क्रान्तिकारी माओवादीको घोषणाः विकासमा राजनीति होइन् राजीतिमा विकास

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवनले घोषित स्थानीय तह निर्वाचनका लागी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रवार भरतपुरमा पत्रकार सम्मेलन मार्फत हामी माओबादी बिग्रीएका छैनौ सपनीको लक्ष्यबाट भागेका छैनौ बिकासमा राजनिति हैन राजनितिमा बिकास गर  भन्ने मूल नारासहित आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पार्टीका तर्फवाट भरतपुर महानगरपालिकाको मेयर पदका उमेद्वार अम्बिका मुडबारीले […]

निर्वाचन विरोधी गतिविधि गर्ने नौ जना विरुद्ध मुद्दा

चितवन । निर्वाचन विरोधी गतिविधि गर्ने ९ जना विरुद्ध चितवन प्रहरीले मुद्धा चलाएको छ । चितवनका विभिन्न क्षेत्रमा चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनिहरुलाई मुद्धा चलाइएको हो । उनिहरु सवै विप्लव माओवादीका जिल्ला नेता तथा कार्यकर्ता रहेका छन् । उनिहरुलाई म्याद थप गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उमेद्वारको घरमा कालो झण्डा राख्ने, […]

रत्ननगरलाई स्मार्ट सीटी बनाउने काँग्रेसका उम्मेदवार घिमिरेको घोषणा

चितवन । नेपाली काँग्रेस रत्ननगर नगरसमितिले स्मार्ट सिटिको रुपमा विकास गर्ने र एउटा सुन्दर पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ । नगरसमितिले शुक्रवार रत्ननगरमा आयोजना गरेको निर्वाचन घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा रत्ननगरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने बताईएको हो । सो अवसरमा वोल्दै नगर प्रमुखको प्रत्यासि रुपन घिमिरेले घोषणा पत्र सार्वजनिक गर्दै […]

चितवनमा ५०४ प्रतिनिधिका लागि दुई हजार २०७ जनाको उम्मेदवारी

चितवन । वैशाख ३१ गते हुने निर्वाचनका लागि चितवनको सातवटा स्थानीय तहमा २ हजार २ सय सात जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३० जनाले मनोनयन फिर्ता लिएपछि जिल्लामा पाँच सय चार जना जनप्रतिनिधिका लागि दुई हजार दुई सय सात जनाबीच प्रतिस्पर्धा हुने भएको हो । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कुल १५ […]

प्रचारमा हिँडेकी राष्ट्रपतिय उम्मेदवारमाथि अण्डा प्रहार

काठमाडौँ । राष्ट्रपति पदका लागि मत माग्न हिँडेकी उम्मउदवार माथि फ्रन्समा अण्डा प्रहार भएको छ । फ्रान्सेली राष्ट्रपति पदकी उम्मेदवार मरिन ले पेनमाथि प्रदर्शनकारीहरुले अण्डा प्रहार गरेका छन्।  फ्रान्समा मे सातमा दोस्रो चरणको राष्ट्रपतिय निर्वाचन हुँदै छ । पहिलो चरणको चुनावबाट बढी मत ल्याउने उम्मेद्वारहरू ले पेन र इमानुएल म्याक्रोनकाबीचमा दोस्रो चरणको प्रतिस्पर्धा हुँदै छ […]

निर्वाचनलार्इ ध्यानमा राखि मुग्लिन-नारायणगढ सडक १० दिनका लागि २४ सै घण्टा खोलिने

चितवन । स्थानीय तहको पहिलो चरणको निर्वाचनलार्इ ध्यानमा राख्दै दैनिक ६ घण्टा बन्द हुँदै अाएको मुग्लिन नारायणगढ सडकखण्ड अबै चाैविसै घण्टा खुल्ने भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने जनाएको छ । निर्वाचनलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव […]

काँग्रेस र माअोवादी केन्द्रबीच यी स्थानमा भयो चुनावी तालमेल

काठमाडौँ । नेपाली काँग्रेस र माअाोवादी केन्द्रबीच केन्द्रबाट भएको तालमेल नै उपत्यकामा लागु भएन् । तर नेपाली काँग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेदवारीमा तालमेल गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन् । पोखरा […]

एमालले चल्न दिएन् संसदको बैठक अाइतबार सम्मका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण संसदबैठक अाज पनि चल्न सकेन् । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । विरोधकाबीच सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिएकी […]

महाअभियोग जेठ पहिलो सातामा मतदानबाट टुंग्याउन एमाले प्रस्ताव सत्तापक्षद्वारा अस्वीकार

काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावलाई जेठ पहिलो साताभित्र मतदानबाट टुंगो लगाउने नेकपा एमाले नेतृत्वको ११ दलको प्रस्ताव सत्ता पक्षले ठाडै अस्वीकार गरेको छ । सभामुख अोनसरी घर्तीको अाग्रहमा बसेको सत्तापक्ष र विपक्षीदलको बैठकमा एमालेसहितका विपक्षी दलले महाअभियोग प्रस्ताव मतदानबाट टुंग्याउन अाग्रह गरेका थिए । तर विपक्षी दलको यो प्रस्तावलार्इ सत्तारूढ दलका नेताहरूले अस्वीकार गरे […]

अझै टुंगिएन पहिलो चरणको निर्वाचनको मतगणा कहिले गर्ने ?

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना कहिले गर्ने भन्ने अझै टुंगो लागेको छैन । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्नुपर्ने भए पनि राजनीतिक दलहरूले दोस्रो चरणको निर्वाचनलाई असर पर्ने भएकाले तत्काल मतगणना गर्न समस्या हुने बताइरहेका छन् । मतगणनाबारे राजनीतिक दलहरूको धारणा फरक–फरक देखिएको छ । अाजको नयाँ पत्रिका दैनिकका अनुसार प्रमुख दलहरूबीच […]