दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरू

काठमाडौँ । दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय […]

देउवाको चौथो सत्तारोहण

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा तथा काँग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारको समर्थनमा उनी संसदबाट चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका […]

तथ्यांकमा यस्तो छ दोस्रो चरणको निर्वाचन

काठमाडौँ । पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन सात वितिसकेको छ । पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये २८२ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेका छन् । भरतपुर महानगरमा विवादका कारण मतगणना स्थगित भएको छ भने निर्वाचन अायोगले वडा नं. १९ मा पुन मतदानको निर्णय गरेको छ । दोस्रो चरणको निर्वाचन […]

छोटो अायुको सरकारमा को बन्ला गृहमन्त्री ? गच्छदारले गृह मन्त्रालय पाउलान त ?

काठमाडौँ । प्रधानन्यायाधीश शुशीला कार्की विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि राप्रपा सरकारबाट बाहिरिएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं काँग्रेस नेता विमलेन्द्र निधीले राजिनामा दिइसकेका छन् । निर्वाचनको मुखैमा गृहमन्त्रीले राजिनामा दिँदै गर्दा गृहमन्त्रालयको जिम्मेवारी कसलार्इ दिने भन्ने विषयमा काँग्रेस भित्र चर्चा चलेको छ । कांग्रेस उच्च स्रोतकाअनुसार सभापति शेरबहादुर देउवाले गृह मन्त्रीबाट राजीनामा […]

संविधानसभा निर्वाचन बहिस्कारका कमाण्डर महानगरका मेयरका उम्मेदवार

काठमाडौँ । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए । तिनै श्रेष्ठले ३१ वैशाखमा […]

निर्वाचनका लागि घोषणापत्रको तयारीमा क्रान्तिकारी माअोवादी (कस्तो होला घोषणापत्र ?)

काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय चुनावलार्इ क्रान्तिकारी उपयोग गर्ने भन्दै निर्वाचनको तयारीमा लागेको छ । पार्टीको बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले स्थानीय चुनावमा भाग लिने छ । त्यसका लागि घोषणापत्रको तयारी भइरहेको छ । सीपी गजुरेलको अध्यक्षतामा बसेको मोर्चाको बैठकले स्थानीय निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गर्दै निर्वाचनको तयारी थालेको […]

सरकारले सबै गाँउपालिकामा कार्यकारी अधिकृत खटायो (तपार्इँको गाँउपालिकामा को ?)

काठमाडौँ । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ । […]

स्थानीय निकाय खारेज (तपार्इ कुन स्थानीय तहको कति वडामा पर्नु भयो)

काठमाडौं । शक्रबार देखि लागु हुने गरी पुराना गाविस र नगरपालिका खारेज भएका छन् ।  देशभरका पुराना स्थानीय निकायहरु खारेज गर्दै सरकारले नयाँ स्थानीय तह लागु गरेको हो । पुराना स्थानीय निकायको स्थान अब नयाँ बनेका ७४४ वटा स्थानिय तहले लिने छन् ।  स्थानीय तहको संख्या, सीमा र केन्द्रलार्इ सरकारले राजपत्रमा प्रकाशित गरेको छ । […]

सप्तरी घटनापछि रिट्रिट भएका एमाले नेताः पहाडी बस्तीमा सेल्टर

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा भएको घटना पछि सुरक्षित स्थान लागेका छन् । एमालेले गरेको कार्यक्रम विथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताहरू र प्रहरीबीचको झडपका क्रममा चार जनाको ज्यान गएपछि असहज परिस्थितिका कारण एमाले नेताहरू अभियान स्थगित गरी सुरक्षित स्थान लागेका हुन् । घटनापछि एमालेको आकस्मिक स्थायी समिति बैठकले अभियान […]

प्रहरीको मोष्ट वाण्टेड सूचीका ढुंगेल बालुवाटारमा सजाय माफ गर्न प्रधानमन्त्रीलार्इ दबाब

काठमाडौँ । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् । आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको फैसला माफी मिनाहा गर्न दबाब दिएका छन् । अदालतपीडित संघको […]