार्थहरुको […]

चेपाङ बाहुल्य सिद्धिमा निःशूल्क स्वास्थ्य शिविर

चितवन । चेपाङ समुदायको बाहुल्य रहेको सिद्धिमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल इम्फ्याक्ट चितवनले विकट गाविसका निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चेपाङ समुदायको बाहुल्य रहेको सो गाविसमा स्थानियहरु सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्दै स्थानियलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको सोसल […]

सेल्फी खिच्दा गयो ज्यान

झापा । पछिल्लो समयमा सेल्फी खिच्दा ज्यान जाने क्रम बढेको छ । नेपालमा पनि यस्ता घटना भएका छन् । मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ ज्यान गयो । बाटोमा सेल्फी खिच्दै गरेका उनको बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको […]

साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीको विजयी यात्रा जारी

काठमाडौँ । नेपाल समूह विजेता बन्दै चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालार्इ १-०ले पराजित गर्दै अाफ्नो विजयी यात्रालार्इ कायम गरेको हो । सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा नेपाल श्रीलङ्कालाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ’ए’ मा तीनै […]