मेरो श्रीमान जब यौन सम्पर्क गर्नु अघि खुब सक्रिय हुनुहुन्छ, माया पनि बढि गर्नु हुन्छ जब यौनसम्पर्क सकिन साथ उहाँ आफ्नो तालमा सुत्नुहुन्छ जुन बेला मलाई बढि मायाको आबश्यक्ता हुन्छ । उहाँ तनाबमा सम्भोग गर्न खोज्नुहुन्छ तर म भने तनाबमा सम्भोग गर्न सक्दिन । उहाँलाई कुनै मानसिक समस्या भएको त होइन, यसको समाधान के होला ? –सबु

प्रश्नको लागि धन्यबाद । तपाइको श्रीमान जब सम्भोग पाश्चात सुत्नुहुन्छ, यहाँलाई माया गर्नुहुन्न भन्ने कुरा छ यो समस्या प्रायः धेरैनै जोडीमा पाइन्छ । पुरुषले बीर्य स्खलन नगरेसम्म अत्यन्त महिलालाई केयर गर्ने, पुरुष जब बीर्य स्खलन गदर्छ त्यस पनि उसले केही चिज आफूबाट गुमाएको महशुष गर्छ । उ थाक्छ र सुत्छ पनि । हो, यहि कुरामा […]

जीवन असाध्य नरमाइलो लाग्छ, मलाई त जीवन बोझ लागिरहन्छ ? केही कुरा रमाइलो लाग्दैन म के गरु ? -राज

मानिसको सोचाई अनुसार कसैलाई जीवन रमाइलो लाग्न सक्छ कसैलाई नरमाइलो । यो सबै हाम्रो मनको कारणले गर्दा हुन्छ । मन खुशी हुँदा जीवन रमाइलो लाग्छ अनि मन दुखीहुँदा जीवन निरश लाग्छ । कुनै पनि कुरालाई बार बार दोहोरायौं भने त्यो कुरा हाम्रो आदत र ब्यक्तित्वमा परिणत हुन्छ । यहाँको प्रश्न अनुसार यहाँले नकरात्मक सोचलाई दोहोर्याई […]

मेरो Boy Friend ले अरु केटीहरु सँग बोल्यो अनि अलिक नजिक भयो कि मलाई भित्र देखि जलन हुन्छ । तर यो कुरा मैले उसलाई भन्न सकेको पनि छैन । किनकी उ नजिक हुने धेरै केटी साथीहरु मध्ये मेरो बेष्ट फ्रेन्ड पनि छ। तर मलाई भने यो कुराले तनाब भएको छ । कसरी यसबाट बाहिर आउने ? -स्वीकृती

स्वीकृतीजी यहाँको प्रश्नको लागि धन्यबाद । आफ्नो प्रिय मान्छे कोहि सङ्ग बोल्दैमा, नजिकिदैमा नै जलन हुनुलाई स्वभाविक मान्न सकिदैन । तर, तपाईंको व्यायफ्रेन्डले तपाईलाई बढी वास्ता राखोस भन्ने चाहाना हुनु चाहिँ सामान्य नै कुरा हो । आफुलाइ धेरै वास्ता गरोस, आफू सँग नजिक होस भन्ने चाहाना प्रायःजसो सबैलाई हुने कुरा हो । तर तपाईले तपाईंको […]

विगत तीन वर्ष देखि म एउटी केटीको प्रेममा छु । अाज भोली उनी टाढा भइरहेको भान भइरहेको छ । उनी मसँगै हुँदा पनि उनको विछोडको कल्पनाले म त्यसै विछिप्त भइरहेको हुन्छु । किन होला ?- सिर्जन ।

प्रश्नको लागि धन्यबाद । प्रेममा हुनु राम्रो कुरा हो । तीन वर्ष देखिको प्रेममा अहिले आएर पार्टनर टाढा भइरहेको महशुस यहाँले गर्नुभएको छ । आफ्नो प्रेमिकासँग आफू नजिक हुँदा पनि उनको बिछोडको कल्पनाले बिछिप्त हुनुभएको यहाँको गुनासो छ । जुन व्यवाहारिक लाग्दैन । कि त तपाइलाई आफ्नो पार्टनर बीच शंका उत्पन्न भएको हुनुपर्छ कि त […]