तनहुँका भूकम्पपीडितलाई घर बनाउन ६ हजार क्युफिट काठ वितरण

दमौली, कार्तिक ४ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी पीडित भएका तनहुँका दुईसय ८२ जनालाई  ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ वितरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलका अनुसार दुई सय ८१ […]

द्रुतमार्गका लागि अधिग्रहण गरिएको मुआब्जा कम भयोः स्थानीय

काठमाडौँ, कार्तिक ३ । काठमाडौँ–निजगढ द्रुतमार्गअन्तर्गत ललितपुर खोकना, सैंबु र बुङ्मतिका स्थानीयले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट गरी द्रुत मार्ग निर्माण गर्दा स्थानीयलार्इ दिने भनेको मुआब्जा निकै कम भएको गुनासो गरेका छन् । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालको नेतृत्वमा गएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको […]

एक सय ५९ थान चाँदीका सिक्का बरामद

वीरगन्ज, कार्तिक ३ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले बुधबार ठूलो परिमाणमा चाँदीका सिक्का बरामद गरेको छ । भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था प्रहरीले एक सय ५९ थान चाँदीका सिक्का बरामद गरेको हो । बरामद चाँदीका सिक्का मध्ये ९१ थान सिक्कामा लक्ष्मी र गणेशको चिह्न अङ्कित रहेका छन् भने ६८ थान सिक्का […]

भाञ्जीलार्इ छोरी बनाएर नागरिकता !

रूपन्देही, कार्तिक ३ । जिल्लाको विष्णुपुर १ की एक महिलाले आफ्नै बाबु विरूद्ध अर्कैलार्इ किर्ते कागजपत्र पेश गरी नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा उजुरी दिएकी छन् । विष्णुपुरा १ की अकालमती अहिरनीले आफ्नै बाबु विरूद्ध भाञ्जीलार्इ कागजजता किर्ते गरी नागरिकता दिलाइ दिएको भन्दै उजुरी दिएकी हुन् । कपिलवस्तु दोहनी गाविस बस्ने केवला अहिरनीको […]

बाख्रालार्इ घाँस काट्दा करेण्ट लागेर एक जनाको ज्यान गयो

चितवन, कार्तिक ३ । चितवनको माडीमा बाख्रालाई घाँस काट्ने क्रममा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । माडी २ धुव्रटोलका ६२ वर्षिय वेचन महतोको करेण्ट लागेर ज्यान गएको ज्यान गएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ । इप्रका माडीका प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार भेलरको रुखका हाँगा काट्ने क्रममा नाँगो तारमा छोइएपछि […]

बसको ठक्करबाट एक युवतीको ज्यान गयो

चितवन, कार्तिन ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ कालीखोलामा आज बिहान सवा १ बजे अज्ञात सवारी साधनले ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । अन्दाजी १८ वर्षीया ती युवतीको पहिचान खुल्न नसकेको र सवारीसाधनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्रिशूलीमा बस खस्दा एकको ज्यान गयो

चितवन, कार्तिक ३ । काठमाडौँबाट भैरहवा जाँदै गरेको रात्री बस त्रिशुली नदीमा खसेको छ । लु १ ख ७३९१  नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटना ९  जनाको जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका […]

‘स्क्रब टाइफस‘ले कैलालीमा दुर्इ जनाको ज्यान लियो

धनगढी, कार्तिक २ । यस वर्ष संक्रमणको रूपमा फैलिएको ‘स्क्रब टाइफस’ले कैलालीमा दुर्इ जनाको ज्यान लिएको छ । पछिल्लो डेढ महिनामा जिल्लामा दुर्इ जनाको ज्यान गएको हो । स्क्रब टाइपसका कारण पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाटको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बोगटीको गत भदौ […]

जुवाको खालबाट ९ जना पक्राउ

मकवानपुर, कार्तिक २ । मकवानपुर प्रहरीले जुवातास खेल्ने ९ जनालार्इ पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको हेटौडा उ.म.न.पा.वडा नं.२ बाट खाल थापी पैसाको हारजित हुने गरी बाजी राखी ६ जनालाई जुवा (तास) खेली रहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूसँगबाट ५० हजार,२४५ रूपैयाँ नेपाली र ४ हजार ६०० […]

‘हरेकबार खाना चार’ भिटामिन ए सँगै पौष्टिक आहारबारे जानकारी

काठमाडौँ, कार्तिक २ । बालबालिकालाई भिटामिन ए खुवाउन काठमाडौँको टेवहालमा बसेका स्वास्थ्यकर्मीले भिटामिन एमात्रै खुवाएनन्, बालबालिकालाई पौष्टिक आहार पाइने खानेकुरा समेत नाङ्लोमा राखेर अभिभावकलाई यसको महत्वबारे बुझाए । उनीहरूले बालबालिकालाई कुपोषण हुनबाट बचाउन ‘हरेक बार, खाना चार’ भन्दै नाङ्लो भरी बिभिन्न पौष्टिक खानेकुरा राखेर आफ्ना बालबालिकालाई भिटामिन ए खुवाउन आएका अभिभावकलाई बच्चाको खानाको महत्वका बारेमा […]