दुई नम्बरी धन्दा गर्ने यी भारतीयलाई खै किन कारवाही भएन ?

काठमाडौँ । पछिल्लो वर्षमा गैरकानुनी तवरबाट नेपाली नागरिकता लिने भारतीयहरुको संख्या बढ्दै गरेको देखिन्छ । नेपालको राजनितिक अस्थीरता, राष्ट्रियतालाई समेत दलिय स्वार्थको निम्ति बन्धक राख्न पछि नपर्ने राजनितिक दलका नेताहरुको प्रवृति एवं क्रियाकलाप र भ्रष्ट प्रशासनयन्त्रको कारण विहार, उत्तर प्रदेश लगायतका सिमावर्ती भारतीय राज्यहरुबाट लाखौँ लाख भारतीयहरुले गैरकानुनी रुपमा नेपाली नागरिकता लिएका छन् । सिमा […]

मुग्लिन–नारायणगढ सडकखण्डः मृत्युको मुखमा यात्रा

प्रिनिश थापा     चितवन÷मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि […]

चार दिनमा भरतपुर कारागारका दुर्इ कैदीको मृत्युः किन गुमाउँछन् कैदीले कारागारमै ज्यान ?

चितवन । भरतपुर कारागारभित्र वर्षेनी कैदीहरूको दीर्घ रोगका कारण मृत्यु हुँदै अाएको छ । मेडिकल हवको रूपमा परिचित चितवनमा अन्य जिल्लाबाट दीर्घ रोग लागेका कैदीबन्दीहरू स्थानान्तरण भइ अाउने गरेका छन् । पछिल्लो चार दिनमा भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका दुर्इ कैदिको मृत्यु भएको छ । दुबैको मृत्यु क्यान्सर रोगकका कारण भएको कारागारले जनाएको छ । […]

पीडितको कठ्घरामा सत्यनिरूपण अायोगका सदस्य, एकहप्तामा कार्ययोजना नदिए राजिनामा !

काठमाडौँ । सधैँझैँ सत्यनिरुपण तथा मेलमिलाप आयोगका चार सदस्य कार्यालय समयभित्र कार्यालय प्रवेश गरिसेका थिए । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ विगत एक महिनादेखि कार्यालय पुगेका छैनन् । आयोगमा आफूले दर्ता गराएका उजुरीबारे बुझ्न पुगेका पीडितहरूलाई प्रहरीले गेटमै रोक्यो । प्रहरीले आयोग प्रवेश गर्न रोकेपछि पीडितहरूले प्रहरी र आयोगका पदाधिकारीविरुद्ध नाराबाजी गर्न थाले । प्रहरीले सुरक्षाका […]

बालबिवाकहका कारण विवाह दर्ता भएन्, नागरिकता नबन्दा छोराछोरीको जन्मदर्तामा समस्या

काठमाडौँ । जिल्लाको चौघर–६ की संगीता थिङ अहिले १९ वर्षकी भइन् । उनको काखमा दुई वर्षको छोरा छ । विद्यालय पढ्दा–पढ्दै १५ वर्षको उमेरमा विवाह भयो । आमाको मृत्युपछि घरमा हेलाको पात्र भइन् । कक्षा ९ मा पढ्दापढ्दै सँगै पढ्ने देवलाल लामासँग उनको विवाह भयो । न त उनको विवाह दर्ता भयो न नागरिकता नै […]

एउटी अामाको कथाः मलार्इ सरकारले नै वेश्या बनायो

‘१२ वर्षको उमेरमा विवाह भएकी झुमा (नाम परिवर्तन) को श्रीमानको २०६० सालमा काठमाडौँमा काम गर्नेक्रममा मृत्यु भयो । एकल महिलाका लागि सरकारले दिने भत्ता पाउनका लागि श्रीमानको मृत्युदर्ता आवश्यक थियो । श्रीमानको प्रमाण पत्र लिन राजधानी छिरेकी झुमा सिधै सडकमा यौन व्यवसायमा लाग्न बाध्य भइन् । भन्छिन्, ‘मैले श्रम बेच्न खोजे तर अरुले मेरो शरीर […]

घर फर्कने अाशमा साउदीको चिसो रात खुला अाकाशमा कटाउँदै ४८ नेपाली

रियाद । यतिवेला वैदेशिक रोजगारिका लागि नेपालबा अाएका ४८ जना नेपाली साउदी अरब स्थित नेपाली दुतावास प्रांगणमा दिनहुँ भेटिन्छन् । एक वर्ष अगाडि वैदेशिक रोजगारीका लागि क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्रालि काठमाडौँबाट यहाँ अाएका ४८ नेपाली विगत ६ महिना देखि काम र तलब समेत नपाएर अलपत्र परेका छन् । नेपालबाट साउदीअरबको जेद्दामा रहेको Hijaj Gate International […]

भत्काइएका छाउगोठ फेरी बन्न थाले, कतै ओडारमा बस्न बाध्य महिला

विभिन्न सङ्घसंस्थाले अभियान नै चलाएर गाउँका छाउगोठ भत्काइदिएपछि महिनावारी र सुत्केरी हुँदा कतिपय महिला जङ्गलमा रहेको ओडारमा बस्न बाध्य छन् । बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी  (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुप¥यो । घटना मेलबिसौना गाविस– २ लोकण्ड गाउँमा भएको हो […]

@Hello_Sarkar ! सुजातालार्इ पचास लाख, मध्यपश्चिमलार्इ कुपोषण ?

एक हप्ता अगाडि सम्म राजधानी लोकमान प्रकरणले तातेको थियो । अहिले लोकमान प्रकरणलाई ओझेलमा पार्ने गरी सुजातालाई पचास लाख रुपैयाँ दिने निर्णयले तताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिन पूरा गरेकै भोलिपल्ट सरकारले काँग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि पचास लाख दिने निर्णय गर्यो । उक्त […]

निर्बानाको ध्यान तथा तनाव बिर्सजन कार्यक्रम

काठमाडौँ, कार्तिक २० । लायन्स क्लब अफ काठमाडौँ निर्वाना र लियो क्लब अफ काठमाडौँ निर्वानाको आयोजनामा ध्यान तथा तनाव बिर्सजन सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ । शिविरमा लायन्स क्लव अफ काठमाडौँ निर्वानाका अध्यक्ष तथा मनो परामर्सदाता आदर्श प्रधानले ध्यान शाधना सिकाएका थिए ।