दुर्घटनामा एकको ज्यान गयो

भक्तपुर, असोज २७ । जिल्लाको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो । बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको ज्यान गएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक […]

नेपालकै सबैभन्दा ठूलो ताजिया हेर्न नवलपरासीमा मुस्लिम दर्शनार्थीको भिड

नवलपरासी, असोज  २७ । जिल्लामा नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ताजिया (प्रार्थना स्थल) निर्माण भएको छ । जिल्लाको महेशपुरमा नेपालकै सबैभन्दा ठूलो पार्थना स्थल बनाइएको हो । एक सय २५ फिट अग्लो, ८५ फिट चौडाइँ रहेको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । दुई हजार बाँस, एक क्विन्टल काटी, […]

गिद्ध संरक्षणका लागि ‘जटायु रेस्टुरेन्ट’

रूपन्देही, असोज २७ । वरिपरि जंगल, छेउमा प्रकृतिक मनमोहक गैँडा ताल, रूपन्देही जिल्लाको विष्णुपुरा गाविसमा रहेको यही तालको छेउबाट जंगल भित्र प्रवेश गर्ने एउटा बाटो छ । बाटोको छेउमै पहेलो साइनबोर्डमा लेखिएको छ जटायु रेष्टुरेण्ट । चित्रमा देखाइएको छ गिद्ध । तपार्इँलार्इ लाग्न सक्छ यो गिद्धको परिकार पाइने रेष्टुरेण्ट होला । तर होइन् । यो […]

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

काठमाडौँ, असोज २४ । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समय रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

चितवन कारागारका पाँच कैदीलाई आममाफी

चितवन, असोज २४ । दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिइएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।   सातजनाका लागि सिफारिस भएकोमा पाँचजनाको मात्रै माफी भएका हुन् । यसपालि दसैँमा आममाफी […]

आफ्नै बाबुको हत्या गर्ने पक्राउ

चितवन, असोज २४ । आफ्नै बाबुको हत्या गर्ने एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । भरतपुर १९ बस्ने बसन्त सापकोटालाई उनकै कान्छो छोरा विनोद सापकोटाले धारिलो हतियार हानी घाइते बनाएका थिए ।   घाइते उनको उपचारका लागि भरतपुर लैजाँदै गर्दा गर्दा ज्यान गएको थियो । घटनामा संलग्न रही फरार रहेका बिनोद सापकोटाको खो.त.गर्ने क्रममा […]

दसैँ तिहारमा पनि मानवअधिकार आयोग खुल्ला रहने

काठमाडौँ, असोज २४ । चाडपर्वका अवसरमा पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहने छ । आमनागरिकको मानव अधिकार संरक्षण कार्यलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठ बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेको छ । यस […]

‘सय दिनमा सय काम’ अभियान सुरु

लायन्स क्लब अफ बालाजुले आफ्नो मेगा अभियान ‘सय दिनमा सय कामको सुरुवात काठमाण्डौको बसन्तपुरबाट गरेको छ । सन् अमेरिकाको सिकागो सहरमा आजभन्दा सय वर्ष अघि लायन्स अभियान सुरु भएको सय वर्ष पुगेको उपलक्ष्यमा उक्त कार्यक्रम सुरु गरिएको आयोजक क्लबका अध्यक्ष राजु खडकाले बताए । अभियानको सुरुवात अभियान अंकित व्यानरसहितको बेलुन उडाएर गरिएको थियो । आज […]

दुर्घटनामा परी प्रहरी जवानसहित दुर्इको ज्यान गयो

नवलपरासी, असोज २१ । जिल्लाको नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको ज्यान गएको छ । परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी […]

त्रिशुलीमा ट्रक खस्दा एकको ज्यान गयो

चितवन,  असोज २१ । मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलोबाट ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय […]