कार्की बस्छन् टंगाल, म्याद टाँस्न बानेश्वर पुग्यो सर्वोच्चको टोली

काठमाडौँ, असोज १९ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको उच्च सुरक्षा घेराबीच टंगालस्थित अख्तियारकै क्वाटरमा बस्छन् । कार्कीको नियुक्तिको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको छ । उक्त मुद्दामा छलफलका लागि कार्कीलार्इ पटक पटक उपस्थित हुन भनिए पनि उनी विभिन्न बहाना बनाएर टार्दै आएका छन् । अदालतको पटक पटकको आदेश टार्दै आए पछि अदालतको टोली उनको घरमा म्याद […]

किसानले पाउँछन् कौडीको भाउ, उपभोक्ताले तिर्छन् सुनको भाउ, बिचौलिया भने मालामाल

किसानको खेतबाट उपभोक्ताका भान्सासम्म पुग्दा तरकारीको मूल्य दोब्बर, चार तह पार गरेपछि मात्र उपभोक्तासम्म पुग्छ तरकारी । किसान हजारौँ लगानी गरेर, महिनौँ पसिना बगाएर तथा खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउँछन् । चित्त नबुझे के गर्ने […]

चिकित्सक केसीको समर्थनमा इमर्जेन्सी र अप्रेसनबाहेकका सेवा ठप्प

काठमाडौँ, असोज १९ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनशन बस्दै  आएका चिकित्सक गोविन्द केसीकले सुरू गरेको नवौं चरणको आमरण अनसनको ९ दिन कटेको छ । तर पनि सरकार तथा सम्बन्धित मन्त्रालय उनको माग सुनुवाइ प्रति चासो नदिएको भन्दै केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का आवासीय चिकित्सकहरुले मंगलबारदेखि आन्दोलन सुरु गरेका […]

खुल्यो र्इडीभी, भर्ने कसरी ?

काठमाडौँ, असोज १८ । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि […]

अझै त्यो जवानी हुन्थ्यो त ………………….

काठमाडौँ । उनीसँग अझै त्यो जवानी हुन्थ्यो त सायद दुई छाक पेट भर्नका लागि अरुको मुख ताक्नु पर्दैनथ्यो उनलाई । उनी अर्थात् प्रमिला (५४) । आज भन्दा २०१८ सालमा भक्तपुरमा जन्मिएकी प्रमिलालाई यो दुःख जीवनले दिन्छ भन्ने कल्पना पनि थिएन । २०३३ सालमा १५ वर्षको उमेरमा काभ्रेका युवकसँग प्रेम विवाह गरेकी उनलाई जब सँगै जीवन […]

सिद्धबाबामा पहिरो बस पुरियो

विकाश पराजुली बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको उपल्लो सिद्धबाबा नजिकै शनिबार पहिरो जाँदा यात्रु वाहक बस बगाएको छ । बसलाई पहिरोले तिनाउ नदीमा पुराएको छ । अहिले सम्म घटनास्थलबाट ५ जनाको शव निकालिसकिएको छ । लु १ ख ५७७१ नं. को माईक्रो पहिरोमा परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिले उद्दारको काम […]

महिला पत्ररकारहरुको निर्देशिका भन्छ, ‘सिन्दुर पोते लगाउ’

काठमाडौं । महिलाहरु समाजमा लैंगिक हिंशाले प्रडातित भइरहेका छन् । यस्तो अवस्थामा महिला पत्रकारहरु पनि अछुतो नहोलान् । यही परिस्थितीलाई हेर्दै ‘महिला पत्रकारको सुरक्षा निर्देशिका’ तयार भएको छ । सञ्चारकर्मी बद्री पौड्याल, भुवन केसी र हरिकला अधिकारीले तयार पारेको सुरक्षा निर्देशिकामा महिला पत्रकारलाई सुरक्षाका लागि सिंदुर पोतेलगायतको सिंगारमा ध्यान दिन भनिएको छ । प्रस्तावित निर्देशिकामा […]

जिउँदै मरिरहेछन् मुस्लिम महिलाहरू

‘कुरानमा बाध्यता भए मात्र तलाक दिने व्यवस्था छ,’ उनी भन्छिन्, ‘अहिले मनपरी भइरहेको छ । न मौलानाहरू बोल्छन् न त देशको कानुनले नै रोक्छ । मुस्लिम महिला जिउँदै मरिरहेका छन् ।’ निहुँ ठूलो थिएन । घर–झगडामा भनाभन भएको मात्र हो । रिसको झोँकमा बाँके जयसपुरकी २५ वर्षीया अर्सफुन अन्सारीलाई उनका श्रीमान् इस्लामले एकै सासमा तीनपटक […]

सडक व्यवस्थापनमा युवा जोश

काठमाडौँ । युवा जोश, केही गरौँ भन्ने अभिलाषा त थियो तर के गर्ने, कुनै काम थिएन । जीवनमा अनेक ठक्कर खाएको एक युवा काठमाडौँको चावहिलमा एक दिन कैयौँ घण्टा सडक किनारको रेलिङ्मा बसेर सडकमा नियाली रह्यो । सडकमा अनेक साना ठूला सवारी गुडे तर पनि सडकबीच खडा ट्राफिक भने दिनभर बीचमै खटिइरह्यो ।     […]

बन्दीगृहकी आमाः इन्दिरा रानामगर

काठमाडौँ । एउटा निर्दोष बच्चा विनाकसुर सजाय भोगिरहेको उ विनाकारण जेलको चिसो खाइरहेको होस । यस्तो देख्दा कसको मन नरोला रु कसको मनलाई चोट नपुराउला रु हो २५ वर्ष अगाडि यस्तै घटनाले मन छोएको थियो इन्दिरा राना मगरको । वाल्यअवस्था निकै कठिनरुपमा गुजारेकी इन्दिरालाई भित्रै देखि बालबालिकाको पक्षमा केही गरौँ भन्ने थियो । विना सम्झौता […]