चितवनकी तुलसालार्ई अन्तर्राष्ट्रिय पुरस्कार

चितवन, असोज ३० । ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेकी चितवनकी तुलसा ज्ञवालीले ‘अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेकी छन् । शनिबार ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनलाई शनिबार राजधानीको कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा सुधा शर्माले ‘डब्लुडब्लुएसएफ अवार्ड’ प्रदान गरेकी हुन् । स्विजरल्यान्डको ओमन्स वर्ल्ड समिट फाउन्डेसन ९डब्लुडब्लुएसएफ० ले प्राकृतिक […]

नेपाल भारत र चीनका सरकार प्रमुखबीच त्रिपक्षीय वार्ता

भारत, असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट वार्ता गरेका छन् । चीनका राष्ट्रपति सीलार्इ नेपाल भ्रमणमा ल्याउने प्रयास स्वरूप यो भेट फलदायी भएको प्रधानमन्त्रीका सल्लाहकारले जानकारी दिएका छन् । भेटमा राष्ट्रपति सीले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने बचन दिएका छन् । ब्रिक्स बिमिस्टेक संयुक्त सम्मेलनमा भाग लिन […]

यमनमा युद्धबिरामका लागि राष्ट्रसङ्घमा सङ्कल्प प्रस्ताव प्रस्तुत गरिने

अमेरिका, असोज २९ । यमनमा जारी द्वन्द्वको स्थायी समाधानका लागि बेलायतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने भएको छ । यमनस्थित बेलायती राजदूतावासले शुक्रबार यस्तो जानकारी गराएको हो । यमनमा एक अन्त्येष्टी समारोहमा सहभागी यमनी नागरिकमाथि घातक हवाई आक्रमण हुँदा भएको दुःखद् घटनापछि बेलायतले यस्तो प्रस्ताव पेश गर्न लागेको हो । बेलायतले यमनमा […]

डुङ्गा डुब्दा पाँचको ज्यान गयो

भद्रपुर, असोज २९ । इलामको दानाबारी–९ महामाईमा शुक्रबार डुबेको डुङ्गामा सवार ३४ जनाको जीवित उद्धार गरिएको छ । महामाई नदी तर्ने क्रममा शुक्रबार अपराह्न २ बजे डुङ्गा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको ज्यान गएको छ । चार जनाको सनाखत भएको तथा एक बालकको हुन […]

भारतीय राष्ट्रपतिको भ्रमणको तयारी तिब्र

काठमाडौँ, २८ असोज । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउन सरकारले तयारी तिब्र पारेको छ । सरकारले भ्रमणलार्इ व्यवस्थित तथा सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिने भएको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि […]

बस दुर्घटनामा दुईको ज्यान गयो

काठमाडौँ, असोज २९ । काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमा एक र उपचारका लागि ल्याउँदै गर्दा बाटोमा एकजनाको मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन […]

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी भारत जान गएका हुन् । शनिबार देखि सुरु हुने दुईदिने उक्त सम्मेलनमा सहभागी हुनुका साथै प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा उच्च स्तरिय राजनीतिक […]

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

काठमाडौँ, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौँमा ‘अन्तर्राष्ट्रिय  विराट हिन्दू महासम्मेलन’ को आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल हुने छ । नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा […]

संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छः नेता श्रेष्ठ

महोत्तरी, असोज २८ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले दसैँ, तिहार, छठ र मोहर्रम पर्व –२०७३ को उपलक्ष्यमा शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।   उनले असन्तुष्ट पक्षको मागलाई […]

सीमाक्षेत्रमा उच्च सतर्कता भारत प्रवेश गर्ने माथि कडा निगरानी

वीरगन्ज, २८ असोज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका […]