निःशूल्क क्यान्सर परीक्षण

चितवन । नेपाल अबुर्द रोग निवारण संस्था चितवन र भक्तपुर क्यान्सर अस्पताल को संयुक्त आयोजनामा गरिएको निशुल्क क्यान्सर परिक्षण शिविरमा २ सय ८४ जना महिला लाभान्वित भएका छन् । भरतपुर महानगरपालिका वडा नंं ११ को गणेशस्थान मन्दिर परिसरमा भएको शिविरमा स्थानिय महिलाहरुले पाठेघर सम्बन्धि क्यान्सर रोग परिक्षण पेप स्म्यर टेस्ट गरेका हुन् । उनिहरुको रिपोर्ट […]

नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलार्इ कारवाही

काठमाडौं । बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ । मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ । कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै […]

चितवन जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन तथा सम्मान कार्यक्रम आज गरिएको छ । केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा केन्द्र स्थापनामा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गृहमन्त्री राम बहादुर थापाले कालिका नगर भर्खरै मात्र स्थापना भएको नगरपालिका भएकोले यसको भौतिक एवम् अन्य विकासको लागि आफुले […]

तीन लाख गर्भवती स्वास्थ्यकर्मीको बहुँचबाहिर

काठमाडौँ । वार्षिक करिब तीन लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन् । सरकारी तथ्यांक अनुसार स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेका छन् । नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम बढे पनि अझै ठूलो संख्यामा गर्भवती स्वास्थ्यकर्मीको पहुँचबाहिर रहेको तथ्यांकले देखाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार […]

मनोबिज्ञान दिबस मनाइयो

मनोबिज्ञान दिबस २०१८ बिहिबार राजधानीमा बिभिन्न कार्यक्रम गरी भब्यताका साथ मनाइएको छ । त्रिचन्द क्याम्पस मनोबिज्ञान बिभाग, द स्कुल अफ साइकोलोजी नेपाल, ए.पिनको संयुक्त आयोजनामा र मेलम्ची सीप केन्द्र, होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरको सहआयोजनामा भएको उक्त कार्यक्रमको प्रभातफेरी माइतीघर मण्डलाबाट शुरु भएर भद्रकाली मन्दिर, न्यूरोड हुँदै त्रिचन्द्र क्याम्पस घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको […]

एम्बुलेन्स चालकहरुको दोस्रो जिल्ला सम्मेलन

चितवन । एम्बुलेन्स चालकको भूमिका उल्लेखनीय संयुक्त एम्बुलेन्स चालक संघ चितवन शाखको चौथो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नम्बर २ का साँसद कृष्णभक्त पोखरेलले दुर्घटनाको समयमा एम्बुलेन्स चालकको भूमिका घटना स्थलमा एउटा चिकित्सकको भन्दा कम नहुने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख जनस्वास्थ्य प्रशासक विजय झाले एम्बुलेन्स सेवा प्रति […]

भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहल गर्ने प्रचण्डको प्रतिवद्धता

चितवन । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहल गरिने बताउनु भएको छ । आइतवार भरतपुर अस्पतालको ५५आंै वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले पहिचान बिहिन रहेको भरतपुर अस्पतालले जिल्ला अस्पताल भन्दा धेरै माथीको सेवासुविधा दिइरहेकोले प्रादेशिक अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । प्रादेशीक अस्पताल बन्न सक्षम […]

औद्योगीक प्रदर्शनीको अवसरमा रक्तदान

चितवन । पांचौं राष्ट्रिरय औद्योगिक प्रदर्शनीको अवसर पारेर शनिबार प्रदर्शनी स्थल भरतपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । चितवन उद्योग संघको आयोजना तथा नेपाल रेडक्रास सोसाइटी र चितवन मेडिकल कलेजको सहयोगमा आयोजना गरिएको रक्तदानमा २५ जना महिला ५० जना पुरुष गरि ७५ जनाले रक्तदान गरेका छन् । गर्मी महिनामा रगतको माग बढ्ने तर आपूर्ति […]

अप्राकृतिक जन्मः निजि अस्पतालको व्यापार, बढ्दो सिजेरियन डेलिभरी

काठमाडौँ । चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ, तर अस्पतालअनुसार फरक–फरक हेर्दा डेलिभरीको प्रतिशत अपत्यारिलो […]

भरतपुर अस्पतालको वार्षिकोत्सवमा रक्तदान

चितवन । भरतपुर अस्पतालको ५५ औं वार्षिकोत्सवको अवसरमा वुधवार रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल परिषरमा गरिएको कार्यक्रमको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले उदघाटन गर्नुभएको हो । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी सहित सर्वसाधारणले रक्तदान गर्नुभएको थियो । रगतको अभाव परिपूर्तिका लागी रक्तदान कार्यक्रम गरिएको अस्पतालले जनाएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालमा विभिन्न कार्यक्रम संचालन गरिएको छ […]