कार्की बस्छन् टंगाल, म्याद टाँस्न बानेश्वर पुग्यो सर्वोच्चको टोली

काठमाडौँ, असोज १९ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको उच्च सुरक्षा घेराबीच टंगालस्थित अख्तियारकै क्वाटरमा बस्छन् । कार्कीको नियुक्तिको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको छ । उक्त मुद्दामा छलफलका लागि कार्कीलार्इ पटक पटक उपस्थित हुन भनिए पनि उनी विभिन्न बहाना बनाएर टार्दै आएका छन् । अदालतको पटक पटकको आदेश टार्दै आए पछि अदालतको टोली उनको घरमा म्याद […]

प्रवुद्ध समूहको बैठक सकियोः होला त १९५० सन्धीको पुनरावलोकन

नयाँदिल्ली, असोज १९ । नेपाल-भारत प्रवृद्ध समूहको दुर्इ दिनको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सकिएको छ । बैठकले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति गरेको छ । साथै सन्धिमा पुनरावलोकनका लागि नेपाली पक्षले केही बुँदा राखेको छ र, यसमा प्रारम्भीक छलफल भएको बताइएको छ । बैठकमा सन्धि पुनरावलोकनको सहमति भएको […]

प्रचण्डले धोका दिए परिणाम ठीक हुन्नः रेखा यादव

काठमाडौँ, असोज १९ । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले दशै अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन् । तीन सुत्रिय सहमति र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको प्रतिबद्धता अनुसार दशै अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन् । ‘सहमति अनुसार दशैंअघि […]

किसानले पाउँछन् कौडीको भाउ, उपभोक्ताले तिर्छन् सुनको भाउ, बिचौलिया भने मालामाल

किसानको खेतबाट उपभोक्ताका भान्सासम्म पुग्दा तरकारीको मूल्य दोब्बर, चार तह पार गरेपछि मात्र उपभोक्तासम्म पुग्छ तरकारी । किसान हजारौँ लगानी गरेर, महिनौँ पसिना बगाएर तथा खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउँछन् । चित्त नबुझे के गर्ने […]

भूकम्प प्रभावित जिल्लाका सांसद परिचालन गरिने

काठमाडौँ, असोज १९ । पुनर्निर्माण प्राधिकरण परामर्श परिषदमा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ । मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यसअघि नै सांसदहरू मनोनयन गर्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको […]

संसद्को खाना-नास्ता खर्च : तीन वर्षमा ११ करोड

काठमाडौँ, असोज १९ । संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सोबराबरको रकम खर्च गरेको छ । पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन […]

चिकित्सक केसीको समर्थनमा इमर्जेन्सी र अप्रेसनबाहेकका सेवा ठप्प

काठमाडौँ, असोज १९ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनशन बस्दै  आएका चिकित्सक गोविन्द केसीकले सुरू गरेको नवौं चरणको आमरण अनसनको ९ दिन कटेको छ । तर पनि सरकार तथा सम्बन्धित मन्त्रालय उनको माग सुनुवाइ प्रति चासो नदिएको भन्दै केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का आवासीय चिकित्सकहरुले मंगलबारदेखि आन्दोलन सुरु गरेका […]

प्रमुख तीन दलले अहिले सम्मको काम खोलामा बगायो

काडमाडौँ, असोज १८ । स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न गठित आयोगले तीन दल र सरकारको निर्णयका कारणा फेरी शुन्यबाट काम थाल्नुपर्ने स्थिति आएको भन्दै गुनासो गरेको छ । उसले यही अवस्थामा कात्तिक मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउन नसकिने समेत जनाएको छ । यस्तो अवस्थामा सरकारले स्थानीय तहको निर्वाचन चैतमा गर्ने घोषणा गरे पनि निर्वाचन […]

खुल्यो र्इडीभी, भर्ने कसरी ?

काठमाडौँ, असोज १८ । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि […]

आयोगको दबाब पछि ४२ एलडिअाेको सरूवा रोकियो

काठमाडौँ, असोज १८ । स्थानीय विकास मन्त्रालय स्थानीय तहको सीमान र संख्या निर्धारण आयोगले आपत्ती जनाए पछि स्थानीय विकास अधिकारीको सरूवा रोक्न बाध्य भएको छ । स्थानीय विकास अधिकारीहरुको सरुवा गर्ने स्थानीय विकास मन्त्रालयको निर्णय प्रति स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगले आपत्ति जनाएपछि मन्त्रालयले तत्काललार्इ उक्त निर्णय स्थगित गर्ने निर्णय गरेको हो । […]