गरिबसँग सरकारः सुजातालार्इ पचास लाख उपचार खर्च

काठमाडौँ, कार्तिक २९ । गत साउन २० गते व्यवस्थापिका संसदबाट निर्वाचित भई पदबहाली गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ योजना सार्वजनिक गरे, ‘गरिवसँग सरकार’ । उनको यो योजनाको चर्चा भयो । त्यतिमात्र होइन ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउने एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर […]

कुलमानलार्इ काम गर्न देउ भन्दै ट्वीटरमा #LetKulmanDoHisJob ट्रेण्ड बन्दै

पछिल्लो समय राजधानीलार्इ लोडसेडिङ मुक्त गराएर एकाएक चर्चामा अाए नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान सिंह घिसिङ । उनले गरेकाे कामले सर्वसाधारण बीच वाहीवाही कमाए तर विद्युत प्राधिकरणकै कर्मचारी भने उनलार्इ कार्यालय छिर्न नदिने चेतावनी दिए यसको विरोधमा सामाजिक सञ्जालमा यसरी उभिएका छन् नेपाली ।   [View the story “कुलमानलार्इ काम गर्न देउ” on Storify]

१०० दिनमा प्रचण्डः कहाँ पुगेर के भने ?

काठमाडौँ । माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्रीको रूपमा सत्तारोहण गरेको १०० दिन पुगेको छ । यो सयौँ दिनमा प्रचण्डको दिन व्यस्त रह्यो । प्रधानमन्त्री विहान विहानै पूर्व पुगे । त्यहाँ देखि फर्किएर कार्यालयमा साँझ पत्रकार सम्मेलन गरे । पढ्नुहोस प्रचण्डले कहाँ पुगेर के भने? विराटनगरमा कर्मचारीलार्इ राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै […]

सामुहीक भेट पछिको गोप्य वार्ताः ‘महतो जी आप कैसा है ?’

काठमाडौँ, कार्तिक २० । भारतीय राष्ट्रपति प्रमण मुखर्जीको तीन दिने नेपाल भ्रमण सफल भएको निष्कर्ष सरकार तथा प्रमुख दलले निकालेका छन् । यही भ्रमणका बीच तरार्इ मधेसमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरूलार्इ मुखर्जीले संविधान संशोधनका लागि सरकार तयार रहेको भन्दै त्यसमा सहयोग गर्न अर्ती दिएको चर्चा पनि नेपाली मिडियामा रह्यो । सरकारले सुनुवार्इ नगरेको भन्दै गुनासो […]

भारतीय राष्ट्रपति अाँउदा नेपाल बन्दः सामाजिक सञ्जालमा सरकारको अालोचना

काठमाडौँ, कार्तिक ११ । मन्त्रीपरिषद्को नियमित बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका वेला सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो निर्णयको विषयलार्इ लिएर सार्वजनिक रूपमा आलोचना समेत भइरहेको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमूखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन […]

लोकमान सिंह कार्की माथि लागेका ६ अभियोग

काठमाडौँ, कार्तिक ७ । अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरूद्ध बुधबार संसद सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव अाइतबार व्यवस्थापिका संसदको बैठकमा पेश भएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्की विरूद्ध संसदमा पेश महाभियोगको प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्तावको सूचना पेश गरेपछि सभामुखले आगामी मंगलबारबाट यसमा सैद्धान्तिक छलफल हुने मिति तोकेकी छन् । […]

रक्षामन्त्री खाँणद्वारा चिनियाँ समकक्षीसँग छलफल

काठमाडौँ, असोज २७ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी साताँै सियाङसान सम्मेलनमा भाग लिन पुगेका रक्षामन्त्री बालकृष्ण खाँडले चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् । रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गरेका हुन् । झन्डै एक घन्टा लामो छलफलमा नेपालको संविधान, चिनिया राष्ट्रपतिको […]

प्रेम र युद्ध विजेता ओनसरी

रोल्पामा दुईवटा चर्चित युवा क्लव जलजला र सुनछहरी थिए । जलजला कम्युनिस्टहरुको पकडमा र सुनछहरी कांग्रेसको पकडमा । २०४६ को आन्दोलन अघिपछि वर्षमान पुन ‘अनन्त’, नौलो घर्तीम, नवल घर्तीहरु जलजला युवा क्लवको हर्ताकर्ता थिए । ओनसरी घर्तीमगर र वर्षमान पुन २०५२ साल भदौ ११ गते प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्दै युद्धमा होमिएका थिए । घर […]

लिपुलेकमा सिमा स्तम्भ गाड्ने सर्वेयरको वयानः काठको पिल्लर गाडेर सर्वे

(पछिल्लो समयमा लिपुलेकको विषयमा विवाद चलिरहेको छ । चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने गरी सम्झौता भएपछि विवाद झन चर्किएको छ । यसै सन्दर्भमा लिपुलेकमा फहिलो पटक सिमा स्तम्भ गाड्ने नेपाली सर्वेयर श्रीदेव शर्मासँग हलकारोले कुराकानी गरी तयार गरेको आलेख ।) -श्रीदेव शर्मा नेपाल चीन सिमाको सुरुवातको एउटा इतिहास छ […]

लिपुको मात्र कुरा उठायौँ अर्को गल्ती हुनेछ

दिलेन्द्र प्रसाद बडु प्रवक्ता नेपाली काँग्रेस (पछिल्लो समयमा चीन र भारतबीच नेपाली भूमि लिपुलेकलाई व्ययापारिक मार्गका रुपमा प्रयोग गर्ने गरी भएको सम्झौताको चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भ नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुसँग हलकारोले गरेको कुराकानीको संपादित अंश ।) सुगौली सन्धी त्यतिवेला नेपाल सरकार र इष्ट इण्डिया कम्पनीबीच भएकोे हो । त्यसको तथ्य […]