सर्वसाधारणलाई दोहोरो करको मारमा नपार्न अर्थसमितिको निर्देशन, एनसेलको करण उठाउन नयाँ प्रक्रिया

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा नपार्न सरकार सचेत रहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले स्थानीय, प्रदेश र संघीय सरकारबीच देखिएको करसम्बन्धि विवाद छिट्टै समाधान गर्ने आश्वासन पनि दिनु भयो । उहाँले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धि निर्णय लिएको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको पनि स्पष्ट […]

बकुल्ला चरा मार्ने आठ जना पक्राउ

चितवन । चितवन प्रहरीले बकुल्ला चरा मारेको अभियोगमा आठ जनालार्इ पक्राउ गरेको छ। भरतपुर ६ केशरबागबाट बकुल्ला चरा मार्ने ८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय भरतपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए। स्थानीयको सूचनका आधारमा उनीहरूलार्इ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको […]

भरतपुरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज, गैँडाकोटमा ट्रकमा आगजनी

चितवन । भरतपुरको रिजाल चोकमा राखेको शंकास्पद बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। दुई वटा थर्मशमा राखिएको विष्पोटक पदार्थसहितको शंकास्पद बस्तु बम भने नभएको सेनाले जनाएको छ। यसैबीच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितनवको जनजीवन प्रभावित भएको छ। चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यता चितवन प्रहरीले विप्लव नेतृत्वको नेकपाका १२ जना […]

भरतपुरमा शंकास्पद बस्तु फेला, निष्कृय पार्दै सेना

चितवन । जिल्लाको भरतपुरस्थित रिजाल चोकमा बीच सडकमा संकास्पद बस्तु फेला परेको छ। विप्लव नेतृत्वको बन्दको प्रभाव परिरहेका बेला भरतपुरको मुख्य सडकमा संकाशपद बस्तु फेला परेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सो स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्। दुर्इ वटा थर्मस जस्ता देखिने अाकृति बीच सडकमा फेला परेपछि बमको […]

हत्या अभियोग लागेका राज्यमन्त्री तारेखमा छुटे

काठमाडौँ । हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधरण तारेखमा छुटेका छन्। सोमबार मात्र उनले जिल्ला अदालत महोत्तरीमा अात्मसमर्पण गरेका थिए। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा उनलार्इ अदालतले पक्राउ गर्न अादेश दिएको थियो। सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै […]

कार्यान्यवनमा नअाउँदै संशोधन गरिँदै फौजदारी/देवानी संहिता, के के हुँदै छ संशोधन

काठमाडौँ । मुलुकी ऐनलाई विस्थापन गर्न फौजदारी र देवानी संहिता लागू नहुँदै संशोधनका लागि राष्ट्रिय सभामा विधेयक पेस भएको छ । कानुनमन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन विधेयकमार्फत मुलुकी संहिता संशोधनको प्रस्ताव पेस गरेका हुन् । मन्त्री ढकालले सोमबार पेस गरेको विधेयकलाई राष्ट्रिय सभाले स्वीकार गरेको छ । संघीय संसद्को माथिल्लो सदनबाट मुलुकी संहिताको […]

बन्दले जनजीवन प्रभावित, ठाउँठाउँमा बम, सवारी साधानमा अागजनी

काठमाडौँ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ। बन्दका क्रममा छिपुट हिंशात्मक घटना भएका छन्। विभिन्न स्थानमा संकास्पद बस्तुहरू फेलापरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा प्रेसर कुकर बम फेला परेको छ । सडक छेउमा प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय […]

सरकारका पाँच महिनाः करवृद्धिमा सवत्र अालोचना उपलब्धी के?

काठमाडौँ । मूल्यवृद्धि कर वृद्धको विरोधमा सरकारको चर्को अालोचना भइरहेका बेला सरकारले पाँच महिनाका उपलब्धि सार्वजनिक गरेको छ । सोमबार ७८ पृष्ठ लामो उपलव्धि सार्वजनिक गर्दै यातायातको सिन्डिकेट, तस्करमाथि कारबाही एवं प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमण नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शितासहितका […]

थुनामा राख्नुपर्ने कारणसहित प्रकाण्डलार्इ उपस्थित गराउन सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई हिरासतमा राख्नुको कारण माग गर्दै बन्दीलार्इ उपस्थित गराउन आदेश दिएको छ। अाइतबार सर्वोच्चमा प्रकाण्डको तर्फबाट नरेन्द्रबहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। सो रिटमा सोमबार सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले कारण पेश गर्न बन्दीसहति अदालतमा उपस्थित […]

पाँच वटा विधेयक प्रतिनिधिसभा बैठकमा पेश

काठमाडौँ । सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका मन्त्रीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, राहदानी विधेयक २०७५ , उपभोक्ता संरक्षण विधेयक २०७५ , निवृत्तभरण कोष विधेयक २०७५ पेश गरेका हुन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य […]