एमालले अाजबाट संसद बैठक अवरूद्ध गर्ने सांसदलार्इ राजधानी नछाड्न निर्देशन

काठमाडौँ, मंसिर १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले मंगलबार सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गर्दै अाज बिहीबार देखि बस्ने व्यवस्थापिका संसदको बैठक अवरोध गर्ने भएको छ । त्यसका लागि उसले अाफ्ना सांसदलार्इ राजधानी नछाड्न निर्देशन दिएको छ । यतिवेला एमाले संशोधन प्रस्तावको विरोधमा अान्दोलन चर्काएको छ । एमाले कार्यकर्ताहरू सडक […]

सरकारको संशोधन विधेयकको विपक्षमा मोर्चा विधेयक नै संकटमा

काठमाडौँ, मंसिर १५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई अस्वीकार गरेको छ । सरकारले दर्ता गराएको विधेयकले उत्पीडित समुदायको मुद्दा सम्बोधन नहुने निष्कर्ष निकाल्दै मोर्चाले यथास्थितिमा सो विधेयक स्वीकार नगर्ने निर्णय गरेको हो । बुधबार तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा बसेको मोर्चाको बैठकले संविधान संशोधन विधेयकलाई अस्वीकार गरेको हो । […]

१० राज्यमन्त्रीले लिए सपथ (कसको भागमा कुन मन्त्रालय)

 काठमाडौँ, मंसीर १५ । नवनियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।  बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने राज्यमन्त्रीले सपथ लिएका हुन् । सपथ ग्रहणपछि नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले प्रतिफल आउन र जनताको हितमा समर्पित रहने गरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, तपाईहरु राष्ट्रको […]

संविधान संशोधनमा विभाजित राजनीतिक दल स्थानीय निकायको निर्वाचन गराउन सहमत

काठमाडौँ, मंसिर १५ । संविधान संशोधनको विषयमा विभाजित बनेका प्रमुख दलहरू संविधानको कार्यान्वनयका लागि स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका छन् । बैठकमा […]

हिन्दुवादीहरू हिन्दु राष्ट्र बनाउन सक्रिय

काठमाडौँ, मंसिर १५ । पछिल्लो समय हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दुवादीहरू सक्रिता बढाउन लागेका छन् । बुधबार राजधानीमा हिन्दु राष्ट्र स्थापना महाअभियानले अन्तक्रिया गरी हिन्दु राष्ट्र कायम गर्न माग गरे । कार्यक्रममा बोल्ने वक्ताले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने सुझाव दिए । पूर्वसभामुख तारानाथ रानाभाटले अहिले देशमा सामाजिक सद्भाव, […]

स्थानीय तह पुनःसंरचनामा चितवनमा विवाद

चितवन, मंसिर १५ । स्थानीय तह पुर्नसंरचनाले गर्दा जताततै विरोध हुन थालेपछि चितवन पनि विवादित बनेको छ । बुधबार अपरान्ह नेपाली काँग्रेस चितवनले पत्रकार सम्मेलन गरि स्थानीय पुर्नसंरचना आयोग चितवनले बुझाएको प्रतिवेदन प्रति ध्यानाकर्षण जनाउँदै तत्काल सच्याउन माग गरेको छ । साथै उसले १० वटा स्थानीय निकायको खाका समेत पेश गरेको छ । काग्रेस चितवनका […]

देवघाटको आश्रममा वृद्धवृद्धा

चितवन, मंसिर १५ । बृद्ध व्यक्ति तथा जेष्ठ नागरिक समाजका धरोहर हुन् । बृद्ध व्यक्तिलाई समाजको जिउँदो इतिहास पनि मानिन्छ । बृद्धाबस्थाका व्यक्तिलाई संरक्षण र सम्र्बधनका लागि बिभिन्न समयमा बिभिन्न किसिमका प्रयास र कार्यहरु भइरहेका छन् । बृद्ध व्यक्तिको हितका लागि भनेर बृद्ध संगठनहरु पनि स्थापना गरिएका छन । त्यस्तै चितवन र नवलपरासीको संगम स्थल […]

संशोधन प्रस्तावको विरोधमा एमालेको प्रदर्शन सरकारी गाडीमा तोडफोड

काठमाडौँ, मंसिर १५ । सरकारले संसद सचिवालयमा मंगलबार दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेले राजधानीमा प्रदर्शन गरेको छ । एमालेका भ्रातृ संगठन युवा संघ र अखिलको आहृवानमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् । एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन […]

तीन करोड बराबरको कोकिनसहित मलेसियाली दुर्इ जना पक्राउ

काठमाडौँ, मंसिर १५ । प्रहरीले तीन करोड मूल्य बराबरको लागुअाैषध कोकिन सहित दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । ब्राजिलबाट ल्याएको करिब तीन करोड मुल्य बराबरको कोकिन सहित दुई मलेशियन नागरिकलाई लागु औषध नियन्त्रण ब्युरोले उनीहरूलार्इ पक्राउ गरेको हो । मंगलबार साँझ उनीहरूलार्इ ठमेलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मलेशियाका ३० बर्षिया महिला […]

केसीका माग पुरा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ, मंसिर १५ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल ( गोदान) ले समर्थन जनाएको छ । गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम […]