खिचरा महोत्सवको तयारी सुरु

चितवन, पुस ५ । विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जवकौली स्थित प्रस्तावित खैरहनी रंगशाला, गौचरनमा हुने भएको छ । यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा हुने भएको हो । […]

२० महिना पछि चितवनमा पुनःनिमार्णको काम सुरु हुँदै

चितवन, पुस ५ । राष्ट्रिय पुन निमार्ण प्राधिकरणले पुसको अन्तिम साता भित्र चितवनमा पुनःनिमार्णको काम सुरु गर्ने भएको छ । देशका भुकम्प प्रश्चात गठन भएको प्राधिकरणले तिन चरण बाट देशब्यापी पुर्ननिमार्णको अभियान सुरु गरेको थियो । पहिलो चरणमा बढि प्रभाबित जिल्ला, दोस्रो चरणमा राजधानी उपत्यका र तेस्रो चरणमा चितवन लगायतका कम प्रभावित १७ जिल्लामा काम […]

नागरिक सहायता कक्षलार्इ व्यवस्थित गर्न माग

बाँके,पुस ५ । जिल्ला कृषि विकास कार्यालय बाँकेले संचालन गरेको नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा आज सम्पन्न गुनासो सुन्ने कार्यक्रम मोवाईल एलाक तथा हेल्पडेस्क कार्यक्रममा सेवालिन आएका सेवाग्राहीहरुले यस्तो […]

स्वतन्त्र पत्रकार संघ पाल्पा शाखा गठन

पाल्पा,पुस ५ . स्वतन्त्र पत्रकार संघ नेपालको पाल्पा शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरूको पहिलो भेलाले भोजराज भट्टराईको संयोजक रहने गरी ११ सदस्यीय स्वतन्त्र पत्रकार संघ नेपालको, पाल्पा जिल्ला तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरूमा रामचन्द्र रायमाझी, दामोदर नेपाल, नवराज ज्ञवाली, प्रकाश न्यौपाने, अम्बिका पाण्डे, नवराज बस्याल, डेभिड पाण्डे, रामराज ज्ञवाली, […]

बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोरखा, मंसिर ५ । नेपाल राष्ट्र बैंकको प्रयोजनमा अन्ट्रप्रनर्स नेपालले गोरखा जिल्लाको तान्द्राङ्ग गा.वि.स.मा बित्तीय साक्षरता सचेतना कार्यक्रम सफलतापुर्वक संचालन गरेको छ । तान्द्राङ्ग गा.बि. स. वडा न. ०६ स्थित श्री सिद्घकाली माध्यमिक बिद्यालयमा संचालनमा गरिएको यस कार्यक्रममा आम्दानी, बचत, खर्च, उद्यमशिलता सम्बन्धी जनचेतनामुलक छलफल तथा नाटक प्रस्तुत गरिएको थियो भने स्थानिय समुदायमा माईकिङ्ग तथा […]

सकियो चितवन मत्स्य महोत्सव

चितवन, पुस ५ । चितवनको भरतपुरमा पाँच दिनसम्म चलेको दोस्रो चितवन मत्सय महोत्सव–२०७३ मा २० लाखको कारोबार भएको छ । आज महोत्सवको अन्तिम दिन सम्ममा कुल २० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका सदस्य सचिव लुलाराज तामाङले जानकारी दिनुभयो । उहाँले महोत्सवमा राखिएका माछाका स्टल र थारु परिकारलगायतका खानेकुरा र अन्य माछाको उपकरणगरि सो रकम […]

क्यान्सर अस्पतालका अध्यक्ष र निर्देशकसँग स्पष्टिकरण माग

चितवन, पुस ५ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ माग गर्दै स्पष्टिकरण […]

के हो कब्जियत ? यसका लक्ष्यण र समाधान

मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार […]

कतारमा नेपाली युवतीको रहस्यमय मृत्यु, दश दिनदेखि शव अलपत्र

काठमाडौँ । डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । कतारमा एफएमएम कम्पनीमा क्लिनरको रूपमा काम गर्दै अाएकी उनको गत २४ गते रहस्यमय मृत्यु भएको थियो । विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन् । उनको शब अहिले त्यहाँको स्थानीय अस्पतालमा अलपत्र अवस्थामा छ । […]

मेलम्चिको पानी कम्प्यूटर प्रणालीबाट वितरण गरिने

काठमाडौँ, पुस ५ । उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिउपछि कम्प्यूटर प्रणाली देखि पानी वितरण गरिने तयारी भइरहेको छ । हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएपछि काठमाडौँ […]